तरुण खबर
२१ श्रावण २०८२, बुधबार ११:४२
काठमाडाैं, २१ साउन । नाइमा मोबिलिटी एक्स्पो २०२५ मा जगदम्बा मोटर्सले अत्याधुनिक प्रविधिसहितको प्रोटोन ई.मास ७ सार्वजनिक गरेको छ। मलेसियामा आफ्नो सेग्मेन्टमा नम्बर १ स्थान प्राप्त गरिसकेको यो विद्युतीय गाडीले नेपाली बजारमा नयाँ उत्साह ल्याउने अपेक्षा गरिएको छ।
विशेष अफर र सेवा विस्तार
जगदम्बा मोटर्सले एक्स्पोलाई लक्षित गरी ग्राहकहरूका लागि आकर्षक अफरहरू घोषणा गरेको छ। यी अफरहरूमा शून्य प्रतिशत ब्याजदरमा ४ वर्षको फाइनान्सिङ, ब्याट्रीमा ८ वर्षको असीमित माइलेज वारेन्टी, २.९९ लाख रुपैयाँको नगद छुट, पुरानो गाडी एक्सचेन्जमा उच्चतम मूल्य र निःशुल्क अटो प्लस बीमा लगायतका सुविधा समावेश छन्।
कम्पनीले आफ्नो सेवा सञ्जाल विस्तार गर्ने रणनीति पनि सार्वजनिक गरेको छ। सन् २०२५ को अन्त्यसम्ममा देशभर १२ वटा शोरुम तथा सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको छ। हाल, तीनवटा शोरुमबाट सेवा प्रदान गरिँदै आएको छ।
नेपालमा इभी इकोसिस्टमको विकास
जगदम्बा मोटर्सले नेपालमा बलियो विद्युतीय गाडी (इभी) इकोसिस्टम विकास गर्न विभिन्न पहल गरिरहेको छ। यस अन्तर्गत प्रामाणिक स्पेयर पार्ट्स, आधुनिक डाइग्नोस्टिक उपकरण, तालिमप्राप्त प्राविधिकको सेवा, सहज वारेन्टी दाबी प्रक्रिया र चार्जिङ स्टेसनजस्ता सुविधा उपलब्ध गराइएको छ। कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले प्रोटोन ई.मास ७ ले विद्युतीय सवारीलाई नेपाली ग्राहकका लागि थप पहुँचयोग्य र भरपर्दो बनाउने बताउनुभयो।
कम्पनीले ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्स्पोको स्टल (L5 – Hall B) मा पुगेर प्रोटोन ई.मास ७ को प्रत्यक्ष अनुभव लिनका लागि निमन्त्रणा गरेको छ।


