तरुण खबर
४ फाल्गुन २०७७, मंगलवार ११:४६
एक वर्ष कोभिड–१९ बाट मृत्यु हुनेको संख्या करिब २ हजार ५५ मात्र
काठमाडौं । कोभिड–१९ महामारीलाई कारण देखाउँदै रोकिएको विमानस्थलमै दिइने प्रवेश अनुमति अर्थात् अनअराइभल भिसा अझै खुला नगरिँदा विदेशी पर्यटकहरुले चिन्ता व्यक्ति गरेका छन् । माघ ३ गते सोमबार १२२ जना कोरोना भाइरसका संमित थपिएका छन् भने १ जना मात्रको संक्रमणबाट निधन भएको छ । केही दिनअघि मुक्तिनाथ यात्राबाट फर्किएका १३ जनामा नयाँ प्रकारको भाइरस देखिएकाले पनि सरकारले पर्ख र हेरको नीति लिएको बुझिएको छ ।
वार्षिक करिब १० लाख पर्यटन नेपाल भित्रने गरेका छन् । सन् २०१९ मा झन्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले सन् २०२० लाई ’नेपाल भ्रमण वर्ष’ मनाउने तयारीका साथ त्यस वर्ष २० लाख पर्यटक भित्र्याउन लक्ष्य लिएको थियो । तर कोरोना महामारीका कारण २०२० मा २० लाख पर्यटक भित्र्याउने अभियान रोकिएको थियो । तर यो लक्ष्य हासिल गर्न पूर्वाधारका साथै सरकारी नीतिहरू समेत बाधक रहेको व्यवसायीहरूले बताएका छन् ।
यसैगरी, २०१८ मा ९ लाख ४० हजार पर्यटक नेपाल आएको तथ्याङ्क छ । बर्सेनि पर्यटक बढे पनि त्यस अनुरुप सेवा–सुविधा नभएको होटल संघ नेपालका महासचिव विनायक शाहले बताएका छन् । नेपाल सरकारका अधिकारीहरूले भने पछिल्लो समय देखा परेको कोरोनाभाइरसको नयाँ प्रकार (भेरिअन्ट) ले गर्दा आफूहरू उक्त व्यवस्थाको भविष्यबारे अझै ’पर्ख र हेर’को अवस्थामा रहेको बताएका छन् । यतिखेर नेपाल आउन चाहने पर्यटकहरूले विदेशस्थित नेपाली नियोगबाटै भिसा लिएर आउनुपर्छ । तर विश्वका साढे दुई दर्जन देशमा मात्र नेपाली नियोग छन् । गत अघिल्लो वर्षको पुसको मध्यदेखि असारमध्यसम्ममै करिब सवा पाँच लाख पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ ।
अघिल्लो वर्ष पनि नेपाल घुम्न आउने विदेशीको विवरण राख्न थालिएयताकै सबैभन्दा धेरै पर्यटक आएका थिए । नेपालको पर्यटन क्षेत्रले एक खर्ब रुपैयाँको आम्दानी गुमाइसक्यो । तेस्रो मुलुकका पर्यटकका लागि स्थलमार्गहरू समेत अझै खुला गरिएको छैन । नयाँ प्रकारको भाइरस देखिएका बेलायत, भारत र दक्षिण अफ्रिकाबाट आउनेहरू नेपाल प्रवेश गर्दा १० दिनसम्म क्वारन्टीनमा बस्ने होटल बुकिङ्ग पहिल्यै गरेको हुनुपर्ने व्यवस्था छ, जवकि कोभिड–१९ नियन्त्रणमा आइसकेको तथ्यांकले देखउँछ । २ लाख ७२ हजार ८४० कुल संक्रमितमध्ये २ लाख ६९ हजार २०४ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । संक्रमितमध्ये २ हजार ५५ जनाको निधन भएको छ ।
सरकारले पछिल्लो समय नेपालमा मूल भएका वा गैरआवासीय नेपाली एवम् कूटनीतिक र अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्ने व्यक्तिहरूलाई अनअराइभल भिसा खुला गरेको थियो । त्यसअघि सन् २०२० मा लगातार ९ महिना नेपालमा विदेशीलाई आगमनमा लकडाउन गरिएको थियो । त्यसबीचको ६ महिनामा नेपाल प्रवेश गर्ने विदेशीहरू १ हजार भन्दा कमको सङ्ख्यामा रहेको विवरण नेपाल पर्यटन बोर्डको छ ।
नेपालमा धेरै पर्यटक आउने पश्चिमा देशहरूमा अझै लकडाउनका बीच खोप कार्यक्रमहरू सञ्चालन भइरहेको र नेपालको स्वास्थ्य मन्त्रालयले समेत अझै खुलाउन नसुझाइसकेकाले अनअराइभल भिसा सुरु नगरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयले भनेको छ– नेपालमा त्यसको विस्तृत अध्ययन गर्ने संयन्त्र पनि छैन । अहिलेलाई चौतर्फी दबाव भइकन पनि मानिसहरूको स्वास्थ्य हाम्रो सर्वोत्तम चिन्ता र प्राथमिकतामा छ ।
नेपालमा एकजना विदेशी पर्यटकले औसत एक साताभन्दा कम समय बिताउने र औसत दैनिक ५० डलरभन्दा केही बढी खर्च गर्ने गरेको पाइन्छ । जसले गर्दा भिसा लिने कठिनाइदेखि नेपालमा क्वारन्टीन बस्नेजस्ता थप बोझ लिएर पर्यटकहरू नआउने व्यवसायीहरूको भनाइ पाइन्छ । आउँदो बसन्त याममा हिमाल चढ्नका लागि भने ’केही लामो समय बिताउने’ खालका पर्यटकहरू आउनसक्ने व्यवसायीहरूले आशा गरेका छन् ।
वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्की भन्छन्– अहिले नेपालीहरू मात्र सस्तो मूल्यमा बोकेर उड्नु त हाम्रो सास चलेको मात्र हो । हाम्रो कमाइ हुने त डलरमा तिरिने भाडाबाट नै हो । विदेशी आउने माहोल नबने ठप्पै हुनसक्ने धारमा उड्डयन व्यवसाय चलेको छ ।


