काँग्रेसको मध्यपुर थिमिको नगर सभपतिमा उठ्छु

काँग्रेसको मध्यपुर थिमिको नगर सभपतिमा उठ्छु तरुण खबर १७ भाद्र २०७८, बिहीबार ०९:४८
काँग्रेसको मध्यपुर थिमिको नगर सभपतिमा उठ्छु

नेपाली काँग्रेस भक्तपुरका युवा नेता हुन् राम थापा मगर । उनी मध्यपुर थिमी नगरपालिका वडा नम्बर २ का अध्यक्ष एवं नगरपालिकाको प्रवक्ता पनि हुन् । मध्यपुर थिमि नगरपालिकाको गठन वि.स. २०५३ साल चैत्र १४ गते तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमाारी र दिव्यश्वरी गाउँ विकास समितिहरुलाई एक आपसमा गाभी बनाइएको हो । स्थानीय तहको रुपमा गठन हुँदा ९ वटा वडा कायम भएको छ । मध्यपुर थिमी नगरपालिकामा मनाईने जात्राहरुमा जिव्रो छेड्ने जात्रा संसारभर चर्चामा छ । त्यस्तै, बिस्केट जात्रा, गाईजात्रा, ईन्द्रजात्रा, खड्ग जात्रा, दिपंकर जात्रा र पुलुकिसि जात्रा प्रमुख जात्रा हुन् । महाकाली नाच, भैरब नाच, निलबाराही गण नाच, ईन्द्र अप्सरा नाच, हनुमान नाच, अष्टमात्रिका नाच, मयुर नाच, आदि प्रमुख नाचहरु हुन् ।

चौथो नगर सभा उदघाटन कार्यक्रमको नगरपालिकाकी उपमेयर अन्जनादेवी मधिकर्मी र दुई जना वडाअध्यक्ष २१ जना कार्यपालिका सदस्यहरुले बहिष्कार गरेर चर्चा कमाएका थिए । जसमा वडाअध्यक्ष राम थापा मगर पनि थिए । नगरको विकास निर्माण र कोभिड–१९ नियन्त्रणको समसामयिक विषयमा केन्द्रीत रहेर वडाअध्यक्ष एवं प्रवक्ता थापा मगरसँग कालिका महतले गरेको कुराकानी ः

मध्यपुर थिमीको नगरसभा किन ढिला भयो ?
हाम्रोमा अलिअलि विवाद थियो, अहिले पनि छ । त्यसले समयमै नगरसभा गर्न ढिलाई भइरहेको थियो । अलिअलि कोभिड–१९ को कारणले पनि समयमा काम सम्पन्न हुन सकेको थिएन । अर्को, हाम्रा जनप्रतिनिधिहरु पनि जनतासँग अलि डराएको अवस्था थियो । वर्षाको समयले गर्दा पैसा खर्च हुन पनि सकेको थिएन ।

विवाद हुनुको कारण के थियो ?
यसमा चाहीं हाम्रा जनप्रतिनिधिहरु जनतासँग अलि डराएको देखियो । सबै जनताले वडालाई बायस गरेर नगरपालिकालाई मात्रै बजेट दिने हो ? भनेर प्रश्न गरेका छन् । फेरि यो वर्ष स्थानीय तहको चुनाव पनि आउँदै छ । अनि जनतामा यो कार्यसमितिले अहिलेसम्म के ग¥यो त भन्ने कौतुहलता पनि छ । सबैले चाहने नगरको विकास नै हो । त्यसमा जनताको पनि चासो हुनेनै भयो । यिनै समसामयिक विषयमा विवाद आएको थियो । त्यसपछि हामी जनप्रनिधि र जनतालाई विकास चाहिएको हो, जुन पार्टीबाट आएको भएपनि हामीले नगरको विकास नै चाहेका हौं । विकास गर्ने ठाउँमा पार्टी राजनीति नगरौं । राजनीति चुनावमा गरौला । त्यसैले सबै मिलेर विवाद समाधान गरौं भनेर यसपालि पहिलाको भन्दा सहज ढंगले नगरसभा सम्पन्न गरियो ।

