कुन मुलुकमा कति जनसंख्या, कति जनसंख्याको कोरोना परीक्षण ?

कुन मुलुकमा कति जनसंख्या, कति जनसंख्याको कोरोना परीक्षण ? तरुण खबर १६ माघ २०७७, शुक्रबार १०:४५
कुन मुलुकमा कति जनसंख्या, कति जनसंख्याको कोरोना परीक्षण ?

काठमाडौं । ३३ करोड २१ लाख २४ हजार ४६२ भन्दा बढी जनसंख्या भएको अमेरिकामा कुल संक्रमितको संख्या माघ १७ गते शनिबार विहान ७.३० बजेसम्ममा २ करोड ६६ लाख ७० हजार ३ सय ९५ पुगेको छ भने संक्रमितमध्ये १ करोड ६० लाख ७० हजार १ सय २७ जनालाई कोरोनाको संक्रमण निको भैसकेको छ । अमरिकाले शनिबार विहानसम्ममा ३० करोड १५ लाख ४७ हजार १५ जनाको कोरोनाको परीक्षण गरिसकिएको छ । हालसम्म अमेरिकामा १ लाख ९७ हजार ९७२ जनाको मृत्यु भैसकेको छ । सबैभन्दा बढी कोरोना परीक्षण गर्ने मुलुक चीन, अमेरिका, भारत, रुस, ब्राजिललगायत मुलुक छन् ।

भारत ः १ अर्ब ३८ करोड ७८ लाख २७ हजार ५० जनसंख्या रहेको भारतमा १ करोड ७ लाख २० हजार ९७१ भन्दा बढी कोरोना संक्रमित भैसकेका छन् । भारतमा माघ १७ शनिबार विहानसम्ममा १९ करोड ४३ लाख ३८ हजार ७७३ जना व्यक्तिको कोरोना परीक्षण गरिसकेको छ । अहिलेसम्म भारतमा १ लाख ५४ हजार ४९ जनाको संक्रमणबाट मृयु भैसकेको छ ।
ब्राजिल ः २१ करोड ३४ लाख ३२ हजार ४२ जनसंख्या भएको ब्राजिलमा ९० लाख ६० हजार ७८६ जनाभन्दा बढीलाई कोरोना भाइरस संक्रमण भइसकेको छ । ब्राजिल विश्वकै कोरोना प्रभावित मुलुकमध्ये तेस्रो नम्बरमा परेको छ । जहाँ २ लाख २१ हजार ६ सय ७६ जनाको संक्रमणबाट ज्यान गैसकेको छ ।

चीन ः १ अर्ब ४३ करोड ९३ लाख २३ हजार ७७६ जनसंख्या रहेको चीनमा ८९ हजार ३७८ मात्र संक्रमित छन् । संसारमा सबैभन्दा धेरै परीक्षण गर्ने मुलुकका रुपमा दर्ज भएको मुलुक चीनको वुहानबाट कोरोना फैलिएको प्रमाण्ति गरिएको छ । चीनमा कुल संक्रमितमध्ये ८२ हजार ९४० भन्दा बढीलाई कोरोना निको भैसकेको छ । चीनमा जनसंख्याका तुलनामा नगन्य मात्र सक्रिय संक्रमित छन् ।
रुस ः १४ करोड ५९ लाख ७० हजार ७४२ जनसंख्या भएको रुसमा माघ १७ गते शनिबार बार विहान ७ बजेसम्ममा १० लाख ५७ हजार ३६२ कोरोना संक्रमित छन् । संक्रमितमध्ये १८ हजार ४८४ जनाको मृत्यु भैसकेको छ भने ४ करोड २ लाख व्यक्तिको कोरोना परीक्षण गरिसकेको छ ।

पेरु ः ३ करोड १९ लाख ८९ हजार २६० जनसंख्या भएको पेरुमा ३४ लाख ८२ हजार ८९४ व्यक्तिको कोरोनाको परीक्षण भैसकेको छ । पेरुमा कुल कोरोनाको संक्रमित संख्या ७ लाख १६ हजार ६७० छ भने आइतबार बिहानसम्ममा ३० हजार ४७० जनाको निधन भैसकेको छ ।

कोलम्बिया ः ५ करोड ८ लाख ८२ हजार ८९१ जनसंख्या रहेको कोलम्बियामा २२ हजार ५१८ व्यक्तिको कोरोनाको संक्रमणबाट निधन भैसकेको छ । ३१ लाख ६५९ जनाको कोरोना परीक्षण गरेको कोलम्बियामा ७ लाख २ हजार ८८ जना कोरोना संक्रमित छन् ।

मेक्सिको ः करिव १२ करोड ९१ लाख ६६ हजार जनसंख्या भएको मेक्सिकोमा १४ लाख ९८ हजार ३२२ जनाको कोरोना परीक्षण गरिसकेको छ । मेक्सिकोमा कोरोना संक्रमितको संख्या ६ लाख ५८ हजार २९९ पुगिसकेको छ भने ७० हजार १८३ व्यक्तिको कोरोनाले ज्यान लिइसकेको छ ।

दक्षिण अफ्रिका ः ५ करोड ९३ लाख ८ हजार ६९० जनसंख्या रहेको दक्षिण अफ्रिकामा ६ लाख ४८ हजार २१४ जना कोरोना संक्रमित छन् । आइतबार बिहानसम्म दक्षिण अफ्रिकामा १५ हजार ४२७ जना व्यक्तिको कोरोनाको संक्रमणले ज्यान लिइसकेको छ । दक्षिण अफ्रिकामा ३९ लाख २ हजार ७८६ जना व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।

स्पेन ः ४ करोड ६७ लाख ६५ हजार २ सय ७८ जनसंख्या रहेको स्पेनमा कुल संक्रमितको संख्या ५७ लाख ६ हजार ६९७ छ भने संक्रमितमध्ये २९ हजार ७४७ जनाको कोरोनाको संक्रमणबाट निधन भैसकेको छ । स्पेनमा ९९ लाख ८७ हजार ३२६ जनको कोरोना परीक्षण भैसकेको छ ।

अर्जेन्टिना ः ४ करोड ५१ लाख ९५ हजार ७७४ जनसंख्या रहेको अर्जेन्टिनामा कोरोना संक्रमितको कुल संख्या ५३ लाख ५ हजार ७०५ छ । आइतबार बिहानसम्ममा ११ हजार २०६ जनाको कोरोनाको संक्रमणबाट ज्यान गैसकेको छ । अर्जेन्टिनामा १५ लाख ४० हजार १०१ जनाको कोरोना परीक्षण भैसकेको छ ।

इरान ः ८ करोड ४१ लाख ४७ हजार ५ सय ५६ जनसंख्या रहेको इरान कोरोना भाइरसबाट अति प्रभावित मध्यपूर्वी मुस्लिम मुलुक हो । त्यहाँ ३ लाख ९९ हजार ९४० मात्र कोरोना संक्रमित भएको तथ्यांक सार्वजनिक गरिएको छ । २३ हजार २९ जनाको ज्यान कोरोनाको संक्रमणले लिइसकेको छ । इरानमा ३५ लाख ३२ हजार ८७३ जनाको कोरोना परीक्षण गरिएको छ ।

फ्रान्सः ६ करोड ५३ लाख ५७ हजार १ सय ६७ जनसंख्या रहेको फ्रान्समा माघ १७ गते शनिबार विहान ७ बजेसम्ममा ३ लाख ७३ हजार ९ सय ११ जना कुल संक्रमित छन् । फ्रान्समा आइतबार बिहानसम्ममा ३० हजार ९१० जनाको कोरोनाको संक्रमणबाट ज्यान गैसकेको छ । अहिलेसम्म फ्रान्समा १ करोड व्यक्तिको कोरोना परीक्षण भैसकेको छ ।

बंगालादेश ः १६ करोड ४६ लाख ८९ हजार ३८३ जनसंख्या रहेको बंगलादेशमा १७ लाख १५ हजार ४८१ जनाको मात्र कोरोनाको परीक्षण गरिएको छ । कोरोना संक्रमितको कुल संख्या ३ लाख ३६ हजार ४४ मात्र छ, संक्रमितमध्ये ४ हजार ७०२ जनाको निधन भैसकेको छ ।

पाकिस्तान ः २२ करोड ८ लाख ९२ हजार ३४० जनसंख्या रहेको पाकिस्तानले २९ लाख ८ हजार ३७९ जनाको कोरोना परीक्षण गरेको छ । आइबार बिहानसम्म कोरोना संक्रमितको कुल संख्या ३ लाख ९५५ छ भने कोरोनाको संक्रमणबाट मर्ने ६ हजार ३७३ मात्र छ ।

नेपाल ः करीब २ करोड ९१ लाख ३६ हजार ८०८ जनसंख्या रहेको नेपालमा अहिलेसम्म ८ लाख ३१ हजार ३६२ जनाको कोरोनाको पीसीआर परीक्षण गरेका छ । नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १२० छ भने ३३६ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।

श्रीलंका ः २ करोड १४ लाख १३ हजार २४९ जनसंख्या रहेको श्रीलंकाले २ लाख ४९ हजार ३२८ जनाको कोरोना परीक्षण सम्पन्न गरेको छ । ३ हजार १९५ कुल संक्रमित रहेकोमा २९ सय ८३ जनलाई कोरोनाको संक्रमण निको भैसकेको छ । आइतबार बिहानसम्म संक्रमितमध्ये १२ जनाले मात्र कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । एक हिसाबले श्रीलंकालाई कोरोना मुक्त देश भने पनि हुन्छ ।

मलेसिया ः ३ करोड २४ लाख ५१ हजार ९३१ जनसंख्या भएको मलेसियामा ९ हजार ८६८ मात्र कुल संक्रमित छन् । संक्रमितमध्ये १२८ जनाले ज्यान गुमाएका छन् । मलेसियाले १३ लाख ५३ हजार ८२६ जना व्यक्तिको परीक्षण गरिसकेको छ ।

भुटान ः ७ लाख ७३ हजार २७८ जनसंख्या रहेको भुटानमा अहिले सम्म कसैको कोरोनाको संक्रमणबाट ज्यान गएको छैन । भुटान सरकारले १ लाख १३ हजार ३४९ जनाको कोरोना परीक्षण गरिसकेको छ । भुटानमा २४१ मात्र कोरोना संक्रमित छन् ।

माल्दिप्स ः ५ लाख ४० हजार ५४४ जनसंख्या रहेको माल्दिप्सले १ लाख २९ हजार ५५ जनाको कोरोना परीक्षण गरिसकेको छ । ९ हजार ५२ जना कोरोना संक्रमित भएको माल्दिप्समा ३१ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।

अफगानीस्तान ः ३ करोड ९० लाख ९३ हजार ४८९ जनसंख्या रहेको अफगानिस्तानमा ३८ हजार ६४१ मात्र कोरोना संक्रमित छन् । संक्रमितमध्ये ३१ हजार २३४ जनालाई कोरोना निको भैसकेको छ । अफगानिस्ताले आइतबार बिहानसम्ममा १ लाख २ हजार ७ सय २७ जनाको कोरोना परीक्षण गरिसकेको छ ।

बेलायत ः ६ करोड ८० लाख ९२ हजार १९० जनसंख्या भएको बेलायतमा क्रमशः कोरोना संक्रमितको संख्या बृद्धि हुदै गएको छ । बेलायतले माघ १७ गते शनिबार बिहानसम्म कोरोनाको परीक्षण १ करोड ९२ लाख ९३ हजार ३२९ पु¥याएको छ । वेलायतमा ३ लाख ६५ हजार १७५ जना कोरोना संक्रमित छन् भने १ लाख हजार ६ सय २३ जनाको कोरोनाले ज्यान लिइसकेको छ ।

इटाली ः ६ करोड ४६ लाख १ हजार ८ सय २६ जनसंख्या रहेको इटालीमा अहिलेसम्म ९७ लाख ४५ हजार ९ सय ७५ जनाको पीसीआर परीक्षण गरिसकेको छ । २ लाख ८६ हजार २९७ कोरोना संक्रमित रहेका इटालीमा संक्रमितमध्ये ३५ हजार ६०३ जनाको कोरोनाको संक्रमणबाट निधन भैसकेको छ ।

जर्मन ः करीब ८ करोड ३१ लाखभन्दा बढी जनसंख्या रहेको जर्मनमा मात्र संक्रिय संक्रमितको संख्या १६ हजार २ सय ७० छ भने कोरोना संक्रमितका सिरियस विरामी २३३ मात्र छन् । कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५४७ छ भने कोरोनाको संक्रमणबाट मर्नेको संख्या ९ हजार ४२७ मात्र छ ।