कुनै बेला विराटनगर जूट मिल्स्ले प्रशिद्धि पाएको विराटनगर नेपालकै ठूलो औद्योगिक क्षेत्र थियो । अहिले त विराटनगर जूट मिल्स् धरासाही भएको छ । वि.सं. १९९३ सालमा कम्पनी कानून लागु भएपछि सोही वर्ष विराटनगर क्षेत्रमा जूट मिल्स् स्थापना भएको हो । नेपालको राजनीतिक जागरणमा जूट मिल्स्को महत्वपूर्ण योगदान छ । उतिबेला मोरङ, झापा र सुनसरी एकै क्षेत्र मानिन्थ्यो । महेन्द्र राजमार्गबाट झापा प्रवेश गर्दा सर्वप्रथम दमक नगरपालिका प्रवेश गरिन्छ । २०२९ सालतिर दमक स्वास्थ्य चौकी स्थापना गरिएको थियो । युवा व्यवसायी तथा समाजसेवीको नाम हो प्रताप कार्की । मोरङको उर्लाबारीमा जन्मिएका सामाजिक काममा सधैं दत्तचित्त भएर लाग्ने कार्की अरुको दुःखलाई पनि आफ्नै जस्तो ठानेर सहयोगी हात पैmलाउँदै आएका छन् । अहिले उनले झापाको दमकमा भृकुटी अस्पताल अस्पताल निर्माण गरिरहेका छन् । स्वास्थ्यसँग सम्बन्धित विषयमा केन्द्रित रहेर युवा उद्यमी कार्कीसँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंश ः
भृकुटी अस्पताल कुन ठाउँमा निर्माण गर्दै हुनुहुन्छ ?
भृकुटी अस्पताल झापा जिल्लाको कमल गाउँपालिका वडा नं. ५ स्थित आदिवासी रंगशाला नजिक निर्माण भइरहेको छ । कमल गाउँपालिकाको २०६८ सालको जनसंख्या ४४ हजार ३६५ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा शिवसताक्षी नगरपालिका, पश्चिममा दमक नगरपालिका, उत्तरमा इलाम जिल्ला तथा दक्षिणमा गौरादह नगरपालिकासम्म फैलिएको छ । प्रदेश १ का नागरिक र विशेष गरी दमक नगरपालिकाका नागरिकहरु नै हाम्रा मुख्य ग्राहक हुन् ।
कति लागतमा निर्माण कार्य थाल्नुभएको छ ?
यस अस्पतालको एक अर्ब हाराहारी लागतमा निर्माण सम्पन्न गर्ने योजना रहेको छ । यो अस्पताल पूर्वी क्षेत्रकै ठूलो, सुविधा सम्पन्न र अत्याधुनिक भौतिक संरचनासहित निर्माणाधिन छ । अहिले भृकुटी अस्पतालको भवन निर्माण कार्य तीब्र रुपमा भइरहेको छ । भृकुटी अस्पताल निजी क्षेत्रकै गरिब–निमुखामैत्री भौतिक संरचना निर्माण गर्न लागिएको छ ।
भृकुटी अस्पताल कति क्षेत्रफलमा नर्माण गर्न लग्नुभएको हो ?
निर्माणाधिन भृकृटी अस्पताल तीन बिगाह क्षेत्रफलमा निर्माण भइरहेको छ । सुरुमा तीन बिगाह क्षेत्रफलमा भौतिक संरचना निर्माण गर्न लागिएको छ । पछि आवश्यकता अनुसार बढाउँदै लागने योजना छ ।
भृकृटी अस्पताल एक अर्ब लागत बनिरहेको भवन तीन बिगाह क्षेत्रफलमा निर्माण भइरहेको छ । सुरुमा तीन बिगाह क्षेत्रफलमा भौतिक संरचना निर्माण गर्न लागिएको छ भने पछि आवश्यकता अनुसार बढाउँदै लागने योजना छ ।
कहिलेबाट सेवा सुचारु गर्नुहुन्छ ?
सकेसम्म २०८९ सालको शुरुबाटै सेवा थाल्ने विचारमा छु । ढिलोमा २०८९ सालको दशैं भृकुटी अस्पतालले सेवा दिने कार्ययोजना रहेको छ । त्यसको लागि डटेर लागिपरेको छु । आधुनिक मेसिन औजारबाट काम भइरहेकाले निर्माण कार्य छिट्टै सम्पन्न हुने अनुमान छ ।
अस्पतालको भवन कति तल्लासम्मको हुने छ ?
