सार्क राष्ट्र : कुन देशमा कति कोरोना संक्रमित

सार्क राष्ट्र : कुन देशमा कति कोरोना संक्रमित तरुण खबर ५ आश्विन २०७७, सोमबार ११:५६
सार्क राष्ट्र : कुन देशमा कति कोरोना संक्रमित

सोमबार बिहानसम्मको विश्लेषण : नेपालको अबस्था खराब

काठमाडौं । कोरोना संक्रमण र मृत्युदरका हिसावले नेपाल सबैभन्दा अगाडी छ । अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र  श्रीलङ्का सार्क सदस्य राष्ट्र हुन् भने पर्यवेक्षक राष्ट्रहरूमा अस्ट्रेलिया, चीन, युरोपेली सङ्घ, जापान, इरान, मौरिसस, म्यान्मार, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका छन् । यी देशहरुको कोरोना संक्रमण र मृत्युदरको विश्लेषण गर्ने हो भने नेपालको अबस्था डर लाग्दो छ । किन भने विश्वकै शक्तिशालीको सूचीमा आउने भारतमा भन्दा नेपालमा कोरोनाको संक्रमण दर र मृत्यु दर पनि बढी देखिएको छ ।

१ अर्ब ३८ करोड ४ हजार ३८५ जनसंख्या रहेको भारतमा भदौ ५ गते बिहानसम्ममा ५४ लाख ८५ हजार ६१२ भन्दा बढी कोरोना संक्रमित भैसकेका छन् । कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ४३ लाख ९२ हजार ६५० जना छन् भने सक्रिय कोरोना संक्रमितको संख्या १० लाख ५ हजार ५३ रहेको छ । भारतले सोमबार विहानसम्ममा ६ करोड ३६ लाख ६१ हजार ६० जना व्यक्तिको कोरोना परीक्षण गरिसकेको छ । सोमबार बिहान ७ बजेसम्ममा भारतमा ८७ हजार ९०९ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भैसकेको छ ।

जनसंख्याको हिसावले सार्क मुलुकमा सबैभन्दा कोरोनाको संक्रमणबाट प्रभावित हुने मुलुकमा भारत, बंगलादेश, पाकिस्तान, नेपालपछि मात्र अफगानिस्तानको नाम आउँछ । माल्दिप्स, श्रीलंका र भुटानले कोरोनाको संक्रमण करीब करीब नियन्त्रणमा लिएका छन् ।

भारतपछि सार्क राष्ट्रमा दोस्रो कोरोना प्रभावित मुलुक बंगालादेश हो । १६ करोड ४६ लाख ८९ हजार ३८३ जनसंख्या रहेको बंगलादेशमा सोमबार बिहानसम्ममा १८ लाख २१ हजार २७० जनाको कोरोनाको परीक्षण गरेको छ । कोरोना संक्रमितको कुल संख्या ३ लाख ४८ हजार ९१८ मात्र छ, संक्रमितमध्ये ४ हजार ९३९ जनाको निधन भैसकेको छ । कुल संक्रमितमध्ये २ लाख ५६ हजार ५६५ जनाले कोरोनाको संक्रमणबाट मुक्ति पाइसकेका छन् । आइतबार २६ जनाको निधन भएको छ भने १५ सय १९ जना नयाँ कोरोना संक्रमित थप भएका छन् ।

जबकि बंगलादेशभन्दा बढी जनसंख्या रहेको पाकिस्तानमा  ३ लाख ५ हजार ६७१ जना मात्र कोरोना संक्रमित छन्, संक्रमितमध्ये २ लाख ९२ हजार ३०३ जनालाई आइतबार बेलुकासम्ममा कोरोनाको संक्रमण निको भैसकेको छ । २२ करोड ८ लाख ९२ हजार ३४० जनसंख्या रहेको पाकिस्तानले असोज ५ गते सोमबार बिहानसम्ममा ३१ लाख ६० हजार ९२४ जनाको कोरोना परीक्षण गरिसकेको छ । आइतबार बिहानसम्म कोरोनाको संक्रमणबाट मर्ने ६ हजार ४१६ मात्र छन् । आइतबार कोरोनाको संक्रमणबाट १ जनाको मात्र निधन भएको छ जवकि शनिबार ७ जनाको निधन भएको थियो ।

