नेपालबाट कामदारलाई लैजान जापान तयार

नेपालबाट कामदारलाई लैजान जापान तयार तरुण खबर १९ श्रावण २०७९, बिहीबार २०:०५
नेपालबाट कामदारलाई लैजान जापान तयार

काठमाडौं । जापानले सरकारीस्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लिनका लागि जापान तयार रहेको बताएको छ

नेपाल र जापानका उच्च अधिकारीहरुको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले भाषा परीक्षामा उत्तीर्ण भई बसेका नेपालीलाई लैजाने प्रक्रिया अगाडि बढाउने समेत सहमति भएको छ । भाषा परीक्षा उत्तीर्ण भई झन्डै ५ हजारबढी नेपाली जापान जाने दिनको प्रतिक्षामा छन् ।

यस्तै, तीन वर्षअघि सहमति भई कार्यान्वयनमा नआएको नेपाल र जापानबीचको श्रम सम्झौतालाई परिमार्जन गर्न दुवै पक्ष सहमत भएका छन् । नेपाल र जापानका उच्च अधिकारीहरुको बैठकले श्रम सम्झौतालाई परिमार्जन गर्ने सहमति गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल तथा जापानका समसायिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएकोले तयारी थाल्ने सहमति भएको छ । सन् २०१९ मार्चमा सम्पन्न सम्झौताअनुसार सरकार र सरकारबीच नै कामदार पठाउने सम्झौता भएको थियो । त्यस अनुसार कामदार पठाउन सकिएको छैन । सम्झौतामा के-के विषयहरु परिमार्जन गर्ने भन्ने प्रस्ट खुलाइएको छैन ।

बैठकमा जापान कामदार पठाउन आवश्यक कार्यविधि नेपालले बनाउने सहमति जनाएको छ । बैठकमा नेपालको तर्फबाट श्रम सहसचिव राजीव पराजुली र जापानको तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाले नेतृत्व गरेका थिए ।