भृकुटी अस्पतालको भवन साढे ६ तल्लासम्मको बन्नेछ । गत साउनबाट निर्माण कार्य थालिएको भवनको अहिले जग (फाउण्डेशन)को डिपीसीको काम धमाधम भइरहेको छ । निर्माण कार्यमा ठेकेदार कम्पनी अहोरात्र भएर खटिरहेका छन् ।
अरु अस्पताल भन्दा फरक सुविधाहरु के के हुन्छन् ?
अस्पतालको भौतिक संरचनाहरु अपांगता, दृष्टिविहीन र जेष्ठ नागरिकमैत्री हुनेछ । अस्पतालको भवन निर्माण सरकारले तोकेकै मापदण्ड अनुसार हुनेछ । भृकुटी अस्तालको मूल उद्देश्य भनेकै असाहय नागरिकलाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्योपचार सेवा दिने हो ।
कति शैयाबाट सेवा सुरु गर्नुहुन्छ ?
सुरुमा १ सय शैयाबाट स्वास्थ्य सेवा दिन थाल्ने छौं । भविष्यमा बढाएर ५ सय शैया पु-याउने योजना छ । आउँदो दशैं अगाडिबाटै एक सय शैयाबाट स्वास्थ्य सेवा दिन शुरु हुन्छ ।
चिकित्सकलगायत आवश्यक जनशक्ति कसरी जुटाउनुहुन्छ ?
निर्माणधिन भृकुटी अस्पतालको लागि चिकित्सकलगायत आवश्यक जनशक्ति तय भइसकेको छ । अहिले आवश्यक उपकरण खरिदसम्बन्धी काम भइरहेको छ । अस्पतालको सेवा अत्याधुनिक, सुविधायुक्त र गुणस्तरीय हुने छ । आवश्यक चिकित्सक र अन्य जनशक्ति स्वदेशी नै रहने छन् ।
अस्पतालमा कुन बैंकको वित्तीय लगानी रहेको छ ?
यस अस्पतालमा मुख्य वित्तीय लगानी कुमारी बैंक लिमिटडलेको रहेको छ । कुमारी बैंक लिमिटेड मुख्य वित्तीय लगानीकर्ता भएकाले हामीलाई अस्पताल निर्माणमा आर्थिक समस्या छैन । साथै उपचारमा आवश्यक सामाग्री खरिदमा पनि त्यत्तिकै सहयोग रहनेछ । अस्पतालको ल्याब, एमआरआई, सिटीस्क्यान, ईसीजी, इको, लगायतका सम्पूर्ण उपकरण अत्याधुनिक र नयाँ प्रविधिमा आधारित राख्ने निर्णय गरिएको छ ।
नेपालको कुन क्षेत्रलाई लक्षित गरेर अस्पताल निर्माण गर्न लाग्नुभएको हो ?
अस्पताल भन्ने कुरा कुनै ठाउँविशेष र क्षेत्र लक्षित मात्रै त हुँदैन । विशेष गरी पूर्वी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सुंखवासभा, भोजपुर, खोटाङ, झापा, मोरङ, सुनसरीलगायतका जिल्लालाई लक्षित गरेर भृकुटी अस्पताल निर्माण गर्न लागिएको हो । अस्पतालले यस क्षेत्रका बिरामीलाई प्रत्यक्ष र सर्वसुलभ तरिकाले सेवा दिने योजना लिएको छ । उपचार सेवा मुलतः विपन्न र असहाय वर्गलाई सुलभ मूल्यमा सेवा दिने लक्ष्य अस्पतालको छ । अर्को महत्वपूर्ण कुरा, सरकारले देशैभर चलाएको स्वास्थ्य बीमाका कार्यक्रमसँग समन्वय गर्ने काम अस्पताल गरिरहेको छ । स्वास्थ्य बीमित बिरामी पर्दा उनीहरुको उपचार पूर्ण सेवासहित अस्पतालबाट हुने व्यवस्था मिलाइएको छ । त्यसैमेसोमा सरकारले चलाएको निमुखा र गरिबीको रेखामुनि रहेका नागरिकले सहज, सरल र छिटो छरितो रुपमा भरपर्दो उपचार भृकुटीबाट पाउनेछन् । बीमा नगरेका गैरबीमितहरुलाई टिकटदेखि हरेक उपचार सरकारी मूल्यमा दिने अस्पतालको अर्को महत्वपूर्ण कार्यक्रम रहेको छ । छिमेकीबाहेकका जिल्लाहरुमा समेत बिरामी लिन जाने र सहज रुपमा ल्याउन सकिने गरी अस्पतालले एम्बुलेन्स र आवश्यक सवारी साधनको व्यवस्था मिलाउने छ । यस अस्पतालको निर्माण सम्पन्न भएपछि एकै ठाउँमा चाहेजस्तो र सस्तो मूल्यमा पूर्वी नेपालका जनताले सेवा पाउने छन् ।
सुरुमा कुन कुन सेवा लिएर अस्पताल सञ्चालन गर्नुहुन्छ ?
