आत्मासन्तुष्टि नै सेवा हो

आत्मासन्तुष्टि नै सेवा हो डा. दीपक श्रेष्ठ ५ आश्विन २०७८, मंगलवार ०९:१४
आत्मासन्तुष्टि नै सेवा हो

दुई दशकदेखि हाडजोर्नी तथा नसारोग विशेषज्ञको रुपमा ख्याति कमाएका व्यक्ति हुन् डा.दीपक श्रेष्ठ । चितवनमा जन्मिएका उनले काठमाडौलाई कर्मक्षेत्र बनाएका छन् । बिरामी निको भएर डिस्चार्ज हुँदाको हाँसो हेर्न रुचाउने डा. श्रेष्ठ पैसाभन्दा सेवाभाव ठूलो ठान्दछन् । डा. श्रेष्ठ सहिद मेमोरियल अस्पताल, कलंकीका प्रबन्ध निर्देशक हुन् । उनै वरिष्ठ चिकित्सक तथा समाजसेवी डा. श्रेष्ठसँग हाडजोर्नी तथा नसारोगको सन्दर्भमा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश

हाडजोनी एवं नसारोगलाई मेडिकल टर्ममा कसरी डिफाइन गरिन्छ ?
हाम्रो शरीरमा जतिपनि हाडहरु हुन्छन्, ती प्रत्येकमा नसापनि रिलेटेड हुन्छन् । हामी नवलाई पनि नसा भन्छौं । आर्टिभेनलाई पनि नसानै भन्छौं । त्यसैगरी टेन्डनलाई पनि नसानै भन्छौं । यी तीनवटैको काम भने फरकफरक हुन्छन् । टेण्डन र नव भन्ने नसा हामी आफैले हेर्दछौं । यसलाई हेर्दा रगत नली चाहीं हेर्दैनांै । त्यसबाट हड्डीमा भएको कुनैपनि समस्या जस्तो फ्याक्चर, खिइने अथवा वाथको रोग हामीले हेर्छौं ।

हाडको कारणले नसामा समस्या आउँछ कि नसाको कारणले हाडमा समस्या हुन्छ?
यी दुवै अंग एकअर्कासँग रिलेटेड हुन्छन् । हाडको कारणले नसामा र नसाको कारणले हाडमा सस्या आउन सक्छ । तर, जति हाड र मसलको कारणले नसामा समस्या आउँछ त्यति नसाको कारणले हाडमा आउँदैन ।

दूर्घटनाबाहेक हाडजोर्नी तथा नसामा कस्तो समस्या देखिने गर्दछ ?
धेरैजसो केस पहिला ढाड दुख्यो भने आउने गर्दछन् । ढाड लडेर, ठोक्किएर, मर्केर दुखेको हुन्छ । कुनै दूर्घटना नभइकन पनि दुख्न सक्छ । खासगरी ढाड दुख्ने, हात, खुट्टा झमझमाउने, हिड्डुल गर्दा खुट्टामा पावर नभएको जस्तो हुने, जस्ता समस्या देखिन्छ । त्यस्ता समस्या लिएर आउने बिरामीलाई एमआरआई गरेर हेरिन्छ । ढाडको भित्रीभागमा डिक्स भन्ने हुन्छ । त्यो बाहिर निस्किएर नसालाई इलेक्ट्रिले जस्तो सेन्सरसेन पास गर्दछ । त्यो सेन्सरसेन पास गर्न नसकेर हात, खुट्टा झमझमाएको हुन सक्छ । ढाडको हड्डी खिइएर पनि त्यस्तो हुन्छ । यसमा दुईवटा अपसन हुन्छन् । त्यो कन्जरभेटिभ ट्रिटमेन्ट र अप्रेसन । अर्थोपेडिक समस्यामा पहिला कन्झरभेटिभ ट्रिटमेन्ट गरिन्छ । त्यस्ता बिरामीहरुलाई फिजियो थेरापी गराउने, ट्र्याक्सनहरु दिने गरिन्छ । त्यसपछि दबाइहरु दिइन्छ, जसको बिनाअप्रेसन निको हुन्छ । यी उपायहरु अपनाउँदा पनि निको भएन भने अप्रेसन गर्नुपर्छ । त्यसलाई नव भ्वाइसपेन भनिन्छ । कुनै ‘मेरो हात एकदमै दुखेको छ, औंलै चल्दैन’ भनेर आउँछन् ।

