तरुण संवाददाता
२७ चैत्र २०८१, बुधबार १२:३७
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ७५ हजार ४०० रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । ६ दिनमा सुनको मूल्य झन्डै सात हजारले ओरालो लागेको थियो । त्यसअघि सुन प्रतितोला एक लाख ८० हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । मंगलबार १८३० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


