कृषि विकास बैंकबाट करिव ५ करोड ठगी गर्ने पक्राउ

कृषि विकास बैंकबाट करिव ५ करोड ठगी गर्ने पक्राउ तरुण खबर २२ असार २०७७, सोमबार १३:१५
कृषि विकास बैंकबाट करिव ५ करोड ठगी गर्ने पक्राउ

काठमाडौं । कृषि विकास बैंकका विभिन्न शाखा किर्ते गरी रकम निकाल्ने सौजन तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । उनले श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जाको सहयोगमा रकम निकालेका हुन् । उनीहरुले कृषि विकास बैंकको मुख्य कार्यलय तथा शाखा कार्यालय न्यूरोडबाट रकम निकालेका थिए ।

उनीहरुले २०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा जम्मा रु. ४९ लाख ५० हजार रकमान्तर गराई .९ लाख ५० हजार, श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न रु. २० लाखको चेक पेश गर्दा शंका लागि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका ब्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रकमान्तर गरी भुक्तानी समेत लिएका थिए  ।

समुहका ब्यक्तिहरुले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा पहुँच राखि विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गराई भुक्तानी लिएका थिए ।  बैंकलाई हानी नोक्सानी सौजन तामाङलाई अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले २०७७ असार २० गते बेलुका ललितपुर,  जाउलाखेलबाट पक्राउ गरेको थियो ।

उक्त घटनामा संलग्न श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जालाई २०७६।असोज ७ गते नै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।