मेडिसिन, अर्थोपेडिक, सर्जरी, रेडियोलोजी, प्याथोलजी, इमजेन्सी, बालरोग, गाइनो, डेन्टल अर्को डाइलासिस, थेरापीलगायतका सेवाबाट सुरु गर्ने छौं । त्यसपछि आवश्यकता अनुसार अन्य सेवाहरु थप गर्दै जाने छौं ।
अहिले एकदमै प्रतिस्पर्धाको जमाना छ, सरकारी मूल्यमा सुविधासम्पन्न सेवा पोसाउँछ त ?
यो एरियामा यत्तिको सुविधासम्पन्न अस्पताल अहिलेसम्म छैन । खासमा भन्ने हो भने यो दुई वर्षदेखि कोभिडको कारणले मानिसहरु सुविधा सम्पन्न अस्पतालको अभाव र पैसाको कारणले धेरै प्रताडित भए । कोरोना कहरका बेला मानिससँग पैसा भएर पनि सुविधासम्पन्न अस्पतालको अभावमा धेरैले ज्यान गुमाउनुप¥यो । कत्तिले पैसा हुँदाहुँदै पनि आधुनिक अस्पतालको अभावमा अकालमा ज्यान गुमाउन वाध्य भए । कतिले बाटोघाटोदेखि भौतिपूर्वाधारको विकास नभइसकेकाले समयमा उपचार हुनबाट बञ्चित हुनुपरेको छ । यिनै विषयलाई मध्येनजर गरेर अहिलेको आवश्यकता अनुसार आधुनिक उपकरणसहित सुविधासम्पन्न अस्पताल निर्माण गर्न लागिएको हो ।
त्यसोभए भृकुटी अस्पतालमा अप्रेसनसम्का सबै सेवाहरु उपलब्ध हुन्छन् ?
हो, यस अस्पतालमा स्त्रीरोग, हाडजोर्नी, छाला, आँखा, अर्बुदरोगदेखि अप्रेसनसम्मका सबै सेवा, सुविधाहरु उपलब्ध हुन्छन्। जसमा पैसाको कारण उपचारै गर्न नपाएर अकाल कसैले ज्यान गुमाउनु नपरोस् भनेर यो अस्पतालको परिकल्पना गरिएको हो । यहाँ पैसा नहुनेहरुको लागि पनि उपचारको विशेष व्यवस्था गरिने छ । त्यसको लागि अस्पतालको सहयोग र डोनरको व्यवस्था गरेर पनि गरीवहरुको उपचार गरिने छ ।
त्यसोभए काठमाडौंको सुविधासम्पन्न अस्पताल सरहको स्वास्थ्य सेवा झापाबाटै दिनुहुन्छ ?
हो, हामी काठमाडौंका सुविधासम्पन्न अस्पतालले दिने सेवा अब दमकको अस्पतालबाटै दिन्छौं । उहाँहरुलाई पूर्वको इलामदेखि काठमाडौंसम्म जाने खर्चबाट यहीं उपचार गर्ने व्यवस्था हुन्छ । गरीव, दुःखीको लागि विशेष व्यवस्था मिलाइने छ । जसको कारण पैसा नभएकै कारण विरामीले उपचारबाट बञ्चित हुनुनपरोस् भन्ने हाम्रो उद्देश्य हो ।
पूर्वी पहाडी जिल्लाका नागरिकलाई हिजो जुनखालको दुःख थियो त्यसबाट छुट्कारा दिनुहुन्छ ?
