नेकपा ओली पक्षको सडकमै सभा

नेकपा ओली पक्षको सडकमै सभा तरुण खबर २८ माघ २०७७, बुधबार १५:४४
नेकपा ओली पक्षको सडकमै सभा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको ओली समूहले आज शुक्रबार गर्ने आमसभा कम मान्छेको उपस्थिति आउन भन्ने उद्देश्यले हिजो बिहीबार आमहडतालको आयोजना गरिएको बुझिएको छ । त्यस्तै, बृहत नागरिक आन्दोलनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय अगाडि मार्चपास गर्ने भएको छ । लैनचौर चोकबाट शितल निवाससम्म नागरिक अगुवाले मार्चपास गर्न लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नारायणहिटी संग्रहालय अगाडि शक्ति प्रदर्शन गर्दैछन् ।

नेकपाको ओली समूहको आमसभा नारायणहिटी दरबार संग्रहालय अगाडिको सडकमा हुने तयारी सकिएको छ । त्यसका लागि सडक सुरक्षाका लागि राखिएका डिभाइडर हटाइएको छ । दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर बिहीबार हटाएर सडक खाली गरिएको छ । यहाँबाट हटाइएको डिभाइडर नारायणहिटी दरबार संग्रहालयको पर्खालमा अड्याएर राखिएको छ । आज शुक्रबार गर्ने आमसभालाई ओली समूहको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । शुक्रबारको आमसभाका लागि मञ्च निर्माण लगायतको तयारी बिहीबारदेखि नै सुरु गरिएको छ ।