अमेरिकामा परिक्षण दर घट्यो, संक्रमित पनि घटे

अमेरिकामा परिक्षण दर घट्यो, संक्रमित पनि घटे तरुण खबर ८ कार्तिक २०७८, सोमबार ११:४८
अमेरिकामा परिक्षण दर घट्यो, संक्रमित पनि घटे

काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (२४, अक्टोबर) मा ३ लाख ७७ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा १७ हजार ५८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २३, अक्टोबरमा ४ लाख ७४ हजार ९६२ जनाको नमुना परीक्षण गर्दा २९ हजार ६३५ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२४, अक्टोबर) मा कोरोना भाइरसको संक्रमणबाट १५७ जनाको मृत्यु भएको छ । २३, अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट ४८४ जनाको मृत्यु भएको थियो ।

२०७८, कात्तिक ८ गते सोमबार बिहान ७.३० बजेसम्ममा ४ करोड ६३ लाख १२ हजार ७८२ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा ३ करोड ६० लाख ५२ हजार ६१४ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार कात्तिक ८ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९५ लाख ३ हजार ८०६ जना छन् ।

नेपाली समय अनुसार कात्तिक ८ गते सोमबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ६७ करोड ९९ लाख ५८ हजार ५३७ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब ३४ करोड ८५ लाख ९ हजार २५६ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब ३४ करोड ८५ लाख ९ हजार २५६ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट कात्तिक ८ गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ७ लाख ५६ हजार ३६२ जनाको मृत्यु भैसकेको छ ।

कात्तिक ८ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २४ करोड ४४ लाख २४ हजार ३८१ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ लाख ६३ हजार ६६६ जना छन् ।