विश्वमा कुल संक्रमितको संख्या २३ करोड २२ लाख ४८ हजारभन्दा बढी

विश्वमा कुल संक्रमितको संख्या २३ करोड २२ लाख ४८ हजारभन्दा बढी तरुण खबर १० आश्विन २०७८, आईतवार ०९:५१
विश्वमा कुल संक्रमितको संख्या २३ करोड २२ लाख ४८ हजारभन्दा बढी

काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (२५, सेप्टेम्बर) मा ६ लाख ८१ हजार ४८५ जनाको नमुना परीक्षण गर्दा ५४ हजार ११४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २४, सेप्टेम्बरमा २१ लाख ३९ हजार २०५ जनाको नमुना परीक्षण गर्दा १ लाख ३१ हजार ९३८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२५, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट ७६५ जनाको मृत्यु भएको छ । २४, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट दुई हजार ४ जनाको मृत्यु भएको थियो ।

२०७८, असोज १० गते आइतबार बिहान ७.०० बजेसम्ममा ४ करोड ३७ लाख २५ हजार ६०४ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये आइतबार बिहान ७.०० बजेसम्ममा ३ करोड ३१ लाख ६२ हजार ४४ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असोज १० गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९८ लाख ५७ हजार ५०२ जना छन् ।

नेपाली समय अनुसार असोज १० गते आइतबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ६३ करोड १८ लाख ३८ हजार ९२० जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब ३० करोड ३ लाख ८९ हजार ६३९ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब ३० करोड ३ लाख ८९ हजार ६३९ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असोज १० गते आइतबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ७ लाख ६ हजार ५८ जनाको मृत्यु भैसकेको छ ।

असोज १० गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २३ करोड २२ लाख ४८ हजार ६९८ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ लाख ५६ हजार ५२८ जना छन् ।