काँग्रेसको नेता एवं कार्यकर्ताको इच्छा अनुसार पोखरा महानगरको मेयर बन्ने छु

काँग्रेसको नेता एवं कार्यकर्ताको इच्छा अनुसार पोखरा महानगरको मेयर बन्ने छु गंगाधर पराजुली २ फाल्गुन २०७८, सोमबार ०८:२२
काँग्रेसको नेता एवं कार्यकर्ताको इच्छा अनुसार पोखरा महानगरको मेयर बन्ने छु

गंगाधर पराजुली, नेपाली काँग्रेस नेता एवं पत्रकार

कास्की जिल्लाको दक्षिणी सीमानामा पर्ने पोखरा बजार गण्डकी प्रदेशको राजधानी पनि हो । पोखरा अत्यन्तै सुन्दर ठाउँ हो । यहाँ प्रकृतिले दिल फुकाएर विभिन्न चित्ताकर्षक दृष्यहरु दिएकी छन् । पोखराबाट उत्तरतिर देखिने माछाप्रुछ«ेको अलौकिक सुन्दता र अन्नपूर्ण हिम श्रृंखलाका मनोरम दृष्यहरु एकातिर छन् । त्यस्तै, पोखरा उपत्यकाभित्र बजारको दक्षिणतिर फेवा ताल र बजारको बीचमा जमीनलाई सोझै चिरेर सयौं फिट तलबाट बगेको साँगुरो सेतो र गहिरो सेती गण्डकी नदी उत्तिकै आकर्षक छन् । पोखरामा २००९ सालमा हवाई सेवा शुरु भएको हो । २०२० सालसम्म पोखरा बजारमा जम्मा १२ वटा गाडी थिए,जसमध्ये चालु हालतमा चार पाँच ओटा मात्र थिए । पोखरा महानगर अहिले त नेपालको पर्यटनको केन्द्र बनेको छ । अति सम्भावना बोकेको पोखरा बजार गर्नु पर्ने काम धेरै छन् । एक एक किलोमिटरमा सार्वजनिक शौचालय, महानगरमा ठाउँ ठाउँमा द्वारहरु, सफासुग्घर सुन्दर पोखरा बनाउँनु पर्छ ।

नेविसंघ र पत्रकारिताबाट राजनीतिमा हात हालेका उदीमान नेता हुन् गंगाधर पराजुली । उनले शिक्षक हुँदै पत्रकारिता क्षेत्रमा लामो योगदान गरेका छन् । उनी नेपाल सरकारको यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष पनि हुन् । उनले नेपाल पत्रकार महासंघ उपाध्यक्ष, नेपाल प्रेस युनियन उपाध्यक्ष हुँदै विभिन्न सामाजिक संघसंस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । अहिले पत्रकारिता पेशा छाडेर विशुद्ध पार्टी राजनीतिमा आबद्ध छन् । पराजुलीले अबको गन्तव्य भनेकै पोखरा महानगरपालिकाको मेयर बन्नेतिर मोडिएको छ । यिनै समसामयिक विषयमा केन्द्रित रहेर पत्रकार गंगाधर पराजुलीसँग कालिका महतले गरेको कुराकानी सम्पादित अंश :

० पत्रकारिता क्षेत्रमा लामै समय बिताउनुभयो, पार्टी राजनीतिमा किन आकर्षित हुनुभयो ?
– नेपाली कांग्रेसको पार्टी राजनीतिमा म अहिले होमिन लागेको होइन । विद्यार्थीकालदेखि नै म पार्टी राजनीतिमै थिएँ । जब मैले शिक्षणा पेशा अलब्न गरेँ । त्यतिबेला म एउटा माध्यमिक विद्यालयमा पढाउथेँ । शिक्षण पेशामा हुँदा नै म पार्टीको झण्डा बोल्कपछि परिन । शिक्षक हुँदा नै म नेपाली कांग्रेसको राजनीतिमा लागि पर्दा मैले पढाउने विद्यालय प्रहरीद्वारा घेराउ हुन्थ्यो । त्यतिबेला नेपालमा निर्दलीय पञ्चायती शासन व्यवस्था थियो । पञ्चायती व्यवस्थाको समयमा मलाई शिक्षक भएर पार्टीमा लाग्ने भनेर प्रहरीले पक्राउ गरेर मलाई जेल हालिएको थियो । जब २०४६ सालमा चैत्र २६ गते नेपालमा बहुदलीय व्यवस्थाको घोषणा भयो । त्यसपछि पञ्चायती सरकारले हालेको जेलबाट म मुक्त हुन पुगेको थिएँ ।