यो टेन्डनलाई हामीले नसा भन्छांै । त्यो टेन्डन किन भयो भने त्यसमा खोल हुन्छ । त्यो खोल च्यापिएर पनि दुख्न सक्छ । त्यसरी खोल च्यापिएको पाइयो भने पहिला फिजियोथेरापी र दबाइ दिन्छौं । त्यसले ठिक भएन डिपोप्रेट भन्ने इन्जेक्सन दिन्छौं । रगतको नलीलाई पनि हामी नसानै भन्छौं । रगत नलीमा समस्या आयो भने खुट्टा सुन्निने, चिसो हुने, छुँदा थाहा नहुने हुन्छ । त्यसलाई कार्डियोथोरासिन भास्कुलर सर्जनमा पठाउँछौं ।

न्यूरो र अर्थो सर्जनहरु फरकफरक हुन् कि एकैखाले हुन् ?
पीआईभीडी अप्रेसनहरु उहाँहरुले पनि गर्नुहुन्छ, हामीले पनि गर्दछौं । तर, एकदमै नसा च्यातिएको, चुँडिएको जस्ता गम्भीर प्रकृतिका समस्याहरु न्यूरो सर्जनले मात्रै हेर्छ । त्यसपछि घाँटीभन्दा माथिको समस्या सबै न्यूरो सर्जनले नै हेर्ने हो ।

कसैकसैले हातखुट्टा नै चलेन भनेर आउने गर्दछन् के कारणले त्यस्तो हुन्छ ?
कि टिभीले ढाडको हाड बिग्रिएर नसा छोएर कि त हड्डिमा क्यान्सर भएर नसा छोएर त्यस्तो समस्या हुन्छ । त्यसरी ढाडमा छोयो भने दुवै खुट्टा प्यारालाईसिस हुन्छ । घाँटीमै छोयो भने हातखुट्टै प्यारालाइसिस् हुन्छ । त्यस्ता केसहरु आउँदा ट्युमर, क्यान्सर हो भने क्यान्सर अस्पताल पठाइन्छ । अर्को न्यूरोतिर पनि रिफर गरिन्छि । कहिलेकाही शरीरको एकसाइड मात्रै नचल्ने हुन्छ । त्यस्तो केस न्यूरो र फिजिसियनले हेर्छ । ब्लडप्रेसर हाई भएर हुन सक्छ । दाहिने साइडको ब्रेनमा हान्यो भने देब्रे साइडको हातखुट्टा नचल्ने हुन्छ । ब्रेनको आधा भागलाई थिच्यो भने शरीरको आधा भाग प्यारालाइसिस हुन्छ ।

हड्डी र नसारोग उमेरसमूहले डिटरमाइन गर्छ कि जुनसुकैलाई जतिबेला पनि हुन सक्छ ?
प्रायःजसो ढाढ, घुँडाका हड्डीहरु खिइने, मेन ढाड, घाँटीको हड्डी खिइने जस्ता समस्या उमेर बढ्दै जाँदा हुने हो । खासगरी हड्डी खिइने समस्यामा महिलाहरुलाई हेर्दा जब ४५ वर्ष उमेर पार गर्दछन् । जब उहाँहरुको महिनावरी बन्द हुन्छ । त्यसपछि शरीरमा जति क्याल्सियम उत्पादन हुनुपर्ने त्यो घट्छ । क्याल्सियमको कमीले हड्डीहरु खिइँदै र बाङ्गिँदै जान्छन् । पुरुषमा पनि ५० वर्षमाथि उमेर पार भएपछि त्यो समस्या देखिन्छ । कसैकसैमा त्यो समस्या नहुन पनि सक्छ । त्यो चाहीं डाइट, एक्सरसाइजमा भरपर्छ । नत्र धेरैजसोमा हड्डी खिइँदै र बाङ्गिँदै जाने समस्या देखापर्छ । खिइनु भनेकै बिस्तारै हड्डी कमजोर हुँदै जानु हो । यसमा हामीले जति खुम्च्याउनुपर्ने, टुक्रुक्क बस्नुपर्ने, जति हिँडडुल गर्नुपर्ने हो, त्यो भएन भने बिस्तारै हड्डी खिइने समस्या हुन्छ । यसले हिड्डुल गर्न, टुक्रुक्क बस्न, घुँडा खुम्च्याउन सकिँदैन । फेरि जति हिँडडुल गर्नुपर्ने हो त्यो भएन भने मांसपेशीहरु कमजोर हुँदैजान्छ ।

