जनप्रतिनिधिले तलब, भत्ता लिनुहुँदैन

जनप्रतिनिधिले तलब, भत्ता लिनुहुँदैन तरुण खबर १८ फाल्गुन २०७८, बुधबार १२:१६
जनप्रतिनिधिले तलब, भत्ता लिनुहुँदैन

कुशकुमार ढकाल, वडा अध्यक्ष, वडा नं. २९, काठमाडौं महानगरपालिका

सधैं समाज सेवामा लागिपर्ने स्थापित नेता हुन् कुशकुमार ढकाल । काठमाडौमा जन्मिएका उनी काठमाडौं महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष हुन् । राजनीतिलाई सेवाभाव ठाउन्ने ढकाल इमानदार नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनी जनप्रतिनिधिले पार्टीभन्दा माथि उठेर विसुद्ध सेवाभावले जनताको काम गर्नुपर्ने ठान्दछन् । विकास निर्माण र नजिकिँदै गरेको स्थानीय चुनावसँग केन्द्रित रहेर अध्यक्ष ढकालसँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंं वडा अध्यक्ष भएको पाँच वर्ष हाराहारी भयो, के के काम गर्नुभयो ?
हाम्रो कार्यकाल लगभग टुंगिन लागेको छ । काठमाडौं महानगरपालिकाको वडा नं. २९ का वडावासीहरुको आवश्यकता अनुसार काम गर्दै आइएको छु । यस वडामा मैले चुनावी घोषणापत्र अनुसार काम गरेको छु । सकेसम्म नागरिकको काम यो पार्टी, ऊ पार्टी नभनी कुनै राजनीतिक आग्रह पूर्वाग्रह नराखी गरेको छु । चुनावमा जाँदा कुनै पार्टीबाट टिकट लिइएको हुन्छ । त्यहीं पार्टीको घोषणापत्र अनुसार लडिएको हुन्छ । तर, चुनाव जितिसकेपछि नागरिकको समान रुपले काम गर्नुपर्छ । म जब यस वडाको अध्यक्षमा निर्वाजित भएँ । त्यो दिनदेखि सबै वडावासीको अध्यक्ष भएर काम गर्दै आएको छु ।

तपाईंले त्यसो भनिरहँदा, जनताले त्यो कामको अनुभूति गरेका छन् त ?
हिजो २० वर्षसम्म जनप्रतिनिधि बिहीन हुँदा स्थानीय तह कर्मचारीको भरमा चल्दै आएको थियो । हामी जनप्रतिनिधिमा निर्वाचित भएपछि पहिलाको भन्दा धेरै कामहरु भएका छन् । तर, महानगरपालिकाको बजेट अनुसार हामीले काम गर्नको लागि जुन मेकानिजम बनाउनुपर्ने थियो । त्यो बनाउन नसक्नु हाम्रो कमजोरी हो । काम गर्न सहज मेकानिजम बनाउन पाउने अधिकार हामीलाई छैन । त्यसको लागि वडा अध्यक्षले बजेट बनाउन पाउनुपर्छ भन्ने आन्दोलनमा छौं । त्यसको परिपूर्तिको लागि अहिले पनि दत्तचित्त भएर अगाडि बढिरहेका छौं । यो महानगरको महत्वपूर्ण वडा तापनि काम गर्न थुप्रै चुनौतिहरु थिए । शिक्षा, स्वास्थ्य, खानेपानी, ढलनिकास, सरसफाइ लगायतका समस्याहरु हामी सामु विद्यमान थिए । त्यति हुँदाहुँदै पनि हामीहरु केही सुधारका काम गर्न सफल भएका छौं । भलै जनताको इच्छाअनुसार काम भएन होला । अहिले नागरिकहरुको महत्वकांक्षा पनि ह्वात्तै बढेको छ । त्यो अनुसारको मेकानिजम, सधान, स्रोत हामीसँ गछैन ।