त्यसोभए नगरसभा आगामी चुनाव लक्षित भएर टुंगियो ?
यो चुनावी वर्ष भएर पनि होला । त्यस्तै ढंगले जनप्रतिनिधिहरु पनि प्रस्तुत भएको देखियो । सबैले आगामी स्थानीय चुनाललाई केन्द्रमा राखेर केही लचकताका साथ सहमति भएर नगरसभा सम्पन्न भएको छ । राजनीतिक एजेण्डा भन्दा पनि जनभावना र विकास निर्माणलाई सबैले साझा अवधारण बनाएर बाटो खोलियो । त्यसले पहिलाको दाँजोमा सहमति गर्न पनि सहज भयो ।

मेयर फरक पार्टीको वडा अध्यक्षहरु फरक पार्टीको हुँदा काम गर्न कत्तिको अप्ठ्यारो हुँदोरहेछ ?
अलिअलि अप्ठ्यारो त बेलाबेलामा भइनै रहन्थ्यो । तर, जस्तोसुकै अप्ठ्यारो भएपनि त्यसको समाधान त भइहल्छ । राजनीति सिद्धान्त नै फरक भएपछि अलिअलि विवाद र अप्ठ्याराहरु हुन्छन् नै । त्यसलाई सधैं विवादमा लिनुहुँदैन भन्ने विषय हुन्छ । त्यसका लागि विभिन्न राजनीतिकर्मीहरुसँग बसेर छलफल गरेर समाधान गर्दै अगाडि बढ्ने हो । राजनीति विषयलाई लियर विवाद हुँदा उहाँहरुसँगै बसेर समाधान गर्र्छाै । राजनीतिक सिद्धान्त पार्टी फरक भएपछि काम गर्न धेरै अप्ठ्याराहरु भइरहन्छ । त्यसमा मध्यपुर थिमी नगरपालिका पनि अछुतो छैन ।

आफूले चुनाव जितेको वडाका जनताबाट स्यावासी, गुनासा के पाउनुभयो छ ?
मैले आफ्नो तारिफ आपैmले गरेर हुँदैन, त्यो यहाँका जनताले मूल्यांकन गर्ने विषय हो । म चाहीं मध्यपुर थिमी नगरपालिका वडा नं. २ को वडा अध्यक्ष हुँ । यहाँका जनतामा आइपर्ने समस्या समाधानका लागि आफ्नो बलबुताले भ्याएसम्म मैले सम्बोधन गरेको छु । हामीले चुनावका बेला ल्याएका एजेन्डा र जनताले अपेक्षा गरेअनुसार काम गरेको जस्तो लाग्छ । जनताले पनि त्यसको अनुभूति गरेका छन् । हाम्रो घोषणापत्र अनुसार मैले काम गरेको छु । त्यसअनुसार जनताबाट पनि सल्लाह, सुझाव, साथ र सहयोग पनि पाइएको छ । धेरैको काम गर्दा केही कमीकमजोरीहरु भए होलान् । तर, समग्रमा मेरो वडाका आमजनता सन्तुष्टै भएको पाएको छु ।

त्यसोभए तपाईंको कामबाट त्यहाँका जनता सन्तुष्ट छन्, हो ?
मैले पहिला पनि भनेको छु, मैलेभन्दा जनताले मूल्यांकन गर्ने विषय हो भनेर । त्यो बाटो, बिजुली, ढलनिकासदेखि वडाका भित्री सडकलाई हेर्दा पनि छर्लङग हुन्छ । काम भनेको भनेर भन्दा पनि हेर्दा देखिन्छ । विकासको काम प्रत्यक्ष जनताले उपयोग गरेर महसुस गर्ने कुरा हो । सडक व्यवस्थापन, पिच, ग्राबेल, साँघुरो भएको ठाउँमा फराकिलो गरेर बनाइने भएकाले सबैले महसुस गर्ने कुरा हो । मेरो वडाका जनताबाट मैले काम गरेको जस पाएको छु ।

