तरुण खबर
२८ माघ २०७७, बुधबार १०:४४
काठमाडौँ । ‘तँ त कस्तो भाग्यमानी’ बोलको गीत सार्वजनिक भएको छ । विकास लामिछाने र अप्सरा तिमिल्सिनाको अभिनय रहेको सार्वजनिक गीतमा गीतकार सुवासचन्द्र ढुंगेलको शब्द ,प्रविण बेडवालको स्वर र हरि लम्सालको संगीत रहेको छ ।
सरोज प्रधानको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । निकेश खड्काले निर्देशन गरेको भिडियोमा वियोगको कथा समेटिएको छ ।
गीतको म्युजिक भिडीयोमा बुद्ध थापाको छायांकन ,समरा जोशीको मेकअप र रुपेश खड्काको सम्पादन देख्न सकिन्छ। गीतलाई महेश भट्टराईले निर्माण गरेका हुन् ।