त्यो एकदमै परम्परागत जस्तो भयो । युग सुहाउँदो काम गर्न सकिएको छैन । जनताको काम छिटो, छरितो ढंगले भएको छैन । खाली पुरानो ढर्राले काम भइरहेको छ ।

के भइदिएदेखि अझ राम्रो काम गर्नेथिएँ जस्तो लाग्छ ?
त्यसमा दुईवटा कुरा छन् । पहिलो त यो महानगरपालिकामा जतिवटा वडा कार्यालयहरु छन् । त्यसलाई आधा घटाउनुपर्छ । दोस्रो सदस्यहरुको पद हटाइदिए पनि हुन्छ । त्यसलाई आवश्यकता अनुसार मनोनित गरेपनि हुन्छ । तेस्रो कुरा कर्मचारीहरुलाई अहिलेसम्मको पैसा, सुविधा दिएर घण्टा सिस्टममा काम लगाउनुपर्छ । अनि मात्रै जनताको काम सहज ढंगले हुन्छ । यी कुरामा सुधार नगर्दासम्म स्थानीय तहको आवश्यकता र महत्व अनुसार चुस्त, दुरुस्त काम हुँदैन । त्यसैले यी कुरामा सुधार आवश्यक छ ।

कर्मचारीको ढिलासुस्तीका कारण जनप्रतिनिधिले चाहेअनुसारको काम नभएको हो ?
त्यसो भनेर कर्मचारीलाई मात्रै दोष दिन खोजेको होइन । म त्यसरी कसैलाई पनि दोष दिन चाहन्न । अहिलेको जुन वातावरण छ । त्यो एकदमै परम्परागत जस्तो भयो । युग सुहाउँदो काम गर्न सकिएको छैन । जनताको काम छिटो, छरितो ढंगले भएको छैन । खाली पुरानो ढर्राले काम भइरहेको छ । त्यो पाराले जनचाहना अनुसार विकास गर्न सकिँदैन । यो कुरा तलदेखि माथिसम्मै खड्किएको छ । सबै जनप्रतिनिधिहरुलाई लागेको हुनुपर्छ । कसैले भन्न सकेका छैनन् । त्यसो भनेर मैले कर्मचारीले काम गरेनन् भन्न खोजेको होइन । पुरानो पाराले ढड्डा सिस्टमले काम ढिलासुस्ती भयो । त्यसलाई अब सबै अनलाइन सिस्टममा लानुपर्छ । कर्मचारीको संख्या मात्रै बढाएर हुँदैन । छोटो, मीठो ढंगले जनताको काम हुनुप¥यो । कर्मचारी संख्या घटाएर सिस्टममा राख्नुपर्छ । जनप्रतिनिधिहरुलाई तलभत्ता दिनुहुँदैन । जनप्रतिनिधिहरुले सेवाभावले काम गर्नुपर्छ । अबका जनप्रतिनिधिहरुको पद अनुसार योग्यता पनि तोकिनुपर्छ ।

जताततै माफियाको बिगबिगी छ, जस्तै खाद्यान्न, औषधी, दूध, पानी, मासु सबैमा माफियाको बिगबिगी छ । त्यसैगरी होटल, रेष्टुराँ, हार्डवेयर पसल सबै माफियाको कब्जामा परेको छ । यसलाई सिस्टममा नल्याउँदासम्म जनप्रतिनिधि र कर्मचारीले काम गर्न सक्ने वातावरण हुँदैन ।

