माघे संक्रान्ति नजिकिँदै, तरुलको बजार चहलपहल

माघे संक्रान्ति नजिकिँदै, तरुलको बजार चहलपहल तरुण खबर २७ पुष २०८२, आईतवार ११:३८
माघे संक्रान्ति नजिकिँदै, तरुलको बजार चहलपहल

माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका गल्लीचोक र तरकारी बजारमा तरुलको व्यापार तीव्र भएको छ। परम्पराअनुसार माघीमा विशेष गरी तरुल र चाकु खाने चलन रहेकाले व्यापारीहरूले अग्रिम तयारी थालेका छन्।

काठमाडाैंका व्यापारीहरूले माघे संक्रान्तिलाई लक्षित गरी विभिन्न प्रकारका तरुल बिक्रीमा राख्न थालेका छन्। उपत्यकामा घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पाताले तरुल, आकाशे तरुल, नेपाली तरुल, रातो तरुललगायत बिक्री वितरण भइरहेको व्यापारीहरूले जानकारी दिएका छन्।

तरकारी बजारमा मुख्य रूपमा धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र केही तराई क्षेत्रबाट तरुल ल्याइने गरेको छ। यससँगै माघे संक्रान्तिमा चाकु, पिँडालु र सखरखण्ड खाने चलन समेत रहँदै आएको छ।

व्यापारीहरूले भने, “माघे संक्रान्ति नजिकिँदै गर्दा तरुल र परम्परागत सामग्रीको माग ह्वात्तै बढ्छ। हामी पूर्व तयारी गरेर उपभोक्तालाई सहज पहुँच दिने प्रयास गर्दैछौं।”