तरुण खबर
३० माघ २०७७, शुक्रबार १०:०२
काठमाडौं । अनेरास्ववियूको पूर्व अध्यक्ष एवं समानुपातिक सांसद रामकुमारी झाक्रीलाई सरकारले गिरप्mतार गरेर राष्ट्रिय नेता बनाइदिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले नेकपाका ठूला नेतालाई तर्साउन झाक्रीलाई गिरफ्तार गरेको हुन सक्ने विश्लेषण गरिएको छ ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रेस विज्ञप्ति जारी गर्दै राम कुमारी झाँक्रीलाई गिरफ्तार गरेर सरकारले ’घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्र उदाङ्गो पारेको’ भन्दै रिहाइ गर्न सरकारसँग माग गरेको छ । विज्ञप्तिमा भनिएको छ– लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन । रामकुमारी झाँक्री गिरप्mतार प्रकरणमा भने सरकार प्रतिरक्षमा धकेलिएको छ । यसअघि आक्रमक हुँदै आएको सरकार उनको गिरप्mतापछि रक्षात्मक अबस्थामा पुगेको हो ।
केही दिनअघि उनले गोरखामा भाषण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबारे गरेको टिप्पणी विवादित भएको थियो । केपी शर्मा ओलीपक्षीय कार्यकर्ताहरूले झाँक्रीको भनाइ आपत्तिजनक भएको र त्यसले राष्ट्रपतिको गरिमामा प्रहार भएको आरोप लगाएका थिए । तर गत बुधबारको सभामा पनि उनले त्यही कुरा दोहो¥याएकी थिइन् । ‘राष्ट्रपति सम्मानित संस्था हो । तर, विद्या भण्डारीले प्रधानमन्त्री केपी ओलीको प्यादा बनेर संविधानविरोधी काम गरेकी छिन् । महिला अस्मिता संविधानविरोधी काम गर्ने खलपात्रविरुद्ध बोल्दा होइन, भागरथी भट्ट र निर्मला पन्तहरूको बलात्कार र हत्या हुँदा मिचिएको छ । अहंकारी, सन्की, तानाशाहको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मितामाथि प्रश्न उठ्दैन ।’
झाँक्रीलाई दफा ५८ अनुसराको मुद्दा ?
कसैले उजुरी दिएमा मात्र सोधपुछका लागि बोलाउन सकिने एैनमा व्यवस्था छ । तर उनीमाथि कसैको उजुरी परेको छैन । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुरमा पक्राउ गरेको थियो । तर पक्राउमा परेको पाँच घण्टापछि नै उनलाई प्रहरीले घर पठाएको छ । गिरफ्तारी दिनुअघि उनले राज्यले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध अंकुश लगाउन खोजेको आरोप लगाएकी थिइन् ।
उनलाई राज्यविरुद्धको कसुर दफा ५८ बमोजिम पक्राउपुर्जी दिइएको छ । नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसारको फौजदारी कसुरहरूको परिच्छेद (१) मा राज्यविरुद्धका कसुरबारे उल्लेख गरिएको छ । दफा ५८ मा भनिएको छ– राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुनेः (१) कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन । (२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संसद्” भन्नाले नेपालको संविधानबमोजिमको संघीय संसद् र प्रदेशसभा सम्झनुपर्छ र सो शब्दले व्यवस्थापिका–संसद्लाई समेत जनाउँछ । दफा ५९मा हदम्यादः (१) दफा ४९, ५०, ५१, ५२, ५३ र ५७ अन्तर्गतका कसुरमा जहिलेसुकै पनि उजुर लाग्न सक्नेछ । (२) उपदफा (१) मा उल्लिखित दफाबाहेक यस परिच्छेद अन्तर्गतका अन्य दफा अन्तर्गतको कसुरमा त्यस्तो कसुर भएको थाहा पाएको मितिले दुई वर्ष नाघेपछि उजुर लाग्नेछैन ।
को हुन् रामकुमारी झाँक्री ?
हालै विघटन भएको प्रतिनिधिसभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट सांसद् बनेकी थिइन् । नेकपाको प्रचण्ड–नेपाल खेमामा रहेकी उनी पार्टीको केन्द्रीय सदस्य हुन् । उनी विद्यार्थी राजनीति पृष्ठभूमिबाट आएकी नेता हुन् । २०६५ सालमा तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा महाधिवेसनबाट उनी अध्यक्ष भएकी थिइन् । सो पदमा निर्वाचित हुने उनी अखिलको पहिलो महिला अध्यक्ष बनेकी थिइन् । झाक्रीको निवासबाहिर भेला भएका कार्यकर्ताहरूको नाराबाजीका बीच नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउपुर्जी दिएको थियो । झाँक्रीलाई पक्राउ गर्न प्रहरीको एउटा टोली काठमाण्डूको शङ्खमूलस्थित निवासमा पुगेपछि कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । उनलाई राज्यविरुद्धको कसुर दफा ५८ बमोजिम पक्राउपुर्जी दिइएको छ ।
झाँक्रीलाई पक्राउ पूर्जी
प्रहरी कार्यालयमा भएको करिब पाँच घन्टा लामो छलफलपछि प्रहरी झाक्रीलाई छाड्न तयार भएको थियो । राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको भनेर उनले प्रहरी कार्यालयमा कागज गरेपछि छाडिएको एक प्रहरी अधिकृतले जानकारी दिए । प्रहरी हिरासतबाट रिहा भएपछि नेकपा नेतृ रामकुमारी झाँक्रीले देशव्यापी दबाबका कारण प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताएकी छिन् । बिहीबार साँझ रिहा भएपछि झाँक्रीले उपस्थित कार्यकर्तामाझ भनिन्, ‘देशभर प्रदर्शन र दबाबका अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ ।
कार्यकर्ताको भिड र नाराबाजीका कारण केहीबेर प्रहरी बाहिरै रोकिएको थियो । त्यसपछि एक प्रहरी अधिकारी निवासमा प्रवेश गरेर नेत्री झाँक्रीसँग कुराकानी गरेका थिए । केही दिनअघि उनले गोरखामा भाषण गर्दै भनेकी थिइन्– ‘राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतलनिवासको कार्पेट छाडेर कोटेश्वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे ! त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।’


