भारतमा कोरोना संक्रमण पुष्टि भएको ३० दिनभित्रै आत्माहत्या गर्नेका परिवारले पनि ५० हजार पाउँने

भारतमा कोरोना संक्रमण पुष्टि भएको ३० दिनभित्रै आत्माहत्या गर्नेका परिवारले पनि ५० हजार पाउँने तरुण खबर ८ आश्विन २०७८, शुक्रबार ०८:२२
भारतमा कोरोना संक्रमण पुष्टि भएको ३० दिनभित्रै आत्माहत्या गर्नेका परिवारले पनि ५० हजार पाउँने

काठमाडौं । भारतमा कोरोना भाइरुसको पुष्टि भएपछि गरिएको आत्महत्या गर्ने व्यक्तिका परिवारलाई पनि ५० हजार दिने भारत सरकारले जानकारी दिएको हिन्दुस्तान टाइम्सले लेखेको छ । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२३, सेप्टेम्बर) मा १६ लाख १२ हजार ७३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

२२, सेप्टेम्बरमा १७ लाख १८ हजार ५६५ जनाको नमुना परीक्षण गर्दा ३१ हजार ९५७ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२३, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट ३१९ जनाको निधन भएको छ । २२, सेप्टेम्बरमा कारोना भाइरसको संक्रमणबाट २७९ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असोज ८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३५ लाख ९३ हजार ४९२ जना छन् । २०७८, असोज ८ गतेसम्ममा भारतले ५५ करोड ८३ लाख ६७ हजार १३ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, असोज ८ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड २८ लाख ४० हजार ७२४ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ६ हजार ३६९ जना छन् । पछिल्लो २४ घण्टा (बिहीबार) मा ३२ हजार ५४९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, असोज ८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ४६ हजार ३९९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।