अमेरिकामा कुल संक्रमितमध्ये ७ लाख ३७ हजार ५७९ जनाभन्दा बढीको मृत्यु

अमेरिकामा कुल संक्रमितमध्ये ७ लाख ३७ हजार ५७९ जनाभन्दा बढीको मृत्यु तरुण खबर २७ आश्विन २०७८, बुधबार ०९:०७
अमेरिकामा कुल संक्रमितमध्ये ७ लाख ३७ हजार ५७९ जनाभन्दा बढीको मृत्यु

काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (१२, अक्टोबर) मा २२ लाख ५८ हजार ८३८ जनाको नमुना परीक्षण गर्दा ८३ हजार ९०९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ११, अक्टोबरमा २५ लाख ४९ हजार ६०६ जनाको नमुना परीक्षण गर्दा ६२ हजार २६२ जना केरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१२, अक्टोबर) मा कोरोना भाइरसको संक्रमणबाट १४ सय ७६ जनाको मृत्यु भएको छ । ११, अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट ६०१ जनाको मृत्यु भएको थियो ।

२०७८, असोज २७ गते बुधबार बिहान ७.३० बजेसम्ममा ४ करोड ५४ लाख ३० हजार ५८ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बुधबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४९ लाख ९७ हजार १६२ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असोज २७ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९६ लाख ९५ हजार ३१७ जना छन् ।

नेपाली समय अनुसार असोज २७ गते बुधबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ६६ करोड २२ लाख २२ हजार ३४४ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब ३३ करोड ७ लाख ७३ हजार ६३ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब ३३ करोड ७ लाख ७३ हजार ६३ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असोज २७ गते बुधबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ७ लाख ३७ हजार ५७९ जनाको मृत्यु भैसकेको छ ।

असोज २७ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २३ करोड ९४ लाख ४७ हजार १७० जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ लाख ८० हजार ७५८ जना छन् ।