हाम्रो जीवनशैलीमा आएको परिवर्तनले यी रोग निम्त्याउन कारक बनेको हो त ?
सबैभन्दा ठूलो कारण नै त्यहीं हो । मैले अस्ति मात्रै १०४ वर्षे बुढी आमाको हात भाँचिएको अप्रेसन गरेँ । म आपैंmलाई लाग्छ कि ८० वर्षभन्दा माथि बाँचिन्न होला ? उहाँ १०४ वर्षको हुनुहुन्थ्यो । अहिले पोलुसन त्यत्तिकै बढेको छ । खाना सबै जंगफुड छ । सबै चिजमा बोइलर खानुपरिराखेको छ । पहिला त्यस्तो खाना हुँदैनथ्यो । मेरो बाजे ९७ वर्ष बाँच्नुभएको हो । बज्यै ९५ वर्ष बाँच्नुभयो । त्यो उमेरसम्म उहाँहरुमा कुनै रोग थिएन । दुवै जनाले त्यो उमेरसम्म चस्मा पनि लगाउँनु भएन । मेरो छोरा अहिलेदेखि नै चस्मा लगाउने भइसक्यो । मेरो पनि अहिले नै माइनस वानमा पुगेको छ । यी सबै हुनमा हाम्रो आधुनिक खानपिन र जीवनशैलीको असर हो । पहिलाका बुढाबूढीहरु जिमखाना गएर शरीर मेन्टेनेन्स गरेका होइनन् । बारीमा काम गर्ने, हिडडुल गर्ने गरेर नै तन्दुरुस्त भएका हुन् । उहाँहरुमा अर्गानिक खानपिन थियो । शादा जीवनशैली थियो । र, त दीर्घजीवी भएका थिए । अहिलेपनि टिस्टुङ, पालुङ, धादिङबाट ८०, ८५, ९० वर्षका बुढाबूढीहरु आउँछन् । त्यो उमेरमा पनि उनीहरु हिष्टपुष्ट निरोगीझै देखिनु हुन्छ । अहिले उहाँहरुले खानेजस्तो अर्गानिक खाना छैन । सबैमा बोइलर भइसकेको छ । पहिला सानो खुर्सानी खाँदा कति पिरो हुन्थ्यो । अहिले ५ वटा ठूलो खुर्सानी खाँदा पनि पिरो हुँदैन । हिजो गाउँमा ढिडो खानेलाई घृर्णा गरिन्थ्यो, आज त्यही ढिडो खान बासमति चामल छोडेर लागिपरेका छन् ।

हाडजोर्नी र नसारोग जेनेटिक्स हुन्छ कि दुर्घटनाबाट हुन्छ ?
हड्डी तथा नसा रोगमा जेनेटिक्स भन्ने हँुँदैन । धेरैजसो आधुनिक जीवनशैलीले निम्त्याउने गर्दछ । यसबाट बच्न जीवनशैलीमा ध्यान दिनु उचित हुन्छ ।

