केन्द्रीय राजनीतिमा नयाँ दृष्टिकोण भएको युवा नेतृत्व आवश्यक छ

केन्द्रीय राजनीतिमा नयाँ दृष्टिकोण भएको युवा नेतृत्व आवश्यक छ अर्पणा खड्का १ आश्विन २०७८, शुक्रबार १०:३०
केन्द्रीय राजनीतिमा नयाँ दृष्टिकोण भएको युवा नेतृत्व आवश्यक छ

नेविसंघको विद्यार्थी राजनीतिबाट आएकी युवा नेतृ हुन् अर्पणा खड्का । सिन्धुलीमा जन्मिएकी उनले पद्मकन्य कलेजबाट स्नाकोत्तर गरेकी छन् । उनले सुदूपश्चिमका दुर्गम जिल्लाहरुमा समाजसेवामार्फत सहयोगी हात दिदै आएकी छन् । राजनीतिलाई समाजसेवा ठान्ने उनी सीपयुक्त स्वरोजगारमूलक उद्यमशीलतामा जोड दिन्छिन् । उनै समाजसेवी खड्कासँग काँग्रेसको १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचन लागेकी उनीसँग नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई केन्द्रीत गरेर कालिका महतले तरुणका लागि गरेको कुराकानी ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
प्रतिनिधिसभाको १ नम्बर क्षेत्रअन्तर्गत आफ्नै गाउँमा छु । अहिले नेपाली कांग्रेसको १४औं महाधिवेशनको वडास्तरीय निर्वाचन भइरहेको छ । त्यसमा सिन्धुलीमा सबै वडास्तरमा कतै सर्वसम्मत, कतै प्रतिस्पर्धाबाट निर्वाचन सम्पन्न भइसकेको छ । म पनि सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि भएकी छु । वडापछि क्षेत्र, नगर, जिल्लाको चुनावी अभियानमा जुटिरहेकी थिएँ । केन्द्रबाट केही दिन पर सारिएको सूचना आएपछि घरतिरै बसेकी छु ।

तपाईं केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार हो ?
हो, मैले केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएकी छु । वडाबाट सर्वसम्म रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएँ । त्यसमा मलाई सबैको राम्रो साथ–सहयोग जुट्यो । अब केन्द्रीय महाधिवेशन प्रतिनिधिको तयारीमा जुटेकी छु । मैले संघीय प्रतिनिधिसभा क्षेत्र नं. १ सिन्धुलीको ‘खसआर्य’ महिलातर्पmबाट उम्मेदवारी दिएकी छु । त्यसमा मलाई यहाँका अग्रज नेता, साथीभाइ तथा प्रतिनिधिहरुबाट राम्रो साथ, सहयोग र समर्थन मिलेको छ । मेरो जित सुनिश्चित जस्तै छ ।

तपाईंले उम्मेदवारी घोषणा गरिसक्नुभयो अधिवेशनको मिति सरिरहेको छ नि ?
त्यो केन्द्रीयस्तरको विषय हो । धेरै जिल्लाहरुमा त्यस्तै भएको छ । वडा अधिवेशन सम्पन्न भएका जिल्लाका प्रतिनिधिहरुलाई बधाई पनि दिन पाइयो । हुन नसकेका जिल्लाका साथीहरुमा के हुने भनेर अन्यौलता सिर्जना भएको छ । केन्द्रबाट स्पष्ट मिति तय गर्न नसक्दा साथीहरुमाझ दुविधा सिर्जना भएको छ । अहिले हामीमाझ अन्तरपार्टी अस्वस्थ प्रतिस्पर्धाको चुनौति थपिएको छ । त्यसले नजिकिँदै गरेको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा समेत ठूलो असर पार्ने देखिएको छ । त्यसकारण केन्द्रीय नेताहरुले अन्तरपार्टी प्रतिस्पर्धामा होमिइरहँदा त्यतातिर पनि ध्यान दिनुपर्ने हो । वडास्तरमै टुंगिनुपर्ने क्रियाशील सदस्यता विवादलाई केन्द्रसम्म ल्याएर देशव्यापी बनाइयो । त्यसले पनि स्थानिय, प्रदेश र संघको निर्वाचनलाई असर गर्छ ।

पार्टीहरुमा होलटाइमर कार्यकर्ता हुन्छन् । जसको कुनै आयस्रोत हुँदैन । अनि उनीहरुको जीवन यापनको लागि संस्थागत भ्रष्टाचार हुने गरेका धेरै उदाहरणहरु छन् । त्यसैले अबको युवा वर्ग राजनीतिसँगै आत्मनिर्भर बन्न सीपमूलक र उद्यमी बन्नुपर्छ ।

