काठमाडौं । गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सम्पादक अमित ढकाल र ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गरिएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ पत्रकार र अन्य विधाका दुई दर्जन बढी पत्रकारहरुलाई पुरस्कृत गरेकी हुन् ।
आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनले आमसञ्चारमाध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुनुपर्नेमा कुरामा जोड दिएकी थिइन् । “स्वतन्त्रता र चेतनाको संवाहकको रूपमा रहेको प्रेसको निब परपीडक हुनुहुँदैन” उनले भनेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रको सुख, शान्ति र समृद्धिको साझा सङ्कल्पलाई साकार तुल्याउन भौतिक पूर्वाधार विकासलाई उत्प्रेरित गर्न आमसञ्चार जगतले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएकी थिइन ।
सोही अवसरमा राष्ट्रपति भण्डारीले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिल सदस्य लगाएत पत्रकारहरुको उपस्थिति थियो ।