भारतले २ वर्षदेखि १८ वर्षसम्मका लागि खोप परीक्षण सक्यो, अन्तिम निर्णय गर्न बाँकी

भारतले २ वर्षदेखि १८ वर्षसम्मका लागि खोप परीक्षण सक्यो, अन्तिम निर्णय गर्न बाँकी तरुण खबर २७ आश्विन २०७८, बुधबार ०९:०८
भारतले २ वर्षदेखि १८ वर्षसम्मका लागि खोप परीक्षण सक्यो, अन्तिम निर्णय गर्न बाँकी

काठमाडौं । भारतले संसालाई खुशीको खबर दिदैछ । हिजो मंगलबार बिहानै भारत बायोटेकले निर्माण गरेको कोरोनाभाइरस विरुद्धको कोभ्याक्सिन २ वर्षदेखि १८ वर्षसम्मका उत्पादनको स्वीकृति पाएको छ । भारतको कोभिड–१९ को खोप स्वीकृतिका लागि गठित विशेषज्ञ समितिले यो स्वीकृति दिएको हो । केन्द्रीय स्वास्थ्य राज्य मन्त्री भारती प्रवीण पवारका अनुसार साना बालबालिकाको कोभिड–१९ खोप (भ्याक्सिन) दिन अन्तिम निर्णय आउँन बाँकी छ– हिन्दुस्तान टाइम्सले लेखेको छ । यद्यपी क्लिनिकल डेटा ट्रायल्सको रिपोर्टका अनुसार सेन्ट्रल ड्रग्स स्टैंडर्ड कन्ट्रोल अर्गनाइजेशनका विशेषज्ञहरुले सकारात्क संकेत दिइसकेको छ । हैदराबादस्थित भारत बायोटेकले २ वर्षदेखि १८ वर्षसम्मका तीन चरणको परीक्षण सफलतापूर्व सम्पन्न गरेको छ । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१२, अक्टोबर) मा १४ लाख ६ हजार ५५३ जनाको नमुना परीक्षण गर्दा १६ हजार २१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ११, अक्टोबरमा १० लाख ३५ हजार ७९७ जनाको नमुना परीक्षण गर्दा १३ हजार १८६ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१२, अक्टोबर) मा कोरोना भाइरसको संक्रमणबाट २२९ जनाको निधन भएको छ । ११, अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट १७७ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असोज २७ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४० लाख ५०० जना छन् । २०७८, असोज २७ गते बिहानसम्ममा भारतले ५८ करोड ५० लाख ३८ हजार ४३ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, असोज २७ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ३३ लाख ३५ हजार ३०१ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या २ लाख २१ हजार ३७ जना छन् । पछिल्लो २४ घण्टा (मंगलबार) मा २२ हजार ८५० जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, असोज २७ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ५१ हजार २२० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।