यसपछि पढाउने पेशा छोडेर पत्रकारिता पेशातिर लागेँ । पत्रकारितामा तपार्इं हामीलगायत धेरै पत्रकार साथीहरुले सँगै यात्रा ग¥यौं । त्यसपछिको आन्दोलनहरुमा पटक–पटक पक्राउ परेँ । यसरी प्रजातन्त्रका लागि सधैं क्रियाशील रहेर काम गरेँ ।

० पत्रकारिता पेशामा हुँदा पनि पार्टी राजनीति नजिक रहेर काम गर्नुभयो अब विशुद्ध पार्टी राजनीतितिर होमिनुभएको हो कि ?
– तपाईंले उठाउनुभएको कुरा एकदमै ठीक हो । पछिल्लो समय मेरो पहिचान फेरिएको छ । त्यतिबेला नेपाल पत्रकार महासंघको उसभापति, नेपाल प्रेस युनियनको उपसभापति भएँ । राष्ट्र््िय समाचार समितिमा काम गरेँ । गोरखापत्र, कान्तिपुर टेलिभिजनलगायत धेरै सञ्चार क्षेत्रमा काम गरेँ । पोखरामा आफैले दैनिक पत्रिका, रेडियो चलाएँ । त्यसो भएर पहिला मेरो पत्रकार नै भनेर पहिचान थियो । अहिले त्यो पहिना बदलिएको छ । अब गंगाधर पराजुली नेपाली कांग्रेसको नेता हो भनेर चिन्दछन् । त्यसैले अब मैले पत्रकारिताको राजनीतिबाट बिश्राम लिएर पार्टीको मूलप्रवाहको राजनीतिमा होमिएको छु ।

० अब तपाईंको परिचय पत्रकारबाट नेपाली काँग्रेसको नेतामा बदलिएको छ, हो ?
– हो, हिजोका दिनमा मलाई पत्रकार भनेर चिन्थे भने अब नेपाली कांग्रेस युवा नेता भनेर साथीभाइहरुले चिन्न थाल्नुभएको छ । त्यसकारण मेरो पहिचान बदलिएको छ भन्ने लागेको छ । काम बदलिएपछि पहिचान पनि बदलिने नै भयो । तपाईंले भनेजस्तै अब नेपाली कांग्रेसको नेता हुँ ।

० महानगरपालिकाको मेयर लड्ने इच्छा तपाईंले गर्नुभएको कि पोखरावासीको चाहना हो ?
– त्यो मेरो इच्छा भन्दा पनि भूगोलको आवश्यकता, यहाँका नागरिकहरुको चाहना हो । जसरी कांग्रेसको १४औं महाधिवेशनमा मलाई धेरै साथीहरुले तपाईंले कुनै न कुनै जिम्मेवारी लिनुपर्छ भनेर आग्रह गर्नुभयो । त्यसमा कसैले महाधिवेशन लड्नुपर्छ भन्नुभयो । कसैले जिल्ला सभापति, कसैले उपसभापति, सचिव बन्नुपर्छ भनेर प्रस्तावहरु आए । म बीचमा पत्रकारिताको राजनीतिमा रहेँ । पार्टी राजनीतिको मूलप्रवाहमा भइँन । तर, मलाई फस्टम्यान भएर काम गर्ने इच्छा छ । त्यो कहाँबाट सुरु गरौं भन्ने भयो । त्यसमा पोखरा महानगरपालिका देशकै महत्वपूर्ण र ठूलो महानगरपालिका भएकाले त्यसको मेयर भएका काम सुरु गर्छु भन्ने लागेको छ । सेकेन्डमेन हुँदा आपूmले चाहेको काम गर्न सकिँदैन । त्यसैले मैले पोखरा महानगरको सभापतिमा उम्मेदवारी दिएँ । जहाँ १४ हजारभन्दा बढी क्रियाशील सदस्य थिए । पार्टीको विधान उनीहरुबाटै चुनिने व्यवस्था थियो । त्यसैको लागि होमिएको थिएँ । तर, पछि पार्टीले विधान परिवर्तन गरेर क्षेत्रीय प्रतिनिधिले मात्रै मत हाल्न पाउने बनाई दियो । अनि १४, १५ सय व्यक्ति मात्रै मताधिकारमा सहभागी भए । त्यसरी छानिएर आएका व्यक्तिहरु कुनै न कुनै पदमा जान चाहन्थे । उनीहरु कसैबाट गाइडेड भए । अनि यहाँका केही नेताहरु मेरो आगमनमा आरिस गर्ने खाले भए । त्यसकारण कास्कीका एक लेबलका नेताहरुले पनि मलाई सभापति जित्नबाट अबरोध सिर्जना गर्नुभयो । त्यसका बाबजुद पनि आमकार्यकर्ताले गंगा दाइ आउनुपर्छ भन्थे । त्यतिहुँदाहुँदै पनि थेरै मतका कारण म सभापति बन्न सकिँन ।

