अमेरिकामा कुल संक्रमितमध्ये ७ लाख २ हजार ९७८ जनाको मृत्यु

अमेरिकामा कुल संक्रमितमध्ये ७ लाख २ हजार ९७८ जनाको मृत्यु तरुण खबर ८ आश्विन २०७८, शुक्रबार ०८:२०
अमेरिकामा कुल संक्रमितमध्ये ७ लाख २ हजार ९७८ जनाको मृत्यु

काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (२३, सेप्टेम्बर) मा १९ लाख ६४ हजार ५९८ जनाको नमुना परीक्षण गर्दा १ लाख २७ हजार ४६३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २२, सेप्टेम्बरमा २१ लाख ७२ हजार ५ सय जनाको नमुना परीक्षण गर्दा १ लाख ३३ हजार ७९९ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२३, सेप्टेम्बर) मा कारोना भाइरसको संक्रमणबाट १९ सय ७४ जनाको मृत्यु भएको छ । २२, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट २ हजार २५८ जनाको मृत्यु भएको थियो ।
२०७८, असोज ८ गते शुक्रबार बिहान ७.०० बजेसम्ममा ४ करोड ३५ लाख ३२ हजार ४९१ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये शुक्रबार बिहान ७.०० बजेसम्ममा ३ करोड ३० लाख ३३ हजार ५२५ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असोज ८ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९७ लाख ९५ हजार ९८८ जना छन् ।
नेपाली समय अनुसार असोज ८ गते शुक्रबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ६२ करोड ९० लाख १८ हजार २३० जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब २९ करोड ७५ लाख ६८ हजार ९४९ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब २९ करोड ७५ लाख ६८ हजार ९४९ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असोज ८ गते शुक्रबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ७ लाख २ हजार ९७८ जनाको मृत्यु भैसकेको छ ।
असोज ८ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २३ करोड १३ लाख ५६ हजार २२८ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ लाख ४१ हजार ६२५ जना छन् ।