अहिलेका जनप्रतिनिधिहरुमा जिम्मेवारी अनुसारको योग्यता नभएको भन्न खोज्नुभएको हो ?
अबका जनप्रतिनिधिहरुको जिम्मेवारी अनुसार पढाइको योग्यता तोकिनुपर्छ । जमानाअनुसार टेक्नोलजीमा आधारित कर्मचारीहरु हुनुपर्छ । कर्मचारीलाई घण्टाको सिस्टममा काम लगाउनुपर्छ । अहिले सत्ताको एकदमै दुरुपयोग भएको छ । त्यसमा हामी पनि जिम्मेवार छौं । कर्मचारीलाई मात्रै दोष दिएर पनि हुँदैन । स्थानीय तहको जिम्मेवारी धेरै छ । जनताले तुरुन्तै अनुभूति गर्ने भएकाले महत्वपूर्ण पनि छ । त्यसैले जनप्रतिनिधि पढेलेखेको हुनुपर्छ । कर्मचारीहरु पनि अहिलेको नयाँ टेक्नोलजी अनुसार छिटो, छरितो काम गर्न सक्ने हुनुपर्छ । अब पुरानो ढर्राले काम चल्दैन । स्थानीय तहदेखि माथिसम्मै त्यो आवश्यक छ । अहिले एकदमै सत्ता र शक्तिको दुरुपयोग भएको छ ।

पाँच वर्षे कार्यकाल अन्त्यतिर आइपुग्दा के कस्ता चुनौतिहरु आइपरे ?
पार्टी सिस्टममा म नेपाली कांग्रेसबाट जितेको वडा अध्यक्ष भएँ । महानगरको मेयर एमालेबाट जितेको हुनुहुन्छ । फरक पार्टीको मेयर भएपछि काम गर्न एकदमै पक्षपात हुँदो रहेछ । उहाँले महानगरको मेयर भन्दा पनि पुरा एमालेको कार्यकर्ता भएर काम गर्नुभयो । हामी कांग्रेसबाट जितेको जनप्रतिनिधिलाई उहाँका कार्यकर्ता लगाएर काम गर्न पनि वाधा पु¥याउनुभयो । मेयर एउटा पार्टीको वडा अध्यक्ष अर्कै पार्टीको भएपछि जनचाहना अनुसार काम गर्न पाइँदो रहेन छ । अर्को बजेट परिचालन गर्न पनि वैज्ञानिक मेकानिजम भएन । हामीहरु कर उठाउने मेयरहरु मनपरी ढंगले आग्रह, पूर्वाग्रह राखेर काम गर्ने जस्तो देखिएको छ । त्यसकारण दरिलो मेकानिजम आवश्यक छ ।

त्यसोभए स्थानीय तहमा व्यापक सुधारको आवश्यकता छ हो ?
यथास्थितिमा कुनै पनि काम गर्न सकिँदैन । त्यसको लागि मेकानिजममा व्यापक सुधारको खाँचो । पुरानो ढर्रा अनुसार अगाडि बढ्ने हो भने टालटुले विकासले जनताको आँखामा छारो हाल्ने काम शिवाए केही हुँदैन । यसबाट कुनै नयाँ उन्नति, प्रगति र समृद्धि हुँदैन ।

यहाँको उपलब्ध साधन, स्रोत अनुसार काम गर्न सकियो जस्तो लाग्छ ?
मलाई यहाँको साधन, स्रोत, सुविधा अनुसार स्थानीय तहले काम गर्न सकेको जस्तो लाग्दैन । फेरि कामै नभएको भन्न मिल्दैन, केही सुधार त भएको छ । जस्तो वडाभित्र धुलोमुक्त, हिलोमुक्त बनाएका छौं । भित्री कच्ची बाटाहरु पिच गर्ने, ढल नभएका ठाउँहरुमा ढलको व्यवस्था गर्ने काम गरेका छौं । कच्ची बाटो नपुगेका ठाउँमा त्यसको व्यवस्था पनि गरेका छौं । पिच गर्ने, ढल निकासलाई व्यवस्थित गर्ने काम भएको छ । करिवकरिव वडामा हेर्दा विकासैविकास भएको देखिन्छ । पहिलाको भन्दा धेरै काम भएको छ, नभएको होइन । बत्ती र दूरसञ्चारको तार व्यवस्थित गर्ने काम मात्रै हामीले मिलाउन नसकेको हो । विद्युत् र दूरसञ्चारको काम वडाको पहुँचमा नहुने रहेछ । यसलाई व्यवस्थित र सुधार गर्न सकिन्छ अरु हामीले केही गर्न मिल्दैन । अहिले यस्ता कामहरु सबै माफियाको हातमा हुन्छ । यतिबेला जताततै माफियाको बिगबिगी छ । खाद्यान्न, औषधि, दूध, पानी, मासु सबैमा माफियाको बिगबिगी छ । त्यसैगरी होटल, रेष्टुराँ, खाद्यान्न पसल, हार्डवेयर पसल सबै माफियाको छ । यसलाई सिस्टममा नल्याउँदासम्म जनप्रतिनिधि र कर्मचारीले काम गर्न सक्ने वातावरण हुँदैन ।

