युद्धविराममा पनि रुसले आक्रमण जारी राखेको युक्रेनको आरोप

युद्धविराममा पनि रुसले आक्रमण जारी राखेको युक्रेनको आरोप तरुण सम्वाददाता ७ बैशाख २०८२, आईतवार १०:१५
युद्धविराममा पनि रुसले आक्रमण जारी राखेको युक्रेनको आरोप

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २४ घन्टे युद्धविराम गरेका छन् । रुसी राष्ट्रपति पुटिनले इस्टरको अवसरमा शनिबार साँझदेखि आज मध्यरातसम्मका लागि सबै सैन्य कारबाही रोक्न आदेश दिएका थिए ।

तर रुसले अस्थायी युद्धविराम घोषणा गरेपनि आक्रमण जारी राखेको युक्रेनले दाबी गरेको छ । अस्थायी युद्धविराम घोषणा गरे पनि रुसले आक्रमण जारी राखेको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताएका हुन् । जेलेन्स्कीले युद्धविरामको पालना गर्ने जवाफ दिँदै रूसले नै युद्धविराम तोडेको आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रूसले कुस्र्क र बेलगोरोद क्षेत्रमा आक्रमण जारी राखेको हो । जेलेन्स्कीले ३० दिने युद्धविरामको प्रस्ताव टेबलमै रहेको भन्दै रूस बिना सर्त तयार भए आफूहरूले पनि सोही अनुसार व्यवहार गर्ने बताएका छन् । रुसले युक्रेनमा सन् २०२२ फेब्रुअरी २४ बाट पूर्ण आक्रमण सुरू गरेयता दुई देश युद्धमा छन् ।