तरुण खबर
२ फाल्गुन २०७७, आईतवार १२:०४
अमेरिकामा संक्रमणबाट मर्नेको संख्या ४ लाख ९६ हजार नाघ्यो
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा (१३, फेब्रुअरी) २६ लाख ७५ हजार ४७९ जनाको नमुना परीक्षण गर्दा ८६ हजार २७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १२, फेब्रुअरी १८ लाख ११ हजार ८९ जनाको नमुना परीक्षण गर्दा एक लाख ४ हजार २७३ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा (१३, फेब्रुअरी) २ हजार २७२ जनाको संक्रमणबाट मृत्यु भएको छ । १२, फेब्रअरी ३ हजार ५४ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।
वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन २ गते आइतबार बिहान ७.३० बजेसम्ममा २ करोड ८१ लाख ९६ हजार ९६४ जना कोरोना भाइरसका संक्रमित पुगिसकेका छन् । कुल संक्रमितमध्ये आइतबार बिहान ७.३० बजेसम्ममा १ करोड ८१ लाख ५३ हजार १२६ जनालाई मात्र कोरोनाको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन २ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा सक्रिय संक्रमितको संख्या ९५ लाख ४७ हजार ७७५ जना छन् ।
नेपाली समय अनुसार फागुन २ गते शनिबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३३ करोड ४८ लाख ५ हजार ४०१ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब २९ लाख ९३ हजार २४४ जनाको बढी जनसंख्याको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन २ गते आइतबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ४ लाख ९६ हजार ६३ जनाको मृत्यु भैसकेको छ ।
फागुन २ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० करोड ९० लाख ९१ हजार ३२६ छ । संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख ४ हजार १७४ जना छन् ।