शहिद मेमोरियल अस्पतालले कस्तो खालका बिरामीलाई सेवा दिइराखेको छ ?
खासगरी शहिद मेमोरियल अस्पालमा अर्थोपेडिकका बिरामी धेरै आउँछन् । यहाँ मुख्य उपचार हड्डीकै हुन्छ । म यो अस्पतालसँग जोडिएको १२ वर्ष भयो । पहिला नेपाल अर्थोपेडिक अस्पिटलमा मेडिकल अफिसर भएर काम गरेको थिएँ । त्यहाँबाट धेरै सिक्ने अवसर पाएँ । त्यसपछि बुटवल गएँ । त्यहाँ मेरो २ लाख ५० हजार तलब थियो । त्यतिबेला भर्खर अर्थोपेडिक पास गरेर आएको थिएँ । त्यतिबेला पढेर भर्खर फर्किएको पैसाको आवश्यकता थियो । त्यसबेला २ लाख ५० हजार राम्रो तलब हो । तर, मैले पैसा मात्रै हेरिन नेपालमा केही गर्नुपर्छ भनेर काठमाडौं फर्किएँ । आउनासाथ शहिद मेमोरियल अस्पतालतिर मेरो ध्यान मोडियो ।

शहिद मेमोरियल नै किन रोज्नुभयो ?
अन्य धेरै ठाउँमा प्रयास गरेँ । पहिला काम गरेको अर्थोपेडिक अस्पतालमा पनि ट्राई गरेँ । मैले इन्टनसिप गरेको वीर अस्पतालमा जान इच्छा लगेन । सम्भावित सबै ठाउँमा ट्राइ गरिसकेपछि यहाँ खाली भएको थाहा पाएँ । जहाँ अस्पताल चाहीं नचलेको, डाक्टरहरुले पनि समय नदिएको रहेछन् । भौतिक पूर्वाधार चाहीं ठिकै रहेछ । यो देखेपछि मलाई ‘यो चाहीं एउटा प्लाटफर्म हो’ भन्ने लाग्यो । दुःख गरियो भने यहाँबाट केही हुन्छ’ भनेर यहाँ आइपुगेँ । त्यतिबेला बोर्डमा गणेश गुरुङ, सोमनाथ प्यासी, हिक्मत कार्की, ओम थपलियालगायत सिनियर सरहरु हुनुहुन्थ्यो । उहाँहरुले मलाई राख्नुभएको हो । म बुटवलमा २ लाख ५० हजार तलब छोडेर आएको थिएँ । यहाँ २५ हजारमा मेडिकल डाइरेक्टर र अर्थोपेडिक सर्जन भएर काम थालेँ ।

साढे दुई लाख तबल छाडेर २५ हजारमा काम गर्न कसरी राजी हुनुभयो ?
चलेको अस्पतालमा गयो भने कसैले मतलब गर्दैनन् । यहाँ आफै हेड भएर काम गर्न पाइयो । त्यो जिम्मेवारीले सचेत र परिपक्व बन्न सिकायो । एउटा अप्रेसन बिग्रियो भने कस्तो डाक्टर रहेछ भनेर मेरो जीवन खत्तम हुन्थ्यो । मैले त्यो च्यालेन्जलाई एसेप्ट गरेँ । यदि दादा बन्ने हो भने ‘त्यो टोलको लुतेलाई पिटेर होइन, दादालाई नै पिटेर दादा बनिन्छ’ भन्ने मलाई लाग्यो । अरुभन्दा खतरा हुन नयाँ काम गर्नुपर्छ भन्ने लागेर लागिपरेको हुँ । म आउँदा अस्पताल आर्थिक कारणले जर्जर अवस्थामा गुज्रिएको थियो । त्यतिबेला जम्मा २९ जना स्टाफ थिए । पहिलाको डाक्टरले एउटा बिरामी जाँचेको ३५० लिँदा ५० रुपैयाँ अस्पताललाई दिएर ३ सय उहाँले लिनुहुन्थ्यो । मैले त्यसलाई घटाएर १५० गरिदिएँ । त्यो १५० पनि अस्पताललाई दिएँ । मैले बिरामी जाँचेर आएको पैसा अस्पताल र स्टाफ फण्डमा जम्मा गरेको छु । बिरामी जाँचेको मैले एक रुपैयाँ पनि लिन्न । हामी दुवै बुढाबूढी डाक्टर छौं । अहिले पनि हामीले घर बनाउन सकेका छैनौं । मैले काम गरेका २१ वर्ष भयो ।

