दाहाल–नेपालको अदालत र निर्वाचन आयोगमाथि दवाव

दाहाल–नेपालको अदालत र निर्वाचन आयोगमाथि दवाव तरुण खबर २९ माघ २०७७, बिहीबार १५:२९
दाहाल–नेपालको अदालत र निर्वाचन आयोगमाथि दवाव

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेर सर्वोच्च अदालतमा विचारधिन मुद्दा र निर्वाचन आयोगमाथि दवाव दिएको छ । सभामा बोल्ने पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले अदालत र निर्वाचन आयोगले आप्mनो समूहको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरेका थिए । वक्ताहरुले अदालतले संसद पुनस्थापना गर्ने र निर्वाचन आयोगले दाहाल–नेपाल समूहलाई पार्टीगत मान्यता दिने कुरा भन्ने छुटाएनन् ।

सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पनि केपी ओलीको प्रतिगामी कदम नसच्चिए केही दिनपछि सिंहदरबार, बालुवाटार घेर्न र अर्को आमसभा गर्ने बताएका थिए । राजधानी, काठमाडौंमा भएको विरोध सभामा अध्यक्ष दाहालले ओलीको आमसभामा भन्दा धेरै मानिस भेला भएकोप्रति इंगित गर्दै भने, ‘केपीजी ! देख्नुभयो, विरोध कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ?’ भने । दाहाल–नेपाल समूहले यसअघि पनि काठमाडौंमा विरोधसभा एवं देशव्यापी आमहडताल आयोजना गरिसकेको छ ।

पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुसको नेतृत्व विभिन्न नेताहरूले गरेका थिए । सबैतिरका जुलुस भृकुटीपण्डप पुगी ासभामा परिणत भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएर बनेको नेकपा दाहाल–नेपाल समूहले विरोध जुलुससहित सभा आयोजना गरेको थियो । दाहालले फागुन पहिलो साताबाट अझ ठूलो आन्दोलन हुने बताउँदै आएका थिए ।

कार्यक्रममा माधवकुमार नेपालले भने– तपाईं (केपी शर्मा ओली) ले मदन भण्डारीको नाम जप्ने गर्नुभएको थियो, अब त्यो नाम पनि बिर्सिसक्नुभएको होला, अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ, तर पशुपतिनाथले पनि कसलाई माया गर्छन् थाहा छ ?’ जो असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ, उसलाई मात्रै माया गर्छन् । पाप गर्नेलाई पशुपतिनाथले पनि माफी गर्दैनन् ।’ सोही सभामा नेता झलनाथ खनालले भने– यो आन्दोलन नेकपाको दुईवटा गुटको आन्दोलन नभएर प्रतिक्रान्तिका विरुद्ध सम्पूर्ण नेपाली जनताले गरेको आन्दोलन हो ।

उनले ५ पुसमा भएको प्रतिक्रान्तिका विरुद्ध र केपी ओली गुटका विरुद्ध आन्दोलन केन्द्रीत भएको बताए । खनालले अगाडी भने– ओली राजनीतिक रूपमा प्ररास्त भइसके र पशुपतिमा गएर पूजा गर्ने ठाउँमा पुगे । ‘केपी ओलीलाई जनता र भविष्यसँग भन्दा पशुपतिनाथको मूर्तिसँग बढी विश्वास छ,’  ।