माफियामुक्त र व्यवस्थित बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
अहिले भएका स्थानीय तहका संख्या घटाएर आधा बनाउनुपर्छ । सबै काम अनलाइन सिस्टममा लानुपर्छ । कर्मचारीलाई घण्टाको सिस्टमले काम लगाउनुपर्छ । सबै काम अनलाइनमार्फत कम्प्युटरबाट हुनुपर्छ । त्यो भयो भने धेरै सुधार हुन्छ । त्यसको लागि कागजमा लेखेर होइन अनलाइन सिस्टममा काम हुनुपर्छ । कागजी सिस्टमलाई नहटाएसम्म माफियामुक्त सेवा हुँदैन । सबै ठाउँमा माफियाको चलखेल कागजी सिस्टमबाट भएको छ । त्य

वडा कार्यालयहरु मेयरको ओझेलमा छन् हो ?
जनताको प्रत्येक्ष काम गर्ने ठाउँमा वडा कार्यालयहरु हुन्छन् । स्थानीय कर उठाउनेदेखि जतिपनि स्थानीयका काम हुन्छन्, त्यो वडा कार्यालयले हेर्नुपर्छ । तर, मेयरहरु चाहीं सम्पूर्ण अधिकार हातमा लिएर राजा हुन खोजेका छन् । यो समस्या कामठमाडौं महानगरमा मात्रै होइन देशैभर देखिएको छ । अनि हाम्रो मेयर साबले पनि त्यहीं गर्न खोज्नुभएको छ ।

वडा तहको पनि आफ्नै अधिकार छ नि मेयरले हस्तक्षप गर्न पाउँछन् त ?
अहिले त्यस्तै देखिएको छ । नेपाल सरकारको सबैभन्दा महत्वपूर्ण अगं भनेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन् । त्यसमा सबैभन्दा बलियो अंग भनेको कार्यपालिका हो । त्यो अंगलाई चलाउने भनेको कर्मचारीहरुले हो । जनप्रतिनिधिको एक्सनलाई मूर्त रुप दिने कर्मचारी हुन् । त्यसो भनिरहँदा कर्मचारीलाई मात्रै दोष दिन खोजेको होइन । यथास्थितिमा काम हुँदैन । त्यसको लागि परिवर्तनको खाँचो छ । त्यसको लागि पुरानालाई हटाएर हुन्छ कि सुधारेर हुन्छ कि नयाँ ल्याएर हुन्छ तर परिवर्तनको आवश्यक छ । यथास्थितिमा विकास असम्भव छैन । बाहिरतिर बरु काम गर्न सजिलो हुन्छ । काठमाडौंको सिस्टम धेरै बिग्रिएको छ । त्यसलाई सुधार गर्न दत्तचित्त भएर लागिपरेको छु ।

जनप्रतिनिधिहरुलाई तलव–भत्ता दिनुहुँदैन । जनप्रतिनिधिहरुले सेवाभावले काम गर्नुपर्छ । अबका जनप्रतिनिधिहरुको पद अनुसार योग्यता पनि तोकिनुपर्छ ।

