तरुण खबर
२५ असार २०८२, बुधबार १९:१६
पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अब आउने मौद्रिक नीतिले अघिल्ला अनुभवबाट पाठ सिक्न जरुरी भएको बताएका छन्।
संघीय संसदको अर्थसमितिमा बोल्दै उनले विगतमा ‘हर्ड मेन्टालिटी’मा गइएका, कहिले अत्यधिक रेगुलेसन, कहिले अत्यधिक कर्जा प्रवाह गरिएको उल्लेख गर्दै यस्तो ‘रोलर कोस्टर’ शैली अन्त्य गर्नुपर्नेमा जोड दिए। साथै उनले अब उच्च व्यावसायिकता, दीर्घकालीन सोच र जिम्मेवारीपूर्ण दृष्टिकोणका साथ मौद्रिक नीति ल्याइनुपर्ने बताएका छन् ।