कांग्रेस क्रियाशील सदस्यता विवादमा किन अल्झिएको जस्तो लाग्छ ?
नेपाली काँग्रेस डेमोक्रेसीको सागर हो । सागरमा धेरै नदी, खोला, झरना र मूलको संगम हुन्छ । त्यस्तै हाम्रो पार्टीमा विभिन्न जातजाति, वर्ग, समुदायहरुलाई समेट्नुपर्ने छ । त्यसमा जनजाति, दलित, उत्पीडित, अल्पसंख्यक, मधेसी, मुस्लिम, थारुलगायत तमाम जाति, वर्ग, समुदायलाई समेट्नुपर्ने भएकाले पनि केही जिल्लामा विवादहरु आएका छन् । ठूलो परिवार भएपछि अलिअलि विवाद त भइहाल्छ नि। फेरि स्थानीय, प्रदेश र संघीय निर्वाचनको संघारमा आइपुगेका छौं । त्यसलाई मध्येनजर गरेर सबै वर्ग, समुदायलाई पार्टीमा समेटेर लानुपर्ने छ । त्यो भएर पनि केही ढिलासुस्ती भएको हुन सक्छ ।

नेपाली कांग्रेसप्रति जनआकर्षण बढेको हो त ?
अहिलेको अवस्थामा नेपाली कांग्रेसप्रति आकर्षण जाग्नु स्वाभाविक हो । किन भने जहिले पनि देशलाई अप्ठ्यारो परेको बेला कांग्रेसले अभिभावकको भूमिका निर्वाह गर्दै आएको छ । चाहे माओवादी द्वन्द्वबाट मुलुकलाई शान्ति प्रक्रियामा ल्याउँदा होस् अथवा संविधान निर्माण र घोषणा प्रक्रियामा होस् । ती कामहरु नेपाली कांग्रेसको नेतृत्वमा सफल भयो । उनीहरुको दुई तिहाई हाराहारी संख्या हुँदा पनि जनचाहना अनुसार काम गर्न सकेनन् । सरकार पनि पुरा समय चलाउन सकेनन् । घुमिफिरी कांग्रेसकै नेतृत्वमा देश आइपुगेको छ । त्यसकारण नेपाली जनताको आशा र भरोसाको केन्द्रबिन्दु नपाली कांग्रेस बन्न पुगेको हो ।

कांग्रेसमा पाका नेता धेरै छन्, तपाईं युवामा पनि कम उमेरकोले जित्नु हुन्छ त ?
केन्द्रीय महाधिवेशन प्रतिनिधिको म स्वाभाविक उम्मेदवार हो । विगत ११ वर्षदेखि नेपाल विद्यार्थी संघमा रहेर पार्टीका हरेक क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छु । स्थानीय, प्रदेश र संघीय तहमा पार्टीलाई जिताउन आफ्नो बलबुताले भ्याएसम्म सहयोग गर्दै आएकी छु । विद्यार्थीकालमा पनि विभिन्न संघसंस्थासँग सहकार्य गरेर सामाजिक काम गर्दै आएकी छु । कांग्रेसलाई चुनाव जिताउन सिन्धुली मात्र नभएर देशैभर छरिएर रहेका साथीहरुसँग समन्वयकारी भूमिका निर्वाह गरिएको छ । त्यसकारण उमेर कमै भएपनि पार्टीप्रति पु¥याउनुपर्ने योगदान, निष्ठा र भोगाइ कम छ जस्तो मलाई लाग्दैन । मैले पनि नेपाली कांग्रेसमा त्यो नेतृत्व चयनको लागि आफूलाई योग्य र सक्षम ठानेकी छु । नेपालमा मात्रै होइन विश्वनै अहिले सक्षम युवा शक्तिको पक्षमा उभिएको छ ।

कांग्रेसलाई युवाको चाहना अनुसार अगाडि बढाउन नयाँ भिजन, सकारात्मक सोच र परिवर्तनकारी नेतृत्वको आवश्यकता छ । यदि म महाधिवेशन प्रतिनिधि भएँ भने एकदमै सोच, विचार गरेर नयाँ नेतृत्व चयनको पक्षमा भोट हाल्ने छु ।

