सुतिरहेका आमा र छोराहरुमाथि चक्कु प्रहार

सुतिरहेका आमा र छोराहरुमाथि चक्कु प्रहार तरुण खबर ५ भाद्र २०८०, मंगलवार ११:२३
सुतिरहेका आमा र छोराहरुमाथि चक्कु प्रहार

बझाङ । बझाङको सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा आमा छोरालाइ चक्कुप्रहार गरीएको छ । सुर्मा गाउपालिका वडा न ३ घर भै सदरमुकाम चैनपुरको सुर्माटोलमा कोठामा बस्दै आएका आमा छोरालाइ हिजो राती १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका छन् ।

घाइते हुनेमा २७ बर्षिया सुनिता बिक, जेठो छोरा ७ बर्षिया आदित्य बिक र ४ बर्षिया छोरा एबल रहेका छन् । उनीहरुलाई राती १२ बजे सुतिरहेको अबस्थामा कोठामा नै गएर चक्कु प्रहार गरीएको घाइतेका श्रीमान कलक बिकले बताए ।

भेन्टिलेटरको तारको जालि काटेर मुल ढोकाको चुक्कुल खोलेरभित्र पसेको र मोबाइलसमेत लिएर गएको त्यसपछि अगाडी दुई छोरालाई चक्कुप्रहार गरेको र पछि श्रीमतिलाई चक्कु प्रहार गरेको उनले बताए ।

अज्ञात समुहहरुले मुखमा मास्क लगाएको सुनिता बिकले बताए । जेठो छोरोलाई बढी चोट लागेको र घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।