हिजो जसरी पहाडमा बाटोघाटोदेखि दुरीका कारण अकालमा मानिसले ज्यान गुमाउनु परेको थियो । अब मानिसले उपचारै नपाएर अकालमा ज्यान गुमाउनु पर्दैन । त्यस्ता नागरिकको लागि सकेसम्म कमभन्दा कम खर्चमा उपचार गर्ने व्यवस्था मिलाउने छौं । अब यहाँका नागरिकहरुको पत्थरी, पिसाब, नसा, बाथ, गाइनो, हड्डी फ्याक्चर भएको, ठोकिएको, भाँचिएकोलगायत समस्याको उपचार यहींबाट हुन्छ । बिरामीले उपचारका लागि लाखौं खर्च गरेर काठमाडौं, भारत जानु पर्दैन । यसको सुविधासम्पन्न अत्याधुनिक उपकरणद्वारा हामी उपचार गर्छौं ।
थप सेवाको व्यवस्था चाहीं कहिलेसम्ममा गर्नुहुन्छ ?
पहिला हामीले जति सेवा थाल्ने छौं । त्यसबाट केकति आवश्यक हुन्छ । त्यसको आधारमा हामी सेवा, सुविधालाई बढाउँदै जान्छौं । थप उपकरण र सेवा भन्ने विषय आवश्यकतामा भरपर्छ । पहिला त सेवा थाल्नु ठूलो कुरा हो । त्यसपछि आयस्रोतसँगै सेवा, सुविधाहरु थपिँदै जान्छन् ।
यसअघि पनि तपाईंले अस्पताल सञ्चालन गर्नुभएको थियो ?
अस्पतालसँग सम्बन्धित काममा म जानकार नै हो । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको हो । तर, अस्पताल नै खोल्ने काम चाहीं यो पहिलो हो । अस्पतालसँग सम्बन्धित काम त योभन्दा पहिलादेखि गर्दै आएको हो । त्यसैले नै मलाई यो क्षेत्रमा आउन मन लागेको हो ।
हामी काठमाडौंका सुविधासम्पन्न अस्पतालले दिने सेवा अब झापाको दमकको भृकुटी अस्पतालबाटै दिन्छौं । उहाँहरुलाई पूर्वको इलामदेखि काठमाडौंसम्म जाने खर्चबाट यहीं उपचार गर्ने व्यवस्था हुन्छ ।
सुरुमा कुनकुन सेवा लिएर अगाडि आउनुहुन्छ ?
यो अस्पताल सञ्चालन सुरु गर्दा हामी मेडिसिन, अर्थोपेडिक, सर्जरी, न्यूरोसर्जरी, रेडियोलोजी, प्याथोलोजी, इमेर्जेन्सी, बालरोग, स्त्रीरोग, डेन्टललगायतका उपचारहरु हुन्छन् । त्योसँगै अहिले मृगौला रोगीहरु धेरै भएकाले डाइलासिसको काम पनि थाल्नेछौं । डाइलासिस भएपछि थेरापी पनि आवश्यक हुन्छ । त्यो सेवा पनि हामी दिने छौं । यसरी सुरुमा यिनै आठ, दशवटा सुविधाहरु लिएर सेवामा हाजिर हुनेछौं । अनि प्यासेन्टको आवश्यकता अनुसार सेवा, सुविधाहरु थप्दै जान्छौं । अहिले चाहीं मानिसमा एकदमै खड्किएका सेवाहरु लिएर आउने छौं ।
तपार्इंंले भनेजस्तो सुविधा दिँदा निजी अस्पताल चल्छ त ?
यो क्षेत्रमा अहिलेसम्म सुविधासम्पन्न अस्पताल छैन । हामीले त्यसलाई पनि मध्यनजर गरेर यो अस्पतालको अवधारण ल्याएका छौं । यो दुई वर्ष हाराहारी कोभिडको समस्याले मानिसले आपूmसँग पैसा भएर पनि भनेजस्तो स्वास्थ्य सेवा नपाएर छटपटाउनुप¥यो । त्यसमा पैसादेखि बाटोघाटो, दक्षजनशक्ति अभावले मान्छेहरु धेरै प्रताडित हुनुप¥यो । त्यसलाई पनि निवारण गर्ने गरी अगाडि बढेकाले हामीले चलाउन सक्छौं भन्ने आशामा छौं ।
कोशी अञ्चल अस्पताल भन्दा भृकुटी अस्पताल सुविधा सम्पन्न हुन्छ, हो ?
त्यसरी पहिलाका अस्पतालहरु पनि नराम्रो भन्न मिल्दैन । हामीले चाहीं अहिलेका आधुनिक मेसिन र प्रविधिबाट डाइग्नोसिस माध्यमबाट रोगहरु पत्ता लगाउन अरुले भन्दा फरक ढंगले गर्छौं भनेको हो । पछिल्लो समय आधुनिक मेसिनको माध्यमबाट रोग पत्तालगाउने र उपचार गर्ने बद्धति बढेको छ । त्यही खालको उपचार पद्धति अपनाउन लागेकाले हामीले अरुभन्दा फरक ढंगले सेवा दिन्छौं भनेको हो । त्यसमा अरुभन्दा सफल हुन्छौं भन्ने विश्वास छ । तर, अन्य अस्पतालको सेवा नराम्रो छ हाम्रो मात्रै राम्रो हो भन्ने खोजेको होइन । औजारबाट रोग पत्ता लगाउने हुनाले चाँडो सेवा सुविधा दिन सक्छौं भन्ने खोजिएको हो ।
नयाँ पद्धतिले सेवा दिन खोज्नुभएको हो ?
हो, मेसिनले रोग पत्ता लगाउने भएकाले चाँडोभन्दा चाँडो उपचार दिन सकिन्छ । कतिपय अस्पतालमा मान्छेको रोग पत्तालगाउँदै खर्च सकिइँसकेको हुन्छ । रोग पत्तालगाउँदैमा उपचार ढिला भइसकेको हुन्छ । हामीले चाँही अत्याधुनिक मेसिनको माध्यमबाट छिट्टै रोग पत्ता लगाएर उपचार गर्छौं भनेको हो ।
काठमाडौं छिरेपछि गाउँ फर्किँदैनन्, तपाईंले जन्म थलोलाई कार्य क्षेत्र बनाउने प्रेरणा कसरी पाउनुभयो ?
मेरो आमा मृगौला फेल भएर एकदमै विरामी हुनुहुन्थ्यो । उहाँको सधैं डाइलासिस गर्नुपथ्र्यो । त्यसबेला आमाको डाइलासिसको लागि धेरै भौतारिनुप¥यो । यसरी आमाको ४, ५ वर्षसम्म डाइलासिस गर्ने क्रममा धेरै दुःख पाइयो । आमालाई उपचार गर्ने क्रममा त्यहीं प्रकृतिका अन्य विरामीको पनि धेरै नाजुक अवस्था देखियो । आमाको उपचार गर्ने क्रममा अस्पताल सम्बन्धी धेरै जानकारी पनि भयो । त्यसबेला आपूmले देखे, भोगेका कुराहरु अरु दुःखमा परेकालाई सिकाउन सेवा दिन पाए हुन्थ्यो भन्ने लाग्यो । त्यसरी उपचारमा दुःख पाएकाहरुलाई आफैले अस्पताल खोलेर सहयोग गर्न पाए आत्मसन्तुष्टि हुन्छ भन्ने भयो । अर्को धेरै बिरामीहरुले आर्थिक अवस्थाका कारण उपचार नपाएर अकालमा ज्यान गुमाउनु परिरहेको छ । त्यो वर्गलाई पनि आफ्नो अस्पतालबाट सेवा दिन सकुयोस् भनेर पनि मैले अस्पताल सञ्चालन गर्न लागेको हुँ ।
तपाईंले आमाको उपचार गर्दा जसरी दुःख पाउनुभयो त्यो अरुले नपाउन भनेर अस्पताल खोल्नुभएको हो ?
हो, मैले आमाको उपचार गर्दा जसरी दुःख, कष्ट पाएँ । त्यो दुःख, कष्ट अरुले नपाउन्, पैसा नभएकै कारण नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ । आपूmले भोग, जानेका कुराहरु सेवा दिऊँ भनेरै मैले अस्पताल खोलेको हुँ । त्यसैले व्यापारमुखी भन्दा पनि सेवामुखी र गरिब–निमुखामैत्री भावनाले भृकृटी अस्पताल निर्माण गर्न लागिएको हो ।
कार्की भृकुटी अस्पतालका संस्थापक सञ्चालक हुन् ।