सेयर बजार ५.३२ अंकले ओरालो

सेयर बजार ५.३२ अंकले ओरालो तरुण खबर २ चैत्र २०७९, बिहीबार २०:३२
सेयर बजार ५.३२ अंकले ओरालो

काठमाडौं । साताको अन्तिम  कारोबार सेयर बजारमा बिहीबार  ओरालो लागेको छ । नेप्से सूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा आएर रोकिएको छ ।  १ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको  यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.१५ अकले घटेर ३६४.७८ बिन्दुमा आएको छ ।

बिहीबार   ३४ लाख २ हजार २७६ कित्ता  सेयर किनबेच भएको छ । त्यस्तै, युनिक नेपाल लघुवित्त र शुवम पावरको १०  प्रतिशतले मुल्य वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।

यता,  एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यसको बिहीबार करिब ५ करोडको कारोबार भएको छ । यता नविल बैंकको करिब ४ करोडको कारोबार भएको छ ।

बिहीबार १३ उपसुचकहरुमा ४ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाकी सबै कम्पनी राताम्मै भएको छ ।