तरुण खबर
१ फाल्गुन २०७७, शनिबार १२:४३
विश्वमै अमेरिकामा संक्रमणबाट मर्नेको संख्या बढी
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा (१२, फेब्रुअरी) १८ लाख ११ हजार ८९ जनाको नमुना परीक्षण गर्दा एक लाख २८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ११ फेब्रुअरीमा १८ लाख ४३ हजार ५८७ जनाको नमुना परीक्षण गर्दा १ लाख ६ हजार ७९५ संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा (१२, फेब्रअरी) २ हजार ९०८ जनाको संक्रमणबाट मृत्यु भएको छ । ११, फेब्रुअरीमा ३ हजार २५९ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।
वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन १ गते शनिबार बिहान ७.३० बजेसम्ममा २ करोड ८१ लाख ६ हजार ७०४ जना कोरोना भाइरसका संक्रमित पुगिसकेका छन् । कुल संक्रमितमध्ये शनिबार बिहान ७.३० बजेसम्ममा १ करोड ८० लाख ४० हजार ३१२ जनालाई मात्र कोरोनाको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन १ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा सक्रिय संक्रमितको संख्या ९५ लाख ७३ हजार ८७१ जना छन् ।
यता, नेपाली समय अनुसार फागुन १ गते शनिबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३३ करोड २१ लाख २९ हजार ९२२ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ३ लाख १७ हजार ७६५ जनाको बढीको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन १ गते शनिबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ४ लाख ९२ हजार ५२१ जनाको मृत्यु भैसकेको छ ।
फागुन १ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० करोड ८७ लाख १२ हजार ३६८ छ । संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख ९२ हजार ५८८ जना छन् ।


