शिक्षा क्षेत्रका ज्योति पुञ्ज अर्थात जगन्नाथ उलक

शिक्षा क्षेत्रका ज्योति पुञ्ज अर्थात जगन्नाथ उलक तरुण खबर २३ जेष्ठ २०७८, आईतवार ११:३३
शिक्षा क्षेत्रका ज्योति पुञ्ज अर्थात जगन्नाथ उलक

परशु घिमिरे
काभ्रे जिल्लाको पनौती भन्दा दुई किलोमिटर दक्षिण–पूर्वमा खोपासी बजार छ । खोपासी आफैमा ऐतिहासिक महत्व बोकेको ठाउँ हो । किन भने ई.सं.५२६–२७ तिर शिवदेव र अंशुवर्माकालमा निर्माण भएको कैलाशकूट भवनका लागि खोपासीबाट सेतो कमेरो ल्याइएको इतिहासमा पाइन्छ । विक्रम सम्बत् ६५५ तिर खोपासीमा पाइएको शिलालेखबाट स्थानीय जनतालाई शिवदेव र अंशुवर्माले शासन सम्बन्धी निकै अधिकार सुम्पिएको थाहा हुन्छ (स्रोत ः सूचना विभागद्वारा प्रकाशित मेचीदेखि महाकाली) । तर आज म मेरा गुरु जगन्नाथ उलकका बारे कलम चलाउन खोजेको छु ।

निजामति सेवाबाट राजिनामा दिई शिक्षक
खोपासीको शिक्षाको ज्योति पुञ्ज, सामाजिक अभियान्ता र राजनीतिक गुरु जगन्नाथ उलकको ८२ वर्ष पुरा गरी ८३ वर्ष लागेको ६ दिनमै निधन भएको सुनेपछि केही शब्द लेख्न मन लाग्यो । मैले चिनेको जगन्नाथ उलक अत्यन्त सरल, स्वच्छ छवी, धार्मिक आस्थामा दृढ, सिद्धान्तप्रति अटल आस्था र सामाजिक अभियान्ता हुनुहुन्थ्यो । निमाविबाट माध्यमिक विद्यालयमा रुपान्तरण भएपछि शिक्षक जगन्नाथ उलक श्रीराम माविमा पढाउन थाल्नु भएको हो । उहाँकी धर्मपत्नी शान्तिदेवी उलक पनि बजारबाट नजिकै रहेको श्रीबाल आदर्श प्राविमा पढाउनु हुन्थ्यो । त्यतिबेलाको प्रावि अहिले माध्यमिक विद्यालय भैसकेको छ ।

निम्न माध्यमिक विद्यालयबाट २०३० सालतिर श्रीराम माध्यमिक विद्यालय भएको हो, माध्यमिक विद्यालय बन्नुमा पनि जगन्नाथ सरको दाइ नारायण दास उलकको महत्वपूर्ण भूमिका रहेको थियो । उहाँकै योगदान स्वरुप माध्यमिक विद्यालय बनेपछि स्कूल संचालनमा निकै अप्ठ्यारो अबस्था सिर्जना भएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयको सुब्बाको जागिरबाट राजिनामा गर्न लगाएर जगन्नाथ सरलाई श्रीराम माध्यमिक विद्यालयमा शिक्षकको रुपमा ल्याइएको थियो । उहाँ २०३२ सा

