भारतको महाराष्ट्र सरकार १८ महिनादेखि बन्द रहेका सिनेमाघर खुलाइने

भारतको महाराष्ट्र सरकार १८ महिनादेखि बन्द रहेका सिनेमाघर खुलाइने तरुण खबर १० आश्विन २०७८, आईतवार ०९:५३
भारतको महाराष्ट्र सरकार १८ महिनादेखि बन्द रहेका सिनेमाघर खुलाइने

काठमाडौं । भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले हिजो शनिबार घोषणा गरेका छन् कि २२, अक्टोबरदेखि सिनेमाघर र थियटर पनि खुल्ने छन् । कोरोना भाइरसको संक्रमणका कारण १८ महिनादेखि सिनेमाघर र थियटर बन्द थिए । ४, अक्टोबरदेखि स्कूल, कलेज खुल्ने छन् । बलीउड र मराठी फिल्म उद्योगका रोहित शेट्टी, कुणाल कपूर, मकरन्द देशपाण्डे, सुबोध भावे, आदेश बाँदेकरलगायत कलाकारहरुले लामो समयदेखि यही माग गरेका थिए । यसअघि धार्मिक मठ–मन्दिर खुलिसकेका छन् । दशहराको नवरात्रि भव्य रुपमा मनाउँन महाराष्ट्र सरकारले अनुमति दिएको छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२५, सेप्टेम्बर) मा १७ लाख २८ हजार ६७४ जनाको नमुना परीक्षण गर्दा २८ हजार १४९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २४, सेप्टेम्बरमा १५ लाख ६५ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २९ हजार ५८० जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२५, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट २५८ जनाको निधन भएको छ । २४, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट २९१ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असोज १० गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३६ लाख ५१ हजार २२१ जना छन् ।

२०७८, असोज १० गतेसम्ममा भारतले ५६ करोड १६ लाख ६१ हजार ३८३ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, असोज १० गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड २८ लाख ९४ हजार ७६२ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ९ हजार ५११ जना छन् । पछिल्लो २४ घण्टा (शनिबार) मा २५ हजार ९९० जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, असोज १० गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ४६ हजार ९४८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।