भारतमा कुल कोरोना संक्रमितमध्ये ४ लाख ४६ हजार ६९० जनाको निधन

भारतमा कुल कोरोना संक्रमितमध्ये ४ लाख ४६ हजार ६९० जनाको निधन तरुण खबर ९ आश्विन २०७८, शनिबार ०९:५९
भारतमा कुल कोरोना संक्रमितमध्ये ४ लाख ४६ हजार ६९० जनाको निधन

काठमाडौं । भारतमा कोरोना भाइरुसको पुष्टि भएपछि गरिएको आत्महत्य गर्ने व्यक्तिका परिवारलाई पनि ५० हजार दिने भारत सरकारले जानकारी दिएको हिन्दुस्ता टाइम्सले लेखेको छ । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२४, सेप्टेम्बर) मा १५ लाख ६५ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २९ हजार ५८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २३, सेप्टेम्बरमा १६ लाख १२ हजार ७३१ जनाको नमुना परीक्षण गर्दा ३१ हजार ४५८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२४, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट २९१ जनाको निधन भएको छ । २३, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट ३१९ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असोज ९ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३६ लाख २३ हजार ७२ जना छन् । २०७८, असोज ९ गतेसम्ममा भारतले ५५ करोड ९९ लाख ३२ हजार ७०९ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, असोज ९ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड २८ लाख ६८ हजार ७७२ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ७ हजार ६१० जना छन् । पछिल्लो २४ घण्टा (शुक्रबार) मा २८ हजार ४८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, असोज ९ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ४६ हजार ६९० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।