वडा अध्यक्ष हुँदा यो काम मैले गरेको हो भन्ने के के डाटा छन् ?
मध्येपुर थिमी नगरपालिका चाहीं काठमाडौं महानगरपालिकाको ३२ नम्बर वडासँग जोडिएको छ । पहिला त्यो ३२ वडा एक किसिमको थियो, यो २ नम्बर एक किसिमको थियो । त्यो ठ्याक्कै मनहरा खोलाले छुट्याउँछ । अहिले काठमाडौंको ३२ नम्बर वडा र मध्येपुर ठिमीको २ नम्बरमा केही फरक छैन । मैले काम गरेको छ कि छैन भनेर त्यही बाटो हेरेरै भन्न सकिन्छ ।

त्यो त्यहाँका जनताले अनुभूति गरेको पाउनुभएको छ ?
मैले पहिला पनि भनेको छु । मनहराको पुल पार गर्नेबित्तिकै जसले पनि अनुभूति गर्न सक्छन् । पहिलाको अवस्था कस्तो थियो ? अहिल कस्तो छ, तुलना गर्न सकिन्छ । सडक दायाँबायाँको डेकुरेसनको अबस्था हेरेर भन्न सकिन्छ । त्यस आसपासको एउटा पुरानो माध्यमिक विद्यालय छ । त्यसलाई पुननिर्माण गरेर अपाङ्गमैत्री बनाइएको छ । झन्डै ३० करोड हाराहारी लगानी गरेर त्यो स्कुलको पुननिर्माण गरिएको छ । त्यसैगरी फुटबल ग्राउन्ड बनाइएको छ । त्यसको तल १६ हिटी भन्ने ठाउँको तीन धारालाई पुननिर्माण गरिएको छ । त्यसैगरी वडा नं. २ अन्तर्गतका भित्री सडकको स्तरोन्नति र पिच गरिएको छ । गल्लीका भित्रीबाटो स्तरोन्नति र पिच गर्ने त हाम्रो लक्ष्य नै थियो । यसरी वडाका भित्रीबाटोहरु स्तरोन्नति र पिच गर्ने काम गरेका छौं । अलिअलि बाँकी छ, त्यो पनि यसपालि पुरा हुन्छ ।

खानेपानी तथा ढलनिकालमा कस्तो योजना छ ?
यसपालि ढल निकासमा पनि हामीले ठूलो छलाङ्ग मारेका छांै । यसअघि ढलको एकदमै समस्या भएको मध्येपुरको १ नम्बर, २ नम्बर र ३ नम्बर हुन् । यहाँ ढलनिकासको ठूलो समस्या थियो । त्यसको लागि नगरबाट बजेट छुट्याउन गाह्रो भएकाले यसपालि हामीले वडाबाटै बजेट छुट्याएर काम ग¥यौं । यहाँ हामीले लगभग ४० लाखको लागतमा ढलनिकासको काम ग¥र्यौं । यसले वर्षाको समयमा हिलो भएर ढुंगा चढ्नुपर्ने घरमा जान र हिउँदमा धुलोले सधैं झ्यालढोका थुनेर बस्नुपर्ने अवस्था थियो । त्यस्तो ठाउँमा यसपालि ढल हालेर ग्राबेल भइसकेको छ । अब छिट्टै ती ठाउँमा कालोपत्रे गर्दै छौं । त्यसको अनुभूति वडावासीहरुले गरिसकेका छन् ।

तपाईंको वडामा कोरोनाले कत्तिको सतायो ?
कोरोना भाइरसको संक्रमणले विश्वलगायत अन्य देशको अबस्था नाजुक बनेकाले हाम्रो वडा तपाई आफै अनुमान गर्न सक्नु हुन्छ । नेपाल सरकारले लकडाउन सुरु गरेपछि हामीले पनि आफ्ना वडावासीमा रोगबाट बच्न विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन ग¥र्यौं । लकडाउनका बेला जनता घरघरमा थुनिनु प¥यो । दैनिक ज्याला–मजदुरी गरेर खानेलाई समस्या भयो । त्यसबाट जोगाउन विभिन्न दातृ निकायसँग कोअडिनेसन गरेर उहाँहरुलाई केही राहतको व्यवस्था गरियो । वास्तविक पीडित परिवार खोजेर राहतको व्यवस्था गरियो । त्यो देखेर दातृ निकायहरु खुसी भएर अभैm त्यस्ता वास्तविक पीडित खोज्नुहोस् भन्ने कुरा आएको छ । त्यसपछि हाम्रा वडाका वास्तविक पीडितलाई परिपूर्ति भइसकेपछि हामीले वडा नम्बर १ समेत गएर त्यहाँका वास्तविक पीडित खोजेर राहतको व्यवस्था मिलायौं । यसरी अर्को वडाका ५ सय सुकुम्वासी घरधूरीलाई सहयोग गर्ने मौका हामीले पायौं ।

