नयाँ आर्थिक वर्षसँगै म्युचुअल फन्डको लाभांश घोषणा सुरु, सनराइज ब्लुचिपको १९ प्रतिशत

नयाँ आर्थिक वर्षसँगै म्युचुअल फन्डको लाभांश घोषणा सुरु, सनराइज ब्लुचिपको १९ प्रतिशत तरुण खबर १५ श्रावण २०८२, बिहीबार १२:४५
नयाँ आर्थिक वर्षसँगै म्युचुअल फन्डको लाभांश घोषणा सुरु, सनराइज ब्लुचिपको १९ प्रतिशत

काठमाडाैं, १५ साउन । नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै लाभांश सिजन पनि सुरु भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनी तथा इकाईधनीहरूलाई लाभांश वितरणको घोषणा हुन थालेको हो। विशेषगरी, म्युचुअल फन्डहरूले आफ्ना योजनाका इकाईधनीहरूलाई प्रतिफल घोषणा गर्न थालेका छन्। हालसम्म आधा दर्जनभन्दा बढी फन्डहरूले लाभांश घोषणा गरिसकेका छन्।

हालसम्म लक्ष्मी सनराइज क्यापिटल अन्तर्गतका तीनवटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन्। यसैगरी, सिद्धार्थ क्यापिटल र कुमारी क्यापिटल अन्तर्गतका फन्डहरूले पनि प्रतिफल घोषणा गरिसकेका छन्।

लक्ष्मी सनराइज अन्तर्गत सञ्चालित ‘सनराइज ब्लुचिप फन्ड’ ले यस वर्षका लागि सबैभन्दा उच्च १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। यसैगरी, सोही क्यापिटलको शुभलक्ष्मी कोषले १६ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड–दोस्रोले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन्।

यता, सिद्धार्थ क्यापिटल अन्तर्गतको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ८ प्रतिशत, कुमारी क्यापिटल अन्तर्गतको कुमारी सुनौलो लगानी योजनाले ८.८८ प्रतिशत र एनआइबिएल सहभागिता फन्डले ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन्।