आर्य हिन्दु र मष्टमा विभाजन गर्ने ख्रीष्टियनहरुको मिसन
काठमाडौं । आर्य–हिन्दु धर्म मान्ने ब्राम्हण र क्षेत्रीलाई विभाजित गर्न युनाइटेड मिसन नेपाल (यूएमएन) लागेको क्रिश्चियनहरुका दुई संस्थाले पुष्टि गरेका छन् । नेपाल राष्ट्रिय मण्डली संगतिका महासचिव पाष्टर शेरबहादुर एसी र नेपाल ख्रीष्टियन समाजका महासचिव पाष्टर डिल्लीराम पौडेलले संयुक्त रुपमा हस्ताक्षेर गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । संयुक्त आह्वान नाम दिइएको विज्ञप्तिमा हाम्रो मिसनलाई सहयोग गर्न अन्तर्राष्ट्रिय ख्रीष्चियन संस्था युनाइटेड मिसन नेपालको सक्रिय भूमिका रहेको छ । युनाइटेड मिसन नेपालको कुटनैतिक पहलबाट विश्व मष्ट महासंघ गठन भएको छ ।
नेपालको संविधानमा खशआर्य एकै हुन भनी कानुनमा समेटिनु ख्रीष्टियन जगताका लागि दुःखको कुरा हो विज्ञप्तिमा भनिएको छ । तर नेपालको संविधानको धारा ४ मा धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्दछ भनेर प्रष्ट पारिएको छ । तर, व्यवहारमा धर्म निरपेक्षता भनेको धर्म परिवर्तन हो भन्ने भएको छ । क्रिश्चियनहरूले धर्म परिवर्तनका क्रममा आफ्नो धर्मको प्रचार मात्रै गरेका छैनन् कि बौद्ध र हिन्दु धर्मको व्यापक विरोधसमेत गर्ने गरेका छन् । उनीहरूले बौद्ध र हिन्दुहरूलाई ‘सैतान’ भन्ने गरेका छन् ।यी दुई संस्थाको विज्ञप्तिमा भनिएको छ– यस्तो विषम परिस्थितिमा धर्मान्तर गर्न कठिन हुने देखिन्छ ।
यसलाई सहज बनाउन अन्तर्राष्ट्रिय स्तरका ख्रीष्टियन संस्थाहरुको विशेष बैठकले ब्रम्हण समूदायलाई आर्य हिन्दु र क्षेत्री समूदायलाई खस मष्टो बनाएर विभाजन गर्ने रणनीति अनुसार मिसनलाई अगाडी बढाइएको विज्ञप्तिमा भनिएको छ । ब्राम्हण र क्षेत्रीलाई नटुक्र्याएसम्म हामीलाई धर्मान्तर गर्न कठिन हुनेछ । यसर्थ यस पटकको जनगणनामा सम्पूर्ण ब्राम्हण तथा क्षेत्री समूदायका ख्रीष्टियनहरुले आप्mनो घरमा आउने गणकहरुलाई जातिमा खस, धर्मको ठाउँमा मष्टो लेख्न लगाउन चर्चभित्रका विश्वासीलाई जानकारी गराइन्छ र होसियारीपूर्वक निरन्तर लागि रहन विज्ञप्तिमा भनिएको छ । यो विज्ञप्ति २०७७ चैत २३ गते जारी गरेको हो ।
क्रिश्चियनहरूले विश्वव्यापी रूपमा धर्म मान्न मात्रै होइन, व्यापक रूपमा फैलाउनमा समेत ठूलो मात्रामा शक्ति, पैसा र हतियार प्रयोग गरिरहेका छन् । नेपालमा सुकुम्बासी, गरिब, दलित, जनजाति बस्तीहरूमा क्रिश्चियन साम्राज्यले ठूलो संख्यामा घर–घर पठाइएको छ । तिनीहरूले ती बस्तीमा निरन्तर धर्मको शिकार गरिरहेका छन् । क्रिश्चियन साम्राज्यवादकै कारण नेपालमा धार्मिक सहिष्णुता खल्बलिँदै गएको छ । कथित जनयुद्धको समयमा माओवादीहरूले एकातिर मन्दिरहरू भत्काउने र अर्कातिर चर्चहरू निर्माणका लागि वातावरण बनाउने काम गरेका थिए । बाहुनहरूका टुप्पी काट्ने, किरियापुत्रीहरूलाई किरिया गर्न नदिने गरेका माओवादीहरूले क्रिश्चियन धर्म प्रचारलाई भने त्यबेला पनि रोक लगाएका थिएनन् ।