ट्रम्पले अन्तर्राष्ट्रिय कानुनमाथि जोड दिँदै अमेरिका र विश्व सुरक्षा प्राथमिकता व्यक्त

ट्रम्पले अन्तर्राष्ट्रिय कानुनमाथि जोड दिँदै अमेरिका र विश्व सुरक्षा प्राथमिकता व्यक्त तरुण खबर २५ पुष २०८२, शुक्रबार ११:५१
ट्रम्पले अन्तर्राष्ट्रिय कानुनमाथि जोड दिँदै अमेरिका र विश्व सुरक्षा प्राथमिकता व्यक्त

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय कानुनको सन्दर्भमा आफ्नै दृष्टिकोण प्रस्तुत गरेका छन्। द न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले भने, “मेरो मन मात्रै मलाई रोक्न सक्छ, म अन्तर्राष्ट्रिय कानुन पालना गर्न आवश्यक छैन।” उनले स्पष्ट पारे कि उनी मानिसलाई हानि पुर्‍याउन खोज्दैनन्, तर आवश्यकता अनुसार आफूले नियमको व्याख्या गर्ने अधिकार राख्ने बताए।

चीन र ताइवानको सन्दर्भमा उनले भने, “त्यो निर्णय उसैले गर्ने हो। मैले उनलाई बताएँ कि यसो गरेमा म असन्तुष्ट हुनेछु, तर मलाई लाग्दैन कि उनले त्यसो गर्ने छन्। मेरो कार्यकालमा यस्तो कदम चीनले चाल्ने छैन।” ट्रम्पले यो पनि जोड दिए कि चीनले भविष्यमा अर्को अमेरिकी राष्ट्रपति हुँदा मात्र यस्तो कदम चाल्न सक्छ।

नाटो र ग्रीनल्याण्ड सम्बन्धी प्रश्नमा उनले प्रत्यक्ष उत्तर नदिए पनि, “Ownership धेरै महत्त्वपूर्ण छ” भन्दै ग्रीनल्याण्डमा अमेरिकी स्वामित्वको पक्षमा रहे। उनले यो पनि भने, “स्वामित्वले केवल सम्झौता वा लिजले नदिने विशेष अवसर र तत्व दिन्छ।”

युरोपसँगको सम्बन्धमा ट्रम्पले भने, “हामी सधैं युरोपसँग मिलेर काम गर्नेछौँ, तर उनीहरूलाई सुधार गर्न आवश्यक छ। मैले नै तिनीहरूलाई NATO मा बढी खर्च गर्न प्रोत्साहन गरेको छु। यदि म नभएको भए, रूसले हालसम्म युक्रेन कब्जा गरेको हुन्थ्यो।”

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले युरोपेली नेताहरूलाई ग्रीनल्याण्डको सुरक्षा मामिलामा ट्रम्पको चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले भने, “अमेरिकी र विश्व मिसाइल रक्षा प्रणालीको लागि यो महत्त्वपूर्ण छ। युरोपले सुरक्षा गम्भीरतापूर्वक नलियो भने, अमेरिकी कदम चाल्न बाध्य हुनेछ।”