खुल्लामा आँट नगरेर किन आरक्षणतिर लाग्नुभयो ?
खुल्लामा पनि मेरो स्वाभाविक उम्मेदवारी रहन्थ्यो । म खुबी भएको मान्छे आक्षरणमा बस्नुहुँदैन, प्रतिस्पर्धाबाट आउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । तर, कहिलेकाहीं परिस्थितिले त्यसलाई छोड्नुपर्ने हुँदोरहेछ । सिन्धुलीबाट नेपाली कांग्रेसमा रहेर लामो समय अनबरत रुपमा लाग्नुभएका दाइ, दिदीहरु हुनुहुन्छ । उहाँहरुले खुल्लामा उठ्ने इच्छा देखाउनुभएको छ । कांग्रेसलाई विभिन्न कालखण्डबाट जोगउन उहाँहरुको ठूलो भूमिका छ । त्यसकारण मैले उहाँहरुको सम्मानमा खुल्लातर्पm छोडेर आरक्षण खसआर्य महिलातर्पmको उम्मेदवारी दिएकी हुँ ।

युवा नेतृत्वको कुरा गर्नुहुन्छ, केन्द्रीय तहमा बुढाहरुनै तयार भइराखेका छन् । युवाहरु नेतृत्वका लागि तयार हुनु परेन र ?
राजनीतिमा उमेरले मात्रै काम गर्दैन, सोच र क्षमता पनि चाहिन्छ । म युवा छु तर म अस्वस्त, भिजन र सोच नभएको, काम गर्न नसक्ने सुस्त छु भने युवा भएको के काम ? त्यसकारण युवामा पनि भिजनसहितको सोच परिवर्तनकारी आँट भएको नेतृत्व हुनुपर्छ । त्यसैले नेपाली कांग्रेसमा देशलाई सही निशानिर्देश गर्ने सकारात्मक सोच भएको युवा नेतृत्व चाहिएको छ । उमेरले पनि कतिपय कुरालाई डिटरमाइन गर्छ । उमेर समूह जस्तो भएपनि कांग्रेसलाई युवाको चाहना अनुसार अगाडि बढाउन नयाँ भिजन, सकारात्मक सोच र परिवर्तनकारी नेतृत्वको आवश्यकता छ । यदि म महाधिवेशन प्रतिनिधि भएँ भने एकदमै सोच, विचार गरेर नयाँ नेतृत्व चयनको पक्षमा भोट हाल्ने छु ।

कांग्रेसप्रति युवाहरुको आकर्षण किन जागेको होला ?
नेपाली कांग्रेसा युवाहरुको आकर्षण जाग्नु स्वभाविक छ । किन भने २००७ सालयता मुलुकमा जतिपनि परिवर्तन भएका छन् । ती सबै नेपाली कांग्रेसकै अगुवाइ र नेतृत्वमा भएका हुन्। हिजो आपूmलाई क्रान्तिकारी र परिवर्तनकारी दावी गरिरहेका कम्युनिस्टहरुले देश चलाउँदा भोग्नुपरेका दुःखहन्डरबाट पनि जनता वाक्क, ब्याक्क भएका छन् । हिजो उनीहरुले कांग्रेसलाई शामन्ती, यथास्थितिवादी र पुँजीपतिहरुको पार्टी भनेर झुक्याएका थिए। आज उनीहरु नेतृत्वमा पुगेपछि जनताले त्यो कांग्रेसप्रति आरोप मात्र रहेछ भन्ने कुरा छर्लङ्ग बुझे। कम्युनिस्टहरुको चुनावका बेला पस्कने आश्वासन सत्तामा पुगेपछि गरिने नातावद, क्रिपावाद, अनियमितता र भ्रष्टाचारबाट जनता दिक्क भएर पनि कांग्रेसप्रति युवाहरुको आकर्षण बढेको छ ।

कांग्रेसको नेतृत्व युवाको हातमा आउँछ त ?
युवा भएकै नाताले मात्रै हामी जथाभावी भोट हाल्दैनौं । युवाहरुमा पनि उहाँहरुले पार्टीलाई दिनसक्ने नयाँ भिजन र सोच हेरेर मात्रै आफ्नो मतको सदुपयोग गर्दछौं । किनभने अब आउने नेतृत्वले तल्लो तहका युवाहरुको भावना बुझेको हुनुपर्छ । नयाँ सोच र भिजन भएका युवाको नेतृत्वले मात्रै पार्टी र संगठनलाई उचाइमा पु-याउँछ भन्ने लाग्छ ।