जन्म दता, मृत्यु दर्ता, नाता प्रमाणित, सिफारिस र फोहोर व्यवस्थापनमा वडाले ध्यान दिएन भन्ने जनगुनासो पनि छ नि ?
फोहोरमा पुरै माफियाको हातमा छ । फोहोर व्यवस्थापन हाम्रो पहुँचभन्दा माथि पुगेको छ । तर, अहिले पहिलाभन्दा फोहोर उठाउने काम व्यवस्थित चाहीं भएको छ । फोहोरकै कुरा गर्ने हो भने त्यसमा नागरिकको पनि कमजोरी देखिन्छ । शहरको सबैभन्दा चुनौतिपूर्ण काम भनेको ढलनिकास र फोहोर व्यवस्थापन हो । यसलाई सहजीकरण गर्न कागज र फाइल स्टिमलाई हटाएर अनलाइन सिस्टममा जानुपर्छ । अर्को जन्म दता, मृत्यु दर्ता, नाता प्रमाणित, सिफारिस जस्ता काम छिटो, छरितो होस् भनेर हामी लागिपरेका छौं । पहिलाको भन्दा धेरै व्यवस्थित बनाइँदै छ । त्यसको लागि पनि पुरै अनलाइन सिस्टममा हुनुपर्छ । त्यसको लागि हामी प्रयास गरिरहेका छांै । गुणात्मक काम भएन, संख्यात्मक मात्रै भएर ढिलासुस्ती भएको हो । त्यसैले कागज सिस्टमलाई विस्थापित गरेर कम्प्युटर सिस्टममा गएपछि काम छिटोछरितो हुन्छ ।

वडा प्रतिनिधिहरु बढी भएर काममा ढिलासुस्ती भएको हो ?
हो, वडा अध्यक्षको त सधैं काम हुँदैन । सदस्यहरुको के काम ? सबै बेरोजगार भएर बसेका छन् । त्यसकारण वडामा अध्यक्ष भए पुग्छ । सदस्यहरुको कामै छैन । गाउँगाउँमा केही काम होला तर शहरी यरिया जस्तो काठमाडौं, विराटनगर, वीरगञ्ज, पोखरा, ललितपुर, भत्तपुरलगायतका ठाउँका वडा जनप्रतिनिधि धेरै भए । त्यस कारण वडा अध्यक्ष भए पुग्छ सदस्यहरु सबै हटाउनुपर्छ । शहरमा क्षेत्रफल सानो हुन्छ, धेर जनप्रतिनिधि कि चाहियो ? खर्चको भार मात्रै । अर्को जनप्रतिनिधिले तलब, भत्ता, सुविधा लिने पनि होइन । जनताको सेवा गर्छु भनेर चुनाव जितेर आउने अनि आफै भत्ता, सुविधा खाने ? त्यो काम कदापि हुनुहुँदैन । जनप्रतिनिधि विसुुद्ध समाजसेवी हुनुपर्छ । र, अबदेखि जनताको भोटले निर्वाचित भएर तलब, भत्ता, सुविधा खानेका काम बन्द हुनुपर्छ ।

तपाईं फेरि कामनपा–२९, को वडा अध्यक्ष उठ्नुहुन्छ ?
चुनावमा उठ्नलाई पार्टीले टिकट पनि दिनुप-यो । आफ्नो चाहनाले मात्रै हुँदैन । अब पार्टीबाट तपाईंको आवश्यकता छ । तपाईंले गरेका काम राम्रो छ भनेर टिकट पाए मेरो कार्यकालमा रहेका अधुरा काम परिपूर्तिको लागि फेरि चुनाव उठ्छु । होइन तपाईंले साथीलाई सहयोग गर्नुपर्छ भन्ने आयो भने खुलेर सहयोग गर्छु । फेरि मलाई नै चाहिन्छ भनेर लडाइँ गर्नेवाला छैन । पार्टी र वडावासी साथीहरुले मेरो मूल्याङ्कन गरेर टिकट दिनुभयो भने पछि हट्ने छैन ।