कोभिड–१९ विश्वबाट उन्मुलन हुन मुस्किल

कोभिड–१९ विश्वबाट उन्मुलन हुन मुस्किल तरुण खबर १० श्रावण २०७८, आईतवार १०:४४
कोभिड–१९ विश्वबाट उन्मुलन हुन मुस्किल

काठमाडौं । जनवरीमा विज्ञान सम्बन्धी एक प्रमुख जर्नल नेचरले विश्वभरका १०० जना भन्दा बढी इम्युनोलोजिस्ट, भाइरोलोजिस्ट अनि स्वास्थ्य विज्ञहरूलाई सार्स कोभ– २ उन्मूलन गर्न सकिन्छ ? भनेर सोधेका थिए । लगभग ९० प्रतिशतले जवाफमा ’सकिन्न’ भन्ने उत्तर दिएका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले महामारीका रूपमा वर्गीकरण गरेयता कोभिड–१९ बाट विश्वभर करीब १९ करोड ४४ लाख ७९ हजारभन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन् भने ४० लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ । खोपले विश्वलाई सामान्य अवस्थामै फर्काइदिने ठूलो आशा गरिएको छ । तर वैज्ञानिकहरू भने कोरोनाभाइरस रहिरहने विषयमा झन् विश्वस्त हुँदै गएका छन् ।

डब्ल्यूएचओले हालसम्म दुई वटा भाइरल बिमारी आधिकारिक रूपमा उन्मूलन भएको घोषणा गरेको छ । ती दुई बिमारी बिफर र रीन्डरपेस्ट हुन् । बिफरका कारण मात्रै सन् १९८० को दशकमा उन्मूलन नहुँदासम्म ५० करोड मानिसहरूको ज्यान गएको थियो जुन भौगोलिक रूपमा वितरण र पहुँचका हिसाबले हेर्दा कोभिडसँग तुलना गर्न सकिन्छ । बिफर उन्मूलन गर्न खोप विकासले अहम् भूमिका निर्वाह गरेको थियो । दुर्भाग्यवश, हालसम्म विकास गरिएको कोभिड–१९ विरुद्धको खोपले त्यस्तै प्रभाव पार्न सकेका छैनन् ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२४, जुलाई) मा १६ लाख ३१ हजार २६६ जनाको नमुना परीक्षण गर्दा ४० हजार २८४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २३, जुलाईमा २० लाख २७ हजार ८३३ जनाको नमुना परीक्षण गर्दा ३९ हजार ४९८ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२४, जुलाई) मा कोरोनाभाइरसका संक्रमणबाट ५४२ जनाको निधन भएको छ । २३, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ५४१ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार साउन १० गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १३ लाख ७१ हजार ४८६ जना छन् । २०७८, साउन १० गतेसम्ममा भारतले ४५ करोड ४५ लाख ७० हजार ८११ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन १० गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ५ लाख ३५ हजार ४९० जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख १५ हजार ४११ जना छन् । पछिल्लो २४ घण्टा (शनिबार) मा ४० हजार ५२ जना कोरोना मुक्त भएका छन् । साउन १० गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख २० हजार ५८५ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।