हृदयेन्द्र शाहबारे अभिनेत्री सुरक्षा पन्तलाई प्रधानमन्त्री ओलीको समर्थन

हृदयेन्द्र शाहबारे अभिनेत्री सुरक्षा पन्तलाई प्रधानमन्त्री ओलीको समर्थन तरुण संवाददाता १७ बैशाख २०८२, बुधबार १९:०४
हृदयेन्द्र शाहबारे अभिनेत्री सुरक्षा पन्तलाई प्रधानमन्त्री ओलीको समर्थन

काठमाडौं । पूर्व युवराज पारस शाहका छोरा हृदयेन्द्र शाहको सन्दर्भमा नायिका सुरक्षा पन्तले दिएको अभिव्यक्तिमा प्रधानमन्त्री केपी ओलीले समर्थन जनाएका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा पन्तले हृदयेन्द्र शाह कलाकार बन्न सक्ने अभिव्यक्ति दिएपछि राजतन्त्र पक्षधरले त्यसको विरोध गरिरहेका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नायिका पन्तको अभिव्यक्तिमा विरोध गर्न आवश्यक नभएको बताए । पूर्वयुवराजको छोराको कति राम्रो भनेर सिनेमा खेल्न सुझाव दिँदा अभिनेत्रीले गाली खानु अनुचित भएको उनले बताए ।

पन्तले शाहबारेमा बोलेको विषयलाई लिएर राजतन्त्र समर्थकले सामाजिक सञ्जालमा अशिष्ट र अमर्यादित अभिव्यक्ति दिइरहेका बेला प्रधानमन्त्रीको यस्तो धारणा सार्वजनिक भएको हो । सुरक्षाले हृदयेन्द्रको लुक्सप्रति धेरै युवती मोहित भएको भन्दै उनलाई सिनेमा खेल्न सुझाव दिएकी थिइन् । सुरक्षाले पूर्वराजपरिवारका धेरै मान्छे खेल क्षेत्रमा लागेको भन्दै कला क्षेत्रमा आउन आह्वान गरेकी थिइन् । उनले आफूले राजा नमान्ने बताएपछि राजसंस्थाका समर्थक रिसाएका हुन् ।

कलाकार र खेलाडीलगायत सेलिब्रिटीले राजनीतिक विषयमा बोल्दा आफ्नो दल र विचाराधारा अनुकूल नभएपछि कतिपय दलका नेता र कार्यकर्ताले उनीहरुमाथि सामाजिक सञ्जालबाट अशिष्ट भाषा प्रयोग गर्ने गरेको पाइन्छ ।