काठमाडौं । अमेरिकाको तल्लो सदन काँग्रेसमा हालै अमेरिकाको ऐनमा गाँजालाई लागू पदार्थको लिष्टबाट हटाएर सामान्य अन्य बालीसरह मान्यता दिने नयाँ विधयक दर्ता भएको छ । अमेरिकाको संघस्तरमा गाँजा अझै प्रतिबन्धित छ । अमेरिकाका ३८ राज्यमा बैध छ भने १८ राज्यमा गाँजा किनेर खान पाइन्छ । त्यहाँ गाँजा खेतीको वार्षिक मूल्य ६.२ अर्ब डलर अर्थात करिब ७ खर्ब छ । विभिन्न नियन्त्रण र प्रतिबन्ध हुँदाहुँदै पनि यति ठूलो योगदान छ भने नियन्त्रण हट्नासाथ प्रथम नगदे बाली हुने सम्भावना छ ।
नेपालमा पनि तत्कालिन अमेरिकी सहायक विदेशमन्त्री मार्गरेट पी. ग्यफिँल्डले २०३४ भदौं ३ गते राजा वीरेन्द्रलाई भेटेर नेपालमा गाँजामाथि प्रतिबन्ध लगाउँनु पर्ने नत्र नेपालसँग विशेष सम्बन्धमा असर पर्ने चेतावनी सहितको जिम्मी कार्टरको विशेष सन्देश सुनाएपछि नेपालमा गाँजामाथि प्रतिबन्ध लगाइएको हो ।
२०३५ बैशाख ७ गते राजा वीरेन्द्रले जिम्मी कार्टरलाई गाँजामाथिको प्रतिबन्ध लगाइएपछि जनताको आयस्रोत गुमेर नेपालीहरु झन्झन् गरीब हुँदै गएकाले प्रतिबन्ध फुकुवा गर्न आफूलाई अनुरोध गर्ने व्यहोराको राजा वीरेन्द्रले लेखेका थिए तर उनको पत्रलाई अमेरिकाले वास्ता गरेन । प्रतिबन्धित अवधिमै रिसर्चहरु समेत गरी पेटेन्ट र पोपर्टी अधिकार पनि कब्जा गरी सकेको छ ।
करिब १ एक वर्षअघि संयुक्त राष्ट्र संघले गाँजा कडा लागू पदार्थ होइन, औषधीय वनस्ती हो भनी स्पष्टसँग भनेको छ । बैध गरी उपयोग गर्न पाइन्छ भनेर महासन्धिबाट बहुमतले पास गरेको छ । नेपालले निर्णायक मत दिएको थियो ।
नेपाली गाँजामा अमेरिकी चासो
अमेरिकी सहायक विदेशमन्त्री मार्गरेट पी गार्फिल्डले २०३४ भदौ ३ गते राजा वीरेन्द्रलाई भेटेर नेपालमा गाँजामाथि प्रतिबन्ध लगाउनुपर्ने नत्र नेपालसँगको द्विपक्षीय सम्बन्धमा असर पर्ने चेतावनीसहितको जिम्मी कार्टरको विशेष सन्देश सुनाएपछि गाँजामाथि प्रतिबन्ध लगाइएको हो । २०३५ वैशाख ७ गते राजा वीरेन्द्रले जिम्मी कार्टरलाई ‘गाँजामाथि प्रतिबन्ध लगाएपछि जनताको आयस्रोत गुमेर झन् गरिब भएको र प्रतिबन्ध फुकुवा गर्न आफूलाई अनुरोध आएको’ बेहोराको चिठी लेखेछन् । तर अमेरिकाले वास्तै गरेनछ ।
गाँजामाथि प्रतिबन्ध लगाएपछि नेपाललाई गाँजाबाट हुने आयस्रोत त बन्द भएछ नै, गाँजासम्बन्धी मुद्दामा गरिब नेपालीहरूलाई कारागारमा राख्नुपरेकाले हरेक वर्ष करोडौँ रुपियाँ थप खर्च पनि भइरहेको रहेछ । यससम्बन्धी विवरण ‘अडियन्स विथ किङ वीरेन्द्र–नार्कोटिक’ नामबाट विकिलिप्स रिपोर्टले बाहिर ल्याइदिएको रहेछ ।
(नेपाल, १५ चैत २०७६)