अहिले मलाई ती साथीहरुले अब तपाईं महानगरको मेयर बन्नुपर्छ भनेर लाग्नुभएको छ । त्यसबाट मेरो मनोबल बढाउने, माथि उठाउने काम भएको छ ।

० पोखरावासीको चाहना अनुसार तपाईं मेयर उठ्न खोज्नुभएको हो त ?
– नेपाली कांग्रेस राम्रो भइदिए हुन्थ्यो । यसमा राम्रो मान्छेले नेतृत्व गरिदिए हुन्थ्यो भनेर जसले चाहना राख्नुभएको छ, उहाँहरु सबैको मलाई साथ, सहयोग रहेको छ । उहाँहरुलाई म नमन गर्दछु । केही व्यक्तिहरुले आपूm अनुकूल आन्छे ल्याउन खोज्नुहुन्छ । फलानो आयो भने मेरो राजनीति सकिन्छ कि भनेर जसले सोच्नुभएको उहाँहरुले मात्रै मलाई रोक्न खोज्नु भएको छ । आम कार्यकर्ता, जनताले मलाई नै सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ । अहिले ती नेताहरुले पनि कुरा बुझिसक्नुभएको छ । हिजो जस्तो वातावरण थियो, अब मेरो विरुद्धमा हिजो जसरी केही साथीहरु लाग्नु भएको थियो । सायद् अब उहाँहरु पनि त्यसरी लाग्नुहुन्न कि भन्ने मलाई लागेको छ । पोखरा जस्तो धेरै जनसंख्या भएको पढेलेखका मान्छे बस्ने महानगरमा म भन्दा धेरै अनुभवी, योग्य, विचारवान, विसका प्रेमी व्यक्तिहरु हुनुहुन्छ होला । तर, अहिले पोखरा महानगरमा जसजसले कांग्रेसभित्र अथवा बाहिरबाट इच्छा देखाउनुभएको छ । ती व्यक्तिहरुलाई देखेपछि मलाई साथीहरुले तपाईं नै उठ्नुपर्छ । यहाँको भूगोलमा तपाईको आवश्यकता छ भनेर आग्रह गर्नुभएको छ । तपाईंसँग राजनीतिदेखि पत्रकारी, समाज, भूगोल, जानेको, बुझेको व्यक्ति हो भनेर मलाई उकास्दा उर्जा बढिरहेको छ ।

० त्यसोभए मेयर उठ्ने तयारीमा जुटिसक्नु भएको हो ?
– म प्रतिनिधि नहुँदा पनि हरेक वडा–वडा पुगेर जनताको सुखदुःखमा साथ दिने गरेको थिएँ । अहिले पनि गरिहेको छु । उहाँहरुले पनि मलाई बुझ्ने मौका दिइरहेको छु । गाउँवस्तीमा हुने हरेक समस्या समाधानका लागि लागिपरेको छु । टोलबस्तीमा कुनै गाह्रो साँघुरो पर्दा सकेको सहघाउने काम गरेको छु । उहाँहरुको समस्याको पहिचान गर्ने काम गरेको छु । उहाँहरुले मलाई यसपालि तपाईं आउनुपर्छ भन्नुभएको छ । मैले पनि उहाँहरुलाई तपाईंहरुले माया गर्नुभएको छ । अब पार्टीले निर्णय गर्नुप¥यो । पार्टीबाट निर्णय भएर टिकट फाइनल भएपछि म तपाईंहरुका घरदैलोमा आउछु भनेको छु । पार्टीले टिकट पक्का गरेपछि तपाईंहरुको इच्छा पनि पुरा हुन्छ । मैले मेयर बनेर तपाईंहरुको सेवा गर्ने मौका पनि पाउँछु भनेको छुृ ।

० नेपाली कांग्रेस नेताहरुबाट तपाईंलाई सहयोग हुन्छ त ?
– जसरी म पोखरा महानगरको कांग्रेस सभापतिमा थोरै मतअन्तरले पराजित भएँ । त्यसपछि मैले पनि एउटा मिसन सुरु गरेँ । मेरो घर कास्कीको क्षेत्र नं. ३ हो । त्यहाँ हामीले चाहेको उम्मेदवारलाई भारी मतका साथ जिताउन सक्छौं । त्यसैगरी जिल्ला सभापतिमा अग्रपंत्तिमा म पनि रहेँ । धेरै मतदाता साथीहरुले माया गर्नुभयो । परालजी सभापति बन्नुभयो भने उहाँलाई हाम्रो टिमले सहयोग गर्छ भन्नु भएको थियो साथीहरुले । अरु नेताहरु जसले मलाई असहयोग गर्नुभएको थियो । उहाँहरुले विजय प्राप्त गर्न सक्नुभएन । त्यसरी जिल्ला, क्षेत्र र महानगरकै सपभाति पनि मसँग प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँहरु सबैले मलाई तपाईं अगाडि बढ्नुहोस् भन्नुभएको छ । उहाँहरुले हिजो पार्टीको चुनावमा जेजस्तो भयो अब जो भएपनि हामी जिताउन लाग्छौं भन्नुभएको छ । यसरी सबैसँग राम्रो भएकाले पार्टीले पनि टिकट देला र साथीभाइबाट पनि साथसहयोग होला भन्ने लाग्छ ।