त्यो त्यागले तपाईंलाई के दियो त ?
मलाई मीठो निद्रा आउने सन्तुष्टि दियो । ‘आपूm भलो त जगतै भलो’ भन्ने उक्ति चरितार्थ हुन्छ । म बिहान एकछिन मोर्डिङ वाकमा निस्कँदा सयौं मान्छेले नमस्ते गर्छन् । डक्टरसाबसँग चिया खानपाए हुन्थ्यो भन्छन् । म घरबाट निस्कँदा खानाको लागि कुनै खर्च गर्नुपर्दैन । एकपटक मैले सेवा गर्न भ्याएका सबैले सम्मान गर्दछन् । अहिले म ४९ वर्षको भएँ । अभैm योङ छु जस्तो लाग्छ । त्यो सब आत्मसन्तुष्टिले भएको हो ।

यो अवस्थामा ल्याउन कसरी सम्भव भयो ?
म यो अस्पतालमा छिर्दा जम्मा २९ जना स्टाफहरु थिए । डाक्टरहरु पनि बिरामीहरु आउँदा मात्रै आउने रहेछन् । यहाँ त्यतिबेला राजनीति पनि हुँदो रहेछ । अनि मैले पहिलाका स्टाफहरु छाड्दै गएँ । त्यसबेला अस्पताल १ करोड ७८ लाख रुपैयाँ घाटामा गएको रहेछ । त्यो घाटा उकास्न मैले विभिन्न क्याम्पहरु चलाएँ । यसरी मेहनत गरेर ७ महिनामा सस्टेन गरेँ ।

त्यति छिट्टै त्यो उपलब्धी कसरी सम्भव भयो ?
ठाउँठाउँमा क्याम्प गरेँ । ल्याब र फार्मेसी अर्कैले चलाउने रहेछ । अहिले अस्पतालले चलाउन सुरु गरेको छ । एक्सरे मेसिनहरु किन्नुपर्ने थियो । यो अस्पतालको लागि सहकारी बैंकबाट मात्रै लोन लिन मिल्छ ।

अरु वित्तीय संस्थाले ऋण नदिने कारण के ?
शहिद मेमोरियल सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित शहिद मेमोरियल अस्पताल भएकाले सहकारी बैंकमार्फत ऋण लिनुपर्ने रहेछ । अरु बैंक वित्तीय संस्थाबाट लिन नमिल्ने रहेछ । त्यसमा अहिले ४१०, १२ जना शेयर होल्डर हुनुहुन्छ । उहाँहरुबाट कसैले ५० हजार, कसैले १ लाख, कसैले २ लाख, ३ लाख गर्दै अधिकतम ५ लाखभन्दा बढी लगानी गर्न पाइँदैन । त्यसैमार्फत हामीले अस्पताललाई अगाडि बढायौं । मैले अस्पतालमा भेन्टिलेर राख्नको लागि सर्टिफिकेट धितो राखेर ऋण लिएको थिएँ । २९ जना स्फटाफबाट बढाएर अहिले १२६ जना पुगेका छन् । यहाँ २४ सै घण्टा सेवा उपलब्ध छ । भनेजस्ता डाक्टरबाट अप्रेसन हुन्छ । अहिले ४८, ४९ जना विशेषज्ञ डाक्टरहरु हुनुहुन्छ । अर्थोको मेरो अन्डरमा ४ जना हुनुहुन्छ । भ्यान्टिलेर, आईसीयुदेखि सम्पूर्ण व्यवस्था छ ।

शहिद मेमोरियल अस्पतालमा कुन स्टाटसका बिरामले सेवा लिन सक्छन् ?
यहाँ एकदम गरीबभन्दा गरीबले पनि सेवा लिन सक्छन् । म आउनुअघि ‘शहिदमा गइयो भने सहिद हुनुपर्छ’ भन्ने रहेछ । पहिला धनीहरु त खासै आउँदैन थिए । अहिले धनी गरीब दुवैखाले आउँछन् । सक्नेसँग शुल्क लिन्छांै तर गरीब तथा शहिद परिवारको निःशुल्क पनि उपचार गर्दछौं ।

यहाँ हाडजोर्नी मात्रै कि अन्य उपचार पनि हुन्छ ?
यहाँ थुप्रै सेवाहरु छन् । पेडेक्टिको लागि डा. निशाज्योति शर्मा हुनुहुन्छ । सर्जरीको लागि डा. जितेन्द्र, डा. शमिर हुनुहुन्छ । फिजिसियनमा डा. प्रेम, डा. सुरज, डा. अपूर्वलगायत चार जना हुनुहुन्छ । त्यस्तै सुगर र थाइराइट मात्रै हेर्ने डा. सुनिल हुनुहुन्छ । त्यसैगरी तीन जना कार्डियोलोजिष्ट छन् । छालासम्बन्धी हेर्ने तीन जना हुनुहुन्छ । कस्मेटिक डाक्टर पनि हुनुहुन्छ । त्यस्तै दाँत, आँखाको पनि उपचार हुन्छ । ग्यास्टोलोजी र ब्लडक्यान्सर हेर्ने छुट्टै डाक्टर हुनुहुन्छ । प्लाटिष्क सर्जनमा डा. सुरेन्द्र हुनुहुन्छ । अर्थोमा मसहित ५ जना छौं । अर्थोका ठूला केसहरुमा डा. सञ्जु प्रधान, डा. कैलाश, डा. मुक्ति, डा. अरुणलगायतको साथ लिने गरिन्छ ।

दुईदशक लामो संघर्ष के पाउनुभयो, के गुमाउनुभयो ?
यो संघर्षमा मैले पैसा गुमाएँ । नाम र सम्मान कमाएँ । कुनैपनि पार्टीमा जाँदा मैले सेवा गरेको मान्छे पाउँछु । उनीहरुबाट उहाँ त शहिद मेमोरियलको असल डाक्टर हो भन्ने परिचय पाउँछु । मरेर जाँदा पैसाको के काम हुन्छ र ? त्यो त हामीले कोभिडको बेलामा देखेका छौं । लाखौंखालको बिटा ल्याएर एक दिन त राखि दिनुहोस् भन्नुहुन्थ्यो । तैपनि बिरामी बच्दैनथ्यो अनि त्यो पैसाको के काम ? मर्दा त्यसले पोल्ने होइन । त्यसैले नाम र इज्जत ठूलो कुरा हो । त्यो मैले यो अस्पतालबाट पाएको छु । ‘बिरामी निको भएर डिस्चार्जको दिन हाँसेको मुख हेर्न पाउनु नै मेरो सबैभन्दा ठूलो सन्तुष्टि हो ।’

तपाईंले गरेको योगदानको राज्यबाट मूल्यांकन भएको छ जस्तो लाग्छ ?
त्यो अर्कै पाटो हो । आपूmले कर्म गर्ने हो, अरुले जे मूल्यांक गरुन् । मैले भूकम्पका बेला पनि धेरै काम गरेँ । त्यसबेला ७० मेजर अप्रेसन नै गरेको छु । त्यसबेला चिया र ब्रेडको भरमा दिनभर काम गरियो । अमेरिकाबाट ट्रमा सर्जन आउँथे । उनीहरु मेरो अप्रेसन देखेर छक्क पर्दथे । त्यसबेला मैले भूइँमै राखेर धेरैको अप्रेसन गरेको छु । नौ सय जनाभन्दा बढीलाई त डोनर खोजेर उपचार गरेको छु । त्यसबेला सरकारले एउटा अप्रेसनको २५ हजार दिन्थ्यो । कतिपय अप्रेसनहरु महंगा हुन्थे । हड्डीको अप्रेसन गर्दा ७ देखि १०, ११ हजारसम्मका पाता फेर्नुपथ्र्यो । सबैलाई सकेको उपचार गरेर निको बनाइयो । त्यो गरेबापत नेपाल सरकारले प्रवल जनसेवाश्री चतुर्थबाट सम्मान गरेको थियो ।