नेपाल टेलिकमको सञ्चालक समितिमा अम्बिका पौडेल

नेपाल टेलिकमको सञ्चालक समितिमा अम्बिका पौडेल तरुण खबर ८ चैत्र २०७७, आईतवार ०८:४४
नेपाल टेलिकमको सञ्चालक समितिमा अम्बिका पौडेल

काठमाडौं । सर्वसाधारण सेयरधनीकातर्फबाट अम्बिकाप्रसाद पौैडेल नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा निर्विरोध चयन भएका हुन् । चैत १३ गते हुने वार्षिक साधारणसभाले उनको चयनलाई अनुमोदन गर्ने छ । टेलिकममा ८ दशमलब ४८ प्रतिशत सेयर सर्वसाधारणको छ ।

यसमध्ये ४ दशमलब ५ प्रतिशत कर्मचारी र ३ दशमलब ९८ प्रतिशत सर्वसाधारणको छ । नागरिक लगानी कोषको ० दशमलब ०३ प्रतिशत सेयर छ । सर्वसाधारणमा गएको सेयरमध्ये पनि साढे ४ प्रतिशत त्यहीँका कर्मचारीको भएका कारण आम सर्वसाधारणबाट सञ्चालक समितिमा जाने कोही थिएनन् ।

पौडेल पहिलो पटक आमसर्वसाधारणको तर्फबाट सञ्चालक भएका हुन् । पौडेल सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेस्टर्स फोरमको पूर्व अध्यक्ष पनि हुन् । उनीसमेत रहेको एक उच्चस्तरीय सरकारी समितिले नेपालको मुद्रा तथा पुँजी बजारको विकास तथा प्रवद्र्धधनका लागि के के गर्नु पर्छ भनेर ५८ बुँदे सुझाव दिएको थियो । टेलिकमको साधारणसभाले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको ४० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।