भारतका विभिन्न राज्यमा भूकम्पको धक्का

भारतका विभिन्न राज्यमा भूकम्पको धक्का तरुण खबर १ फाल्गुन २०७७, शनिबार १०:२६
भारतका विभिन्न राज्यमा भूकम्पको धक्का

काठमाडौं । भारतका विभिन्न राज्य पंजाब, हरियाणा, जम्मू कश्मीर, उत्तराखण्ड, राजस्थान सहित उत्तर भारतका राज्यहरुमा शुक्रवार राती भूकम्प ठूलै धक्का महसुश भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भूकम्प राती १०.३१ मा गएको थियो ।  न्यूज एजेन्सि एनआईका अनुसार १०.३४ मा भूकम्पको दोस्रो धक्का महसुश भएको थियो । भूकम्पको ठूलै धक्का महसुश भएपछि दोस्रो, तेस्रो पटक आउने हलला चलेपनि भागदौड चलेको थियो । अधिकांशले सामाजिक सञ्जालमा भूकम्प गएको भिडियो सहित विवरण हालेका थिए । तर अहिलेसम्म के कति क्षति भयो विवरण आइसकेको छैन ।