साना उद्योगलाई मुलुकभित्रै राख्ने किसिमको मौद्रिक नीति आउनुपर्छ : अर्थ समिति सभापति चालिसे

साना उद्योगलाई मुलुकभित्रै राख्ने किसिमको मौद्रिक नीति आउनुपर्छ : अर्थ समिति सभापति चालिसे तरुण खबर २५ असार २०८२, बुधबार १६:१७
साना उद्योगलाई मुलुकभित्रै राख्ने किसिमको मौद्रिक नीति आउनुपर्छ : अर्थ समिति सभापति चालिसे

अर्थ समितिका सभापति सन्तोष चालिसेले साना उद्योगी र व्यापारिहरुलाई मुलुकभित्रै राख्ने खालको मौद्रिक नीति आउनुपर्ने बताएका छन् ।

आज बुधबार अर्थ समितिको बैठकमा भएको आ ब २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयको छलफलमा उनले नेपालमा उत्पादनको अवस्था राम्रो भएपनि ९० प्रतिशत खाद्यन्न किनेर बस्नुपर्ने कुरा लाजमर्दो भएको भन्दै उद्योगधन्दा छोडेर विदेशिन थालेका व्यापारिहरुलाई देशमै राख्न सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘यो मुलुकमा सबैभन्दा महत्वपूर्ण कुरा उत्पादा हो । देशभर उत्पादनको लागि वातावरण राम्रो छ तर उत्पादन हुन सक्दैँन् । ९० प्रतिशत खाद्यन्न किनेर बसेका छौँ । यो लाजमर्दो कुरा हो यसमा के भएको हो । यसको कमजोरी के हो । साना उद्योगी र व्यापारिहरु किन अन्यायमा परे, किन आफ्नो उद्योगधन्दा छोडेर विदेशिन थालेका छन् । उनीहरु सबैलाई यही मुलुकभित्र काम गर्न सक्ने गरि मौद्रिक नीति आउनुपर्ने बताएका छन् ।