० कांग्रेसमा टिकट पाउन पावर र पैसाको खेल हुन्छ भनिन्छ नि ?
– पार्टीभित्र केही विकृतिविसंगती देखिएको छ । चुनावका बेला नोट र पहुँचका आधारमा टिकट वितरण गरिन्छ भन्ने सुनिन्छ । नातावाद, कृपावाद, दावव, प्रभावमा परेर टिकट दिइन्छ भन्ने पनि सुनेको छु । तर, हाम्रोमा त्यस्तो नहोला भन्ने अपेक्षा गरेको छु ।

० तपाईँले चाहीं चुनाव जित्न सक्ने आधार के त ?
– यहाँ साम्प्रदायिक हिसावले हेर्दा ब्राह्मण, क्षेत्रीको बाहुल्यता छ । उहाँहरुको भोट मलाई आउँछ । त्यसपछि ग्रामीण भेकमा जन्मिएको मान्छे हुँ, म त्यो पनि मलाई आउँछ । अर्को पत्रकारिता गरेर बजारका साथीहरुलाई धेरै सहयोग गरेकाले मलाई चुनाव जित्न सजिलो हुने आधार छ । अर्को मेरो बसोबास भएकाले मेरो जतिपनि नातागोता पोखरा महानगरपालिकाभित्रै हुनुहुन्छ । त्यो पनि मेरो चुनाव जित्ने अर्को महत्वपूर्ण आधार हो । अर्को मैले गरेका विभिन्न सामाजिक कामका कारण पनि धेरै साथीभाइहरुले मलाई सहयोग गर्नुहुन्छ ।

० पोखराको बिकासको लागि तत्काल गर्नुपर्ने विकासका कामहरु के के हुन् ?
– पोखरालाई गण्डकी प्रदेशको मात्र नभएर देशको पर्यटकीय र आर्थिक विकासको केन्द्र बनाउन सकिन्छ । त्यसको लागि सोही अनुरुपका पुर्वाधार आवश्यक छ । पोखराको निर्माणाधीन विमानस्थलको संचालनसंगै छिमेकी मुलुकमा सिधा हवाई सम्पर्क स्थापित गर्नुपर्छ । पोखरामा व्यवस्थित र आधुनिक बसपार्क बनाउनुपर्ने छ । पोखरामा रहेको सरकारी एवं सार्वजनिक जग्गाको संरक्षण र उपयोगका लागि प्रभावकारी नीति आवश्यक देखिन्छ । पोखराका मुख्य चोकहरुमा सार्वजनिक शौचालय चाहिन्छ । पोखराको लागि नयाँ ल्याण्ड फिल साइटको खोजी गर्नुपर्ने देखिन्छ । सरसफाई र सडक सुन्दरता एवं सुन्दर पार्क बनाएर ज्येष्ठ नागरिक, युवा र किशोर तथा बालबलिको लागि रमणीय स्थाल र पार्क आवश्यक देखिन्छ । शहरका विभिन्न ठाउँमा सूचना केन्द्र राखेर महानगरभित्रको सेव सुविधा र महत्वपूर्ण जानकारीहरु डिजिटल डिस्प्ले गर्नुपर्छ । ग्रामीण कृषिजन्य उपार्जनको लागि बजार सुनिश्चित गर्नुपर्ने जस्ता पुराना समस्या यथावत रहेको छ । यी र यस्तै काम गर्न सक्ने नेतृत्व चाहिएको अहिलेको आवश्यकता हो । महानगरको मेयर बनेर यावत काम गर्ने क्षमता मैले प्रदर्शन गर्न सक्छु भन्ने लागेको छ । यी विभिन्न कारणबाट मैले “नेपाली कांग्रेस अनि हामी सबैको अभिभारा, सन्तुष्ट पोखरेली, अनि आत्मनिर्भर पोखरा” भन्ने नारा अगाडि सारेको छु । पोखरालाई आंफैमा आत्मनिर्भर बनाउन सके र पोखरेलीलाई सन्तुष्ट पार्न सकेमा त्यो सबैको लागि जित हुने छ । यिनै लक्ष्य परिपूर्तिका लागि मतदाताको आकर्षण मप्रति जागेको हो । यिनै विषयहरुले मलाई चुनाव जित्न सहयोग पु¥याउने निश्चित छ ।