सुनको भाउ दुई लाखको बाटोमा, एकैदिन प्रतितोला पाँच हजारले बढ्यो

सुनको भाउ दुई लाखको बाटोमा, एकैदिन प्रतितोला पाँच हजारले बढ्यो तरुण संवाददाता २३ बैशाख २०८२, मंगलवार ११:४३
सुनको भाउ दुई लाखको बाटोमा, एकैदिन प्रतितोला पाँच हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच हजार तीन सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला पाँच सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार एकैदिन झन्डै साढे पाँच हजारले बढेर प्रतितोला एक लाख ८९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यसअघि सुन प्रतितोला एक लाख ९२ हजार पुगेर तल झरेको थियो ।

मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ। सोमबार प्रतितोला एक हजार ९ सय १० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ९ सय ६५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ।