भारतले कोरोना संक्रमणका कारण निधन हुनेलाई प्रतिपरिवार ५० हजार दिने

भारतले कोरोना संक्रमणका कारण निधन हुनेलाई प्रतिपरिवार ५० हजार दिने तरुण खबर ७ आश्विन २०७८, बिहीबार ०९:२४
भारतले कोरोना संक्रमणका कारण निधन हुनेलाई प्रतिपरिवार ५० हजार दिने

काठमाडौं । भारत सरकार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ दिने भएको छ । भारतीय सरकारले उच्च अदालतलाई दिएको जवाफ हो यो । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२२, सैपटेम्बर) मा १७ लाख १८ हजार ५६५ जनाको नमुना परीक्षण गर्दा ३१ हजार ९५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

२१, सेप्टेम्बरमा १४ लाख १३ हजार ९५१ जनाको नमुना परीक्षण गर्दा २७ हजार ३३३ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२२, सेप्टेम्बर) मा कारोना भाइरसको संक्रमणबाट २७९ जनाको निधन भएको छ । २१, सेप्टेम्बरमा कोरोना भा्यरसको संक्रमणबाट ३८५ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असोज ७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३५ लाख ६२ हजार ३४ जना छन् । २०७८, असोज ७ गतेसम्ममा भारतले ५५ करोड ६७ लाख ५४ हजार २८२ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, असोज ७ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड २८ लाख ८ हजार १७५ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ७ हजार ७७९ जना छन् । पछिल्लो २४ घण्टा (बुधबार) मा ३१ हजार ९६८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, असोज ७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ४६ हजार ८० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।