तरुण खबर
२७ पुष २०८२, आईतवार १४:१६
मारवाडी सेवा समिति नेपालको ७३औँ वार्षिकोत्सवको अवसरमा मारवाडी युवा मञ्च, काठमाडौँको आयोजनामा तथा पेज–३ को सहकार्यमा फेस अफ मारवाडी किड्स २०२६ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताले मारवाडी समुदायका बालबालिकामा आत्मविश्वास अभिवृद्धि, प्रतिभा पहिचान र व्यक्तित्व विकास गर्ने उद्देश्य पूरा गरेको आयोजकहरूले बताए।
प्रतियोगिताको ग्राण्ड फाइनल २०८२ साल पौष २६ गते शनिबार होटल हयात सेन्ट्रिक, सोल्टी मोड, काठमाडौँ मा सम्पन्न भएको थियो। विभिन्न चरण पार गरेका सहभागी बालबालिकालाई निर्णायक मण्डलले निष्पक्ष मूल्याङ्कन गरी विजेताहरू घोषणा गरेको थियो। विजेताहरूलाई ट्रफी तथा आकर्षक पुरस्कार प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवाल ले यस्ता प्रतियोगिताले भविष्यका सक्षम जनशक्ति उत्पादनमा प्रेरणा दिने बताए। उनले आगामी पुस्तालाई सशक्त बनाएर अघि बढाउन सके देशको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
मारवाडी युवा मञ्च, काठमाडौँका अध्यक्ष प्रकाश कुमार केजरीवाल ले बालबालिकाको आत्मविश्वास र मनोबल बढाउने यस्ता कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे।
विजेताहरू:
मिस्टर मिनी फेस अफ मारवाडी
विजेता: मितांश अग्रवाल
प्रथम उपविजेता: वेदांश गर्ग
द्वितीय उपविजेता: गर्वित खेतान
मिस मिनी फेस अफ मारवाडी
विजेता: काश्वी जोशी
प्रथम उपविजेता: रिधिमा चाचन
द्वितीय उपविजेता: अंशिका चौधरी
मिस लिटल फेस अफ मारवाडी
विजेता: देवांशी चाचन
प्रथम उपविजेता: वेदांशी गुप्ता
द्वितीय उपविजेता: देवांशी जोधाणी
प्रिन्स फेस अफ मारवाडी
विजेता: निर्विक अग्रवाल
प्रथम उपविजेता: सार्थ अग्रवाल
द्वितीय उपविजेता: लक्ष्य शर्मा
प्रिन्सेस फेस अफ मारवाडी
विजेता: धनी अग्रवाल
प्रथम उपविजेता: आलिया तिब्रेवाल
द्वितीय उपविजेता: काव्या चौधरी
सर्वाधिक लोकप्रिय (सबै पाँच विधा)
तेजस अग्रवाल, काश्वी जोशी, देवांशी जोधाणी, परिधि अग्रवाल र निर्विक अग्रवाल
प्रतियोगिताले बालबालिकाको अन्तर्निहित प्रतिभा उजागर गर्दै आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाए।


