भारतमा कुल संक्रमितमध्ये ४ लाख ५२ हजार ४८५ जनाको निधन

भारतमा कुल संक्रमितमध्ये ४ लाख ५२ हजार ४८५ जनाको निधन तरुण खबर २ कार्तिक २०७८, मंगलवार १२:५६
भारतमा कुल संक्रमितमध्ये ४ लाख ५२ हजार ४८५ जनाको निधन

काठमाडौं । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१८, अक्टोबर) मा ९ लाख ८९ हजार ४९३ जनाको परीक्षण गर्दा १२ हजार ३३८ जना कोरोना भाइरसका संक्रमित भएका छन् । १७, अक्टोबरमा ११ लाख १२३ जनाको नमुना परीक्षण गर्दा १४ हजार २८९ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१८, अक्टोबर) मा कोरोना भाइरसको संक्रमणबाट १६४ जनाको निधन भएको छ । १७, अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट १६५ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार कात्तिक २ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४० लाख ९३ हजार ३८७ जना छन् । २०७८, कात्तिक २ गते बिहानसम्ममा भारतले ५९ करोड १९ लाख २४ हजार ८७४ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, कात्तिक २ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ३४ लाख ५१ हजार १७० जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ८९ हजार ७३२ जना छन् । पछिल्लो २४ घण्टा (सोमबार) मा १९ हजार ४५४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, कात्तिक २ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ५२ हजार ४८५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।