कांग्रेसलाई विभिन्न कालखण्डबाट जोगउन उहाँहरुको ठूलो भूमिका छ । त्यसकारण मैले उहाँहरुको सम्मानमा खुल्लातर्प छोडेर आरक्षण खसआर्य महिलातर्पmको उम्मेदवारी दिएको हुँ ।

तपाईंको महाधिवेशन प्रतिनिधिको लागि भोट माग्ने एजेन्ड के ?
पेशासहित राजनीति गर्नुपर्छ भन्ने पहिलो एजेन्डा रहने छ । दोस्रोमा म खसआर्य महिलातर्पmको उम्मेदवार भएकाले महिला दिदीबहिनीहरुलाई सीपमुलक क्षमता अभिवृद्धि गरी उद्यमशीलतातिर उन्मख गराउने मेरो भूमिका रहने छ । त्यसपछि विभिन्न पेशा, व्यवसाय अथवा व्यवहार गर्ने क्रममा अन्याय, अत्याचार र थिचोमिचोमा परेका महिलाहरुलाई न्याय दिलाउन मेरो भूमिका रहने छ । अर्को म यो क्षेत्रको भूगोल चिनेजानेको, यहाँको सुखदुःखसँग लडभिड गरेको मान्छे हुँ । मेरो जन्म र शिक्षादिक्षा पनि यही भूगोलमा भएकाले मलाई भोट दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।

तपाईंले महाधिवेशन प्रतिनिधि जित्नुभयो भने के गर्नुहुन्छ ?
मैले चुनाव जितेँ भने बेरोजगार महिला तथा युवा वर्गलाई विभिन्न सीपमूलक तालिमद्वारा स्वरोजगारमूलक बनाउन भूमिका रहने छ । त्यसमा सिन्धुली जिल्लाका मात्रै नभएर सिंगो कांग्रेससँग आबद्ध युवाहरुलाई राजनीतिसँगै आफ्नो जीवन निर्वाहको लागि स्वरोजगारमूलक र व्यवसायी बन्न अभिप्रेरि गराउने छु । यो एउटा जिल्ला विशेष मात्र नभएर सिंगो पार्टीपत्तिमै संकट निवारणको विषय हो । किन भने राजनीति भनेको व्यवसाय होइन । नितान्त सामाजिक काम हो । त्यसको लागि आयआर्जनको खाँचो छ । पछिल्लो सयम युवाहरुमा राजनीतिलाई पेशाको रुपमा लिने ट्रेन बढेको छ । त्यसकारण समाजको तल्लो तहसम्म भ्रष्टाचारले जरा गाडिसकेको छ । पार्टीहरुमा होलटाइमर कार्यकर्ता हुन्छन्, जसको कुनै आयस्रोत हुँदैन । अनि उनीहरुको जीवन यापनको लागि संस्थागत भ्रष्टाचार हुने गरेका धेरै उदाहरणहरु छन् । त्यसैले अबको युवा वर्ग राजनीतिसँगै आत्मनिर्भर बन्न सीपमूलक र उद्यमी बन्नुपर्छ ।

देशका युवाले नेपालमा सम्भावना देखेका छैनन, अनि कसरी समृद्ध मुलुक बन्छ ?
युवाहरुले सम्भावना नदेखेका होइनन् । देश हाँक्नेहरुले युवामुखी कार्यक्रम दिन नसकेका हुन् । अहिले युवाहरुमा धेरै परिवर्तन आइसकेको छ । कतिपय विदेशमा पुगेका पनि फर्किएर देशमै केही गर्छु भनेर लागिपरेका छन् । कांग्रेसमा पनि अबको नेतृत्वले युवा वर्गको लागि देशमै केही गर्छुपर्छ भन्ने युवामुखी प्याकेज कार्यक्रम ल्याउनुपर्छ । युवाहरुलाई सीपसहितको स्वरोजगारमूलक र उद्यमी बनाउनुपर्छ । त्यसभित्रबाट राजनीतिमा आएका युवा नेतृत्व नै सबल र सक्षम हुन्छन् । उनीहरुमा राजनीति पेशा होइन समाजसेवा भन्ने भावना जागृत हुन्छ । तब मात्र भ्रष्टाचारमुक्त सक्षम र समृद्ध नेपाल बन्छ । सक्षम र सवल नेतृत्वले नै समृद्ध कांग्रेस बन्छ । त्यो अभियामा युवालाई डो¥याउन पार्टीमा मेरो भूमिका रहने छ ।