कोरोना रोकथाम र परीक्षणको लागि के के गर्नुभयो ?
रोकथामको लागि माक्स, स्यानिटाइजर प्रयोगका लागि विभिन्न सञ्चारमाध्यममार्पmत् जनतालाई सुसूचित गराउन अवार्नेसको काम ग¥यौं ।

तपाईंको वडामा अहिले कोरोना समस्या छ कि छैन ?
अहिले एकदमै न्यून गतिमा देखिएको छ । परीक्षण गराउँदा अरुको तुलनामा एकदमै कम हाम्रो वडामा देखिएको छ । अब हामीले सम्पूर्ण वडावासीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमलाई जोड दिएका छौं । खोप लगाउने काम शुरु भइरहेको छ । तपार्इंले फोन गर्दा पनि म खोप लगाउने कार्यक्रममै थिएँ । अहिले भेरोसिल खोप लगाउने काम भइरहेको छ । यस वडाका धेरै मान्छेले खोप लगाउने अवसर पाइसक्नुभएको छ ।

खोप लगाउनेबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
खोप लगाइसकेपछि मान्छेमा अलिकति मनोबल बढ्ने रहेछ । ‘अब मैले खोप लगाएँ, मलाई केही हुँदै’ भन्ने मनोबल हुनु एक किसिमले ठिकै हो । तर, खोप लगाउँदैमा संक्रमण नहुने चाहीं होइन । यसले मान्छेहरुमा आत्मविश्वास बढाएर त्रासमुक्त गराएको छ ।

तपाईंको वडामा यो चाहीं काम भएन भनेर जनगुनासो आएको छैन ?
अलिअलि आएका छन्, यसपालिबाट त्यो पनि गर्ने ठाउँ हुँदैन । हामीले विकास निर्माणका काम गर्दा प्राथमिकताका आधार गर्दछौं । कुन ठाउँमा तत्काल गरिहाल्नुपर्ने, कुन ठाउँमा अलिपछि गर्दा पनि हुने भन्ने हुन्छ । त्यसरी प्राथमिकताको आधारमा पालो पछाडि आउनेहरुले हाम्रोमा चाहीं भएन भन्ने गुनासो गरेको कतैकतै सुनिन्छ ।

भर्खरै सम्पन्न नगरसभाले कुन क्षेत्रलाई फोकस गरेर बजेट पारित ग¥यो त ?
अहिले कोरोना संक्रमणको महामारीको आतंकले विश्वलाई सताएकाले हामीले पनि यसपालिको बजेट त्यसकै नियन्त्रण, उपचार र खोपको लागि बजेट केन्द्रीत गरेका छौं । अहिले भइराखेको कोभिड–१९ को नियन्त्रण गर्ने कामलाई नै प्राथमिकता दिएका छौं । विश्वस्वास्थ्य संगठनका अनुसार थप भेरियन्ट आउँदा बालबालिकालाई बढी असर गर्दछ भन्ने भएकाले स्वास्थ्यमा फोकस गरेका हौं । तेस्रो लहरको भेरियन्ट आउँदा धेरै भयाबह अवस्था आउँला । अक्सिजनको समस्या होला भनेर पनि बजेट छुट्याएका छौं । अहिलेको बजेटमा स्वास्थ्य क्षेत्रलाई बढी ध्यान दिएका छौं ।

जनतामा सचेतना जनाउन कुन माध्यमको उपयोग गर्नुभएको छ ?
अहिले टोलटोलमा जाने अवस्था छैन । त्यसैले विभिन्न सञ्चारमाध्यमबाट समाचार, विज्ञान प्रकाशन, प्रसारण गरेर जनचेतानामूल सूचना आदानप्रदान गर्ने काम गर्ने गरेका छौं ।

होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस, कलेज, स्कुल सञ्चालन गरेर भिडभाड भएको छ कि छैन ?
त्यसको लागि हामीले प्रत्यक्ष मनिटरिङ गरेर रोक्ने काम भएको छ । पहिलो लकडाउनको बेलामा पनि एक, दुई स्कुलले लापरवाही गरेर खोल्ने गरेका थिए, हामी आफै गएर तुरुन्त बन्द गराएका थियौं । उहाँहरुलाई हामीले भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने काम नगर्नुहोस् । अनलाइन क्लास चलाउनुहोस् भनेका थियांै । अहिले चाहीं त्यस्तो समस्या छैन ।

जग्गासम्बन्धी भैmझगडाका मुद्दा कत्तिको आउँछन् ?
त्यस्ता प्रकृतिका मुद्दाहरु धेरै आउँछन् । विकास निर्माणका काम गर्दा, बाटो फराकिलो गर्दा, बिजुलीको पोल सार्ने क्रममा गुनासाहरु आउँछन् । त्यसमा मेरो धेरै जग्गा गयो, बिजुलीको पोल मेरो जग्गामा प¥यो । सडक, ढल खन्दा मेरो जग्गा काटियो, फलानाले मेरो मिचिदियो भनेजस्ता थुप्रै भैmझगडाका मुद्दाहरु आउँछन् ।

त्यसलाई कसरी मिलाउनुहुन्छ त ?
यहींका पुराना वासिन्दाहरु हुन्छन् । म पनि यहीको पुराना स्थानीयवासी हुँ । सबैले चिनेका हुन्छन् । त्यसो भएपछि उनीहरुलाई मैले चिनेको, आफैले भोट दिएर जिताएको मान्छे भएपछि मेरै फेबरमा काम गरिदिन्छ भन्ने उनीहरुमा विश्वास हुन्छ । हामीले पनि कसैलाई मार नपर्ने गरी निश्पक्ष ढंगले निर्णय गरिदिन्छौं । त्यसमा एक, दुई बाहेक धेरैमा ठिक गरेको छ भन्ने भएपछि चित्त बुझाउँछन् । फेरि हामी गइसकेपछि धेरै ठाउँमा त्यस्ता विवादहरु एकाएक समाधान हुन्छ ।

आगामी पार्टी राजनीतिको यात्रालाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
म चाहीं वडा नं. २ अध्यक्ष हुनुका साथै मध्येपुर ठिमी नगरपालिकाको प्रवक्ता पनि हुँ । प्रवक्ताको हैसियतले नगरका सबै वडामा काम गर्ने मौका पनि मिल्यो । त्यसैले सबै वडाका प्रतिनिधि र जनतासँग नजिबाट घुलमिल गर्ने अवसर प्राप्त भयो । मध्येपुर थिमी नगरपालिकामा ९ वटा वडा छन् । प्रवक्ताको हैसियतले ती ९ वटै वडाका जनताका काम गर्ने अवसर पनि जुट्यो । अब नेपाली कांग्रेसको १४औं महाधिवेशन हुँदै छ । वडा अध्यक्ष हुँदा प्रवक्ताको काम गरेको अनुभवले कांग्रेस महाधिवेशनमा मध्येपुर थिमी नगरपालिकाको नगर सभापति उठ्ने तयरीमा म छुु । त्यसमा धेरै साथीहरुले साथ, सहयोग गर्नुभएको छ । त्यसकारण म आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा मध्येपुर ठिमी नगरपालिकाको नगरसभापति उठ्दै छु ।

ठूलै प्रतिस्पर्धा होला नि ?
धेरैजनाको सल्लाह, सुझाव र सुझबुझका साथ अगाडि बढेकाले नगरसभापतिमा चुनाव जित्छु भन्नेमा विश्वस्त छु । पुराना साथीहरुले वडा अध्यक्ष हुँदा नगरका सबै वडाको काम गरेकाले तिमी हुँदा राम्रो हुन्छ भनेकाले मैले अगाडी बढ्न खोजेको हुँ ।