र, कुनै विचलित नभै उहाँले प्रतिवाद गर्नु भयो । २०४६ सालको जनआन्दोलन सफल भएपछि बनेको सरकारले शिक्षा मन्त्रालयमार्फत २०३२ सालदेखिकै गणना हुने गरी स्थायी गरेको हो । जगन्नाथ सरका तीन जना छोरीमध्ये जयन्तीले सात कक्षासम्म हामीसँग पढेकी हुन् । जगन्नाथ सरकी जेठी छोरी जयन्तीले सायद, रेडियोलोजी पढेकी हुन् । स्वस्ती र प्रगति हामीभन्दा जुनियर हुन् । जगन्नाथ सरका एक मात्र छोरा ज्योति उलक ब्यापार–व्यवसायमा लागेका छन्, उनको व्यवसाय राम्रैसँग चलेको छ ।
कक्षामै गणेशमान सिंहप्रति भक्तिभाव
उसबेला श्रीराम माध्यमिक विद्यालय नै हाम्रो सरस्वतीको मन्दिर थियो । जगन्नाथ सर शुरुमा श्रीराम माविमा प्रवेश गर्दा सायद सिरहाका राजेन्द्रप्रताप साह विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । २०३३–३४ सालदेखि नै हामीले श्रीराम माविमा पढेका हौं । त्यही स्कूलमा पढाउनु हुन्थ्यो जगन्नाथ सर (उलक) । मेरा कक्षाका साथीहरुमा सुधन महत, सुमन उलक, शोभा उलक, जयन्ती उलक, कृष्णचन्न्द्र केसी, मोदनाथ हुमागाईं, विश्वराम खड्का, राजेन्द्र उलक, अन्नपूर्ण सत्याल, माधव दाहाल, गोपाल तिमल्सिनालगायत करीब ३७–३८ जना थियौं । आफूलाई कक्षा ६ देखि नै अंग्रेजी पढाउनु भएकाले जगन्नाथ सरलाई सम्मानसाथ सम्झन मन लाग्यो, यो लेख उहाँमै समर्पित छ ।

जगन्नाथ उलक अत्यन्त सरल, स्वच्छ छवी, धार्मिक आस्थामा दृढ, सिद्धान्तप्रति अटल आस्था र सामाजिक अभियान्ता हुनुहुन्थ्यो । निमाविबाट माध्यमिक विद्यालयमा रुपान्तरण भएपछि शिक्षक जगन्नाथ उलक २०२८–२९ सालतिर श्रीराम माविमा पढाउन थाल्नु भएको हो ।

जगन्नाथ सर हामीलाई पढाउन कक्षाभित्र पस्नुहुँदा हामी विद्यार्थीहरु यत्रतन्त्र ध्यान दिइरहेका हुन्थ्यौं, सर प्रवेश गरेपछि तुलनात्मक रुपमा कक्षा शान्त नै हुन्थ्यो । उहाँ अंग्रेजी पढाउँनु हुन्थ्यो । कक्षाको अन्ततिर प्राय, नेपाली काँग्रेसका नेताहरु बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको प्रशंग ल्याउनु हुन्थ्यो उहाँले । विशेष रुपमा गणेशमान सिंहको वीरताको कथा सुनाउनु हुन्थ्यो जगन्नाथ सरले, हामी विद्यार्थी न थियौं, उहाँले भनेको कुरा राजनीति हो भन्ने बुझ्दैनथ्यो, हामीमा जिज्ञाषा र रुची भने थियो ।

त्यतिबेलाको समय नै राजनीति बहस गर्न लायक थियो, २०३६ सालमा सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था (?) मा जनमत संग्रह भएको थियो । पञ्चायतले थोरै मतले जिताइएको देखाइए पनि राजनीतिक वातावरण निकै खुकुलो भएको थियो । जगन्नाथ सरको काँग्रेसका संस्थपक गणेशमान सिंहप्रति भक्तिभाव थियो, अति श्रद्धा थियो । २०३६ सालमै नेपाली काँग्रेसको सदस्य लिनु भएको कुरा विद्यालय छोडेपछि मलाई सुनाउनु भएको थियो, तीन वर्षजती अगाडी टेली फोनमा जगन्नाथ सरसँग कुरा भएको थियो, कुराकानीकै क्रममा इञ्जिनियर हरिप्रसाद तिमल्सिना भेट्न आउनु भएको सरले मलाई सुनाउनु भएको थियो ।

काभ्रे शिक्षक संघको संस्थापक सदस्य रहनु भएका जगन्नाथ उलक नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुन सक्नु भएन, उहाँका भतिजा विजय दास उलकका अनुसार शिक्षकबाट अबकाश पाएपछि योग र ध्यानतर्फ आकर्षित हुनु भएको थियो । जगन्नाथ सरले शान्तिको यात्रा (संस्मरण) नामक पुस्तक पनि प्रकाशित गर्नु भएको थियो । उहाँका पाँच दाजु भाइमध्ये तीन जना सक्रिय राजनीतिमा हुनुहुन्थ्यो भने उहाँको जेठो दाइको खोपासी बजारमै कपडा कोठी थियो । माइलो दाइ नारायण दास उलक काँग्रेसको राजनीतिमा निकै नै सक्रिय हुनुहुन्थ्यो भने गणेशदास उलक रसियन कम्युनिष्ट हुनुहुन्थ्यो ।

उहाँ २०४३ सालमा जगन्नाथ सरको भाइ गणेश दास उलकले किसान संगठनको जिल्ला अध्यक्षमा चुनाव जित्नु भएको थियो, किसान संगठनको अध्यक्ष स्वतः जिल्ला पञ्चायतको सदश्य हुने व्यवस्था थियो तर उहाँको कान्छो भाइ मुक्ति उलक काँग्रेस शुभचिन्तक मात्र हुनुहुन्थ्यो । जगन्नाथ उलकको कान्छो भाइ मुक्ति उलकका छोरा एवं मेरो प्रिय मित्र अमृत उलक अत्यन्तै मिल्ने साथी हो । प्राय म उसैको कोठामा बस्थें, उसैसँग सुत्थे, खान्थें । उनको आमा कान्छीमायाँ उलक चाँडपर्व आएपछि मलाई लिन पठाउँनु हुन्थ्यो । आमासहित अमृतको बसोबास अमेरिकामै छ ।
हिन्दु र बुद्ध धर्मप्रति समान आस्था
जगन्नाथ सरको दाइ नारायण दास उलक त उतिबेलै नेपाली काँग्रेस काभ्रेको जिल्ला नेता हुनुहुन्थ्यो, उहाँको तीन छोरामध्ये कान्छो छोरा विजय दास उलक नेपाली काँग्रेसको राजनीतिमा अहिले पनि सक्रिय छन् । नाराणय दास उलककी कान्छी छोरी शोभा उलक सिन्धुपाल्चोक जिल्लाको काँग्रेसको नेता नै छन्, चौतरा साँगाचोक नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसबाट टिकट पाएकी थिइन् उनले । नेपाली काँग्रेसका नेता इन्द्रमणी अधिकारीका अनुसार नारायण दास उलकले प्रधानपञ्चबाट जनमत संग्रहमा राजिनामा दिई बहुदलको प्रचारमा लाग्नु हो । उहाँहरुको परिवार एक प्रकारले राजनीतिमय थियो ।

कक्षाको अन्ततिर नेपाली काँग्रेसका नेताहरु बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको प्रशंग ल्याउनु हुन्थ्यो उहाँले । विशेष रुपमा गणेशमान सिंहको वीरताको कथा सुनाउनु हुन्थ्यो जगन्नाथ सरले, हामी विद्यार्थी न थियौं, उहाँले भनेको कुरा राजनीति हो भन्ने बुझ्दैनथ्यौं, हामीमा जिज्ञाषा र रुची भने थियो ।

नारायण दास उलकले जनमत संग्रहताका मलाई (परशु घिमिरे) नेविसंघ बनेपाको भेलामा पहिलो पटक सहभागी गराउनु भएको थियो । मेरो विद्यार्थी राजनीतिमा सक्रिय सहभागितका लागि नारायण दास उलक, जगन्नाथ उलक, ठाकुर दास उलक, गणेश दास उलक लगायतको प्रशंसनीय भूमिका छ । जगन्नाथ सरको बुवाको नाम हर्षलाल उलक हो । हामीले स्कूल पढ्दा उहाँ बृद्ध भैसक्नु भएको थियो, बाटोमा जम्का भेट हुँदा नमस्कार बाहेक अरु कुरा हुँदैनथ्यो । नारायण दास उलकसँग मेरो अत्यन्तै निकटता थियो । उहाँ स्कूलमा जुन सुकै समश्या परेपनि हामी (विद्यार्थी) लाई बोलाएर छलफल गर्नु हन्थ्यो ।

उहाँको पिता हर्षलालले बृद्ध उमेरमा पनि बुद्ध भगवानको मन्दिर बनाउनु भएको थियो । बुवाले बनाउनु भएको मन्दिर जगन्नाथ सरकै सक्रियतामा पुर्ननिर्माण भएको हो । उहाँको परिवारमा ईश्वरप्रति अति आस्था थियो । हिन्दु धर्म र बुद्ध धर्मप्रति समान र अगाध आस्था थियो । समग्रमाभन्दा जगन्नाथ सरको परिवारिक अबस्था शिक्षित, शुसंस्कृत, राजनीतिमा सक्रिय सहभागित र सामाजिक अभियान्ताको रुपमा चिनिन्थ्यो, अहिलेसम्म त्यो छवी कायम छ । केही दिनअघि मात्रै कवि लेखनाथ पौडेलको यो कविताझै जगन्नाथ सरको निधन भयो । कवि पौडेलले लेख्नु भएको थियो– राजा रंक सबै समान उसका वैषम्य गर्दैन त्यो, आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो, भनेझै जगन्नाथ सरको भौतिक शरीर धर्तीमै लिन भयो ।

प्रिय सरप्रति भावपूर्ण श्रद्धा सुमन ।र,अन्तमा २०३० साल जेठ महीनाको तथ्यांक अनुसार काभ्रे जिल्लाभरमा साधारण माध्यमिक विद्यालय २ वटा र व्यवसायिक माध्यमिक विद्यालय ३ वटा गरी पाँच वटा माध्यमिक विद्यालय थिए । पाँच वटा माविमा गरी छात्रहरुको संख्या ४ सय ४४ थियो भने छात्राहरुको संख्या १ सय १५ मात्र थियो । २०३० साल अगाडी जिल्लाभर ११ वटा मात्र पुस्ताकालय हुँदा पनि खोपासीमा एउटा सार्वजनिक (रसियन) पुस्तकालय थियो, जुन पुस्तकालय श्रीबाल आदर्श प्रावि भएको भवनको एक कोठामा थियो ।

त्यतिबेला धुलिखेल, बनेपा, पनौती, भमरकोट, खड्पु (श्रीखण्डपुर), फलाँटे, दाप्चा र बिहावरमा पुस्तकालय थिए । २०२८ सालको जनगणना अनुसार खोपासीको जनसंख्या २ हजार ८१ थियो । २०६८ सालको जनगणना अनुसार खोपासीको जनसंख्या ४ हजार ५२६ मात्र छ । दुई करोड ७० लाख रुपैयाँमा निर्मित पनौती जल–विद्युत योजनाको काम भने २०१८–१९ सालतिर शुरु भएको हो । २०२२ साल कात्तिक २६ गते उद्घाटन भएको पनौती जल–विद्युत आयोजनाबाट २.४ किलोवाट विजुली उत्पादन भएपछि खोपासी बजार, गुरागाईं टोललगायतका गाउँहरु झलमल्ल भएका हुन् । तर पनौती जल–विद्युत विद्युत आयोजना २.४ किलोवाट क्षमता भनिए उत्पादन पनि पूर्ण क्षमताको विजुली अहिले पनि उत्पादन हुन सकेको छैन ।