बेलायतले लगायो तीन देशको उडानमाथि प्रतिबन्ध

बेलायतले लगायो तीन देशको उडानमाथि प्रतिबन्ध तरुण खबर २७ माघ २०७७, मंगलवार १०:२१
बेलायतले लगायो तीन देशको उडानमाथि प्रतिबन्ध

काठमाडौं । बेलायत, दक्षिण अफ्रिका र ब्राजिल भेरीअन्ट कोरोनाभाइरसभन्दा अझ बढी सङ्क्रामक रहेको अनुसन्धान कर्ताहरुले बताएका छन् । बेलायतमा कोरोना भाइरस संक्रमितको कुल संख्या माघ २७ गते बिहान ६ बजेसम्ममा ३९ लाख ५९ हजार ७८४ जना छन् भने दक्षिण अफ्रिकामा १४ लाख ७७ हजार ५११ जना छन् । त्यस्तै ब्राजिलमा कोरोना भाइरस संक्रमित ९५ लाख ४८ हजार ७९ जना छन् ।

यी नयाँ प्रकारहरू कोषलाई सङ्क्रमित बनाउने र फैलिने कुरामा नयाँ भाइरसहरु बलिया देखिएका छन् । गत सेप्टेम्बर महिनामा देखिएको बेलायत अथवा केन्ट स्ट्रेन ७० प्रतिशतभन्दा बढी सङ्क्रामक हुन सक्ने विज्ञहरूले बताएका छन् । पब्लिक हेल्थ यूकेले गरेको पछिल्लो अध्ययनले भने ३० देखि ५० प्रतिशतको बिचमा सङ्क्रामक हुन सक्ने देखाएको छ । विज्ञहरुका अनुसार नयाँ भेरीअन्टले ३० प्रतिशत बढीले मृत्युको जोखिम निम्त्याउन सक्छ ।

अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट बेलायतमा १ लाख १२ हजार ७९८ जनाको मृत्यु भैसकेको छ । त्यस्तै दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमणबाट ४६ हजार ४७३ जनाको मृत्यु भएको छ भने विश्वभरको कोरोना भाइरसको जानकारी दिइरहेको वल्र्डमिटर्सका अनुसार ब्राजिलमा २ लाख ३२ हजार १७० जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान लिइसकेको छ । विश्वमै कोरोना भाइरसका कारण ज्यान गुमाउने अमेरिकापछि ब्राजिल दोस्रो मुलुक हो ।

कोरोनाभाइरसको यही प्रकारका कारण बेलायतभरी करिब एक महीनादेखि  लकडाउन गरिएको छ । दक्षिण अफ्रिका भेरीअन्ट गत अक्टोबरमा देखिएको थियो । त्यसले ल्छण्ज्ञथ् नामक उत्परिवर्तन गर्छ जसले त्यसलाई झन् संक्रामक हुन अथवा सजिलै फैलिन मद्दत गर्छ । ब्राजिल भेरीअन्ट जुलाई महिनामा देखिएको थियो र यो भाइरस पनि दक्षिण अफ्रिका भेरीअन्टजस्तै छ ।

बेलायतले उडानमाथि प्रतिबन्ध लगायको पोर्चुगल जनसंख्याको हिसावले सानो मुलुक हो । १ करोड १७ लाख ८ हजार ६३१ जनसंख्या भएको पोर्चुगलमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ६७ हजार ९१९ छ भने संक्रमितमध्ये १४ हजार ३५४ जनाको ज्यान गैसकेको छ । पोर्चुगलमा सक्रिय संक्रमितको संख्या १ लाख ४० हजार ६४४ जना छन् ।

बेलायत सरकारले दक्षिण अफ्रिका, दक्षिण अमेरिका र पोर्चुगलबाट आफ्नो देशमा हुने उडानहरूमा प्रतिबन्धको घोषणा गरेको छ । बेलायतले उडानमाथि प्रतिबन्ध लगायको पोर्चुगल जनसंख्याको हिसावले सानो मुलुक हो । १ करोड १७ लाख ८ हजार ६३१ जनसंख्या भएको पोर्चुगलमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ६७ हजार ९१९ छ भने संक्रमितमध्ये १४ हजार ३५४ जनाको ज्यान गैसकेको छ । पोर्चुगलमा सक्रिय संक्रमितको संख्या १ लाख ४० हजार ६४४ जना छन् ।

सङ्क्रमित भइसकेका ठूलो संख्याका मानिसहरूलाई तिनीहरूले झन् गम्भीर बिरामी बनाउने कुराको प्रमाण फेला परिसकेको छैन । तर शुरूवाती कोरोनाभाइरसको जस्तै ज्येष्ठ नागरिक अथवा गम्भीर स्वास्थ्य समस्या भएका मानिसहरू नयाँ भाइरसको पनि उच्च जोखिममा रहन्छन् । केही अनुसन्धानहरूले औँल्याएअनुसार नयाँ यूके भेरीअन्टले ३० प्रतिशत बढीले मृत्युको जोखिम निम्त्याउन सक्छ । यद्यपि यसका लागि बलियो प्रमाण देखिएको छैन र त्यससम्बन्धी तथ्याङ्क अझै अनिश्चित छ । विज्ञहरुले थप अध्ययन गरिरहेका छन् ।

कोरोनाभाइरसका नयाँ प्रकारहरू महामारी निम्त्याएको शुरूको भाइरसभन्दा झन् सङ्क्रामक देखिएका छन् । बेलायतले कोरोनाभाइरसको नयाँ प्रकारका बिरामी पत्ता लगाउन र समुदायमा सङ्क्रमण फैलिन नदिन परीक्षणमा तीव्रता दिइरहेको छ । कोरोनाभाइरसका नयाँ प्रकारको हकमा खोपहरूले राम्ररी काम नगर्ने भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन् ।