तरुण खबर
१८ माघ २०७७, आईतवार १६:४२
काठमाडौं । सांग्रीला बुक्सबाट प्रकाशित प्रेमबहादुर बोहराको संमरणात्मक कृति कोग्ले माघ अन्तिम साताबाट बजारमा आउने भएको छ । डोल्पाको माझफालमा जन्मिएका प्रेमबहादुर बोहरा मूलतः सामाजिक अभियन्ता हुन् । उनी सन् २००८ देखि सामाजिक काममा संलग्न छन् । शिक्षा नेपालका संथापक, एक किताब, होप र समुन्नत कर्णाली अभियानका अभियन्ता उनी कर्णाली समाजका अध्यक्षसमेत हुन् । उनी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । कोग्ले उनको पहिलो संमरणात्मक कृति हो ।
पुस्तकमा भनिएको छ– बिहानीको घामको किरणसँगै बिलाएर जाने शीतको थोपा जस्तै म समय र संयोगले बादल बनी उड्न पाएँ । उडानसँगै चिहाएको संसारले हर्षविभोर बनायो तर त्यहाँ मैले आफूलाई पाइन । आफ्नो अस्तित्व खोजको सङ्घर्षले बाँकी बिलाएका शीतका थोपाको अवशेषहरू पनि दृष्टिमा परे । तिनको जीवनबारे मनमा चिन्ता पसे । आफै र हरेक उदाउँदा शीतका थोपाको अस्तित्वको लागि बादलबाट वर्षिएर मेरो थात थलोमा पाईला टेकेँ । यो यात्राका केही अंश उतारचढाव, यो पुस्तकमा छ ।
यो बाल्यकालमा उनले नपाएको अवसरको धोको फेर्न गरिएको प्रयासको कथा र भविष्यमा डोल्पा कस्तो हुन सक्छ भनि देखेको सपनाको दस्तावेज पनि हो पुस्तक ।
बोहराको संमरणात्मक कृति कोग्ले भित्र उनी हुर्कदै जाँदा बाल्यकालका रमाईला किस्सा, स्कूल पढ्नका लागि संघर्ष, एसएलसीपछि शहरमा रुमलिएकोमात्र होइन, शहरबाट हेर्दा देखिएको कर्णालीको चित्र र त्यो भित्रपनि उनले चिहाएको संसार र अर्थाएको कर्णाली पनि छ । आपूm, आफ्नो ठाउँ र आपूm वरीपरीको कुराहरुलाई हेर्ने दृष्टि अर्थात नजरमा परिवर्तन ल्याउँदा कति फरक पर्दोरहेछ भन्ने थाहा अर्थात अनुभूतिको कथा हो । यो बाल्यकालमा उनले नपाएको अवसरको धोको फेर्न गरिएको प्रयासको कथा र भविष्यमा डोल्पा कस्तो हुन सक्छ भनि देखेको सपनाको दस्तावेज पनि हो पुस्तक ।


