भारतमा कुल संक्रमितको संख्या ३ करोड ३९ लाख ८४ हजार ४७९ जना

भारतमा कुल संक्रमितको संख्या ३ करोड ३९ लाख ८४ हजार ४७९ जना तरुण खबर २६ आश्विन २०७८, मंगलवार १६:१२
भारतमा कुल संक्रमितको संख्या ३ करोड ३९ लाख ८४ हजार ४७९ जना

काठमाडौं । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (११, अक्टोबर) मा १० लाख ३५ हजार ७९७ जनाको नमुना परीक्षण गर्दा १३ हजार १८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १०, अक्टोबरमा १२ लाख ८२ हजार २१२ जनाको नमुना परीक्षण गर्दा १९ हजार १८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (११, अक्टोबर) मा कोरोना भाइरसको संक्रमणबाट १७७ जनाको निधन भएको छ । १०, अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असोज २६ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३९ लाख ८४ हजार ४७९ जना छन् । २०७८, असोज २६ गते बिहानसम्ममा भारतले ५८ करोड ३६ लाख ३१ हजार ४९० जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, असोज २६ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ३३ लाख १२ हजार ४५१ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या २ लाख २१ हजार ३७ जना छन् । पछिल्लो २४ घण्टा (सोमबार) मा २६ हजार ५७२ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, असोज २६ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ५० हजार ९९१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।