आइतबार ३४ हजार ५४४ जनाको स्वाब परीक्षण गर्दा ६४० जना नयाँ कोरोना संक्रमित थप भएका छन् । करीब २ करोड ९२ लाख जनसंख्या भएको मुलुक नेपालमा आइतबार ९,५८४ जनाको नमुना परीक्षण गर्दा १३ सय २५ कोरोना संक्रमित थप भएका थिए ।

जनसंख्याको हिसावले नेपालभन्दा ७७ लाख २३ हजार ५५९ जना कम रहेको श्रीलंकामा ३ हजार २८७ मात्र कोरोना संक्रमित छन् । हिजो भदौ ४ गते आइतबार ४ जना कोरोना संक्रमित थप भएपछि ३,२८७ पुगेका हुन् । जबकि करीब २ करोड ९१ लाख ३६ हजार ८०८ जनसंख्या रहेको नेपालमा असोज ५ गते बिहानसम्ममा ६४ हजार १२२ कुल संक्रमित छन् । असोज ५ गते बिहानसम्ममा कुल संक्रमितमध्ये ४६ हजार २३३ जनालाई कोरोनाको संक्रमण निको भैसकेको छ भने ४११ जनाको निधन भैसकेको छ ।

श्रीलंकामा भने सोमबार बिहान ७ बजेसम्ममा १३ जनाको मात्र निधन भएको छ । नेपालमा ९ लाख १४ हजार २९० जनाको कोरोनाको पीसीआर परीक्षण गरिएको छ  । २ करोड १४ लाख १३ हजार २४९ जनसंख्या रहेको श्रीलंकाले २ लाख ६८ हजार ३१७ जनाको कोरोना परीक्षण सम्पन्न गरेको छ । ३ हजार २८७ कुल संक्रमितमध्ये ३ हजार ८८ जनालाई कोरोनाको संक्रमण निको भैसकेको छ । सोमबार बिहान ७ बजेसम्ममा संक्रमितमध्ये १३ जनाले मात्र कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । सोमबार ४ जना मात्र नयाँ कोरोना संक्रमित थप भएका छन् । तुलनात्मक रुपमा श्रीलंका सुरक्षित मानिएको छ ।

भुटानको ७ लाख ७३ हजार २७८ जनसंख्या र माल्दिभ्सको  ५ लाख ४० हजार ५४४ जनसंख्या रहेको यी देशबीच तुलना गर्ने हो भने भुटानमा अहिलेसम्म कसैको पनि कोरोनाको संक्रमणबाट ज्यान गएको छैन । तर माल्दिभ्समा ३२ जनाको संक्रमणबाट ज्यान गुमाई सकेका छन् ।

आइतबार बेलुकीसम्ममा भुटान सरकारले १ लाख २४ हजार ८३९ जनाको कोरोना परीक्षण गरिसकेको छ । भुटानमा २५९ मात्र कोरोना संक्रमित छन् । संक्रमितमध्ये १९० जनाले कोरोनाको संक्रमणबाट मुक्त पाएका छन् । भुटानले दैनिक ११–१२ सयको कोरोना परीक्षण गर्दै आएको छ । आइतबार १ जना संक्रमित थप भएका छन् ।
माल्दिप्सले १ लाख ३९ हजार ८१२ जनाको कोरोना परीक्षण गरिसकेको छ । ९ हजार ७२४ जना कोरोना संक्रमित भएको माल्दिभ्समा संक्रमितमध्ये ८ हजार २६१ जनालाई कोरोनाको संक्रमण निको भैसकेको छ । असोज ५ गते सोमबार बिहानसम्ममा ३३ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।

सार्क राष्ट्र नयाँ सदस्य बनेको अफगानीस्तानमा ३ करोड ९० लाख ९३ हजार ४८९ जनसंख्या रहेको छ । अफगानिस्तानमा ३९ हजार ४४ जना मात्र कोरोना संक्रमित छन् । संक्रमितमध्ये ३२ हजार ५७६ जनालाई कोरोना निको भैसकेको छ । अफगानिस्ताले सोमबार बिहानसम्ममा १ लाख ८ हजार ५ सय ९१ जनाको कोरोना परीक्षण गरिसकेको छ । आइबार १२५ जना नयाँ संक्रमित थप भएका छन् भने आइतबार ४ जनाको निधन भएको छ । अफगानिस्तानमा सोमबार बिहान ७ बजेसम्ममा १४ सय ४१